काठमाण्डाै – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज पत्रकार सम्मेलन गर्दै हुनुहुन्छ ।
पार्टी स्थायी कमिटी बैठकका निर्णयहरू स्पष्ट गर्न र पार्टीेको पछिल्लो अवस्थादेखि देशको समसामयिक राजनीतिक अवस्थाका बारेमा केन्द्रित रहेर आफ्ना धारणा राख्न पत्रकार सम्मेलन गर्न लाग्नु भएको उहाँको निजी सचिवालयले जनाएकोे छ । पत्रकार सम्मेलन तुल्सिलाल स्मृति प्रतिष्ठान च्यासलमा बिहान ११ बजे हुनेछ ।

यस अघि हिजो नेता माधव नेपाललाई साथ दिँदै आएका १० जना एमाले स्थायी कमिटी सदस्यले ओली नेतृत्वकै एमालेमा फर्किएर पार्टीलाई बलियो बनाउने बताएका थिए । पार्टीका सबै संरचनालाई २०७५ साल जेठ २ कै अवस्थामा फर्काउने सहमती भएसँगै उनीहरु फर्किएका हुन् । विगतमा फरक मत राखेका नेताहरूले अब सम्मानजनक अवस्थामा एकताबद्ध भएर काम गर्ने बताएका छन् ।










