Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

सात महिनापछि बाहिरियाे प्रचण्ड बुहारि बिनाकाे यति ठुलाे काण्ठ,सत्ता गठबन्धनमा भाँडभैलाे

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 23, 2021
405 shares

काठमाडौं । ७ महिनाअघि सम्म खानेपानी तथा सरसफाई मन्त्री थिइन बिना मगर । बिना मगर अर्थात माओवादी अध्यक्ष प्रचण्डकी बुहारी । प्रचण्डकी बुहारी भएकैले पटक पटक मन्त्री खाने शौभाग्य बिनाले पाइन् । उनी केपी ओलीको नेतृत्वमा ३ वर्ष सरकारमा बसिन ।

त्यो पनि ससुराको ठाडो पावरमा । बिनाले मन्त्रालयमा अनियमितता गरेको भनेर तत्कालीन प्रधानमन्त्रीले हटाउन नखोजेका हैनन् । तर ससुरा बाधक बनिदिए । गलत गरे पनि बुहारी च्यापे । ससुराको संरक्षणमा बिनाले मन्त्रालयमा के के सम्म गरिन त्यो छर्लङ्गै छ ।

कमिसनका लागि सचिवसँग उनको लफडा भयो । मेलम्ची खानेपानी आयोजनामा पनि आर्थिक चलखेलकै कारण लफडा भयो । अन्य थुप्रै काण्ड मन्त्रालयभित्र भए । तर प्रधानमन्त्री ओली आँखा चिम्लिन बाध्य भए । किनकि एक त तत्कालीन नेकपाका दोस्रो अध्यक्ष प्रचण्डकी बुहारी, दोस्रो नहटाउन प्रचण्डको दबाब । बिनाको बदमासीबारे जानकार भए पनि ओलीले सहे । प्रतिनिधिसभा विघटनपछि पुसमा बिना माओवादीसँगै आफै बाहिरिन । उनले गरेका काण्ड तत्कालीन प्रधानमन्त्री ओलीमै सीमित भए । कर्मचारी तहमै सीमित भए । जनताले जान्ने गरी बाहिर आएन ।

तर नेपालमा एउटा यस्तो निकाय छ जसले तत्काल बाहिर आउन नसकेका काण्ड कालान्तरमा बाहिर ल्याउँछ । त्यो हो महालेखा परीक्षक कार्यालय । जसले देशका सबै क्षेत्रको हिसाब लेखाजोखा गर्छ । महालेखा परीक्षण गर्छ । महालेखा परीक्षक कार्यालयले शुक्रवार आफ्नो प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएसँगै सार्वजनिक भएको छ ।

प्रतिवेदनमा तत्कालीन मन्त्री बिना मगरको खानेपानी मन्त्रालयसँग जोडिएको काण्ड पनि बाहिर आएको छ । ससुरा प्रचण्डको पावरमा सामसुम पारिएको काण्ड महालेखा परीक्षकले बाहिर ल्याएको हो ।

त्यो हो मेलम्ची खानेपानी आयोजनाका १० प्राडोसहित २७ वटा गाडी हराउनु । आयोजनाले बैंक ग्यारेन्टी सुविधा उपयोग गरी कुल ३९ थान गाडी आयात गरेको थियो । हेडवर्क्स तथा सुरुङ निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले किनेका यी गाडीमध्ये १० वटा प्राडोसहित २७ वटा गाडी वेपत्ता पारिएको खुलेको हो ।

प्रतिवेदनअनुसार बिना मन्त्री भएका बेला किनिएका यी गाडीको अत्तोपत्तो छैन । बिनाकै कार्यकालमा सोधीखोजी गर्दा महालेखा परीक्षकले यी गाडीहरु भेटिएनन् । प्रतिवेदनमा यी गाडीहरुको उपयोग र अवस्थाबारे किनेकै कम्पनीलाई जानकारी नभएको उल्लेख छ । आयोजना निर्माण र सुपरभिजनमा प्रयोग गर्नुपर्ने यी गाडी आखिर कहाँ हराए त? प्रतिवेदनले प्रश्न उठाएको छ ।

प्रतिवेदनमा सरकारी गाडी आफ्नो नाममा दर्ता गरी मर्मत र संचालन गर्न एक मोटर्स कम्पनीले निवेदनसमेत दिएको पाइएको उल्लेख छ । जसले गर्दा सरकारी गाडी निजीलाई बेचेर करोडौं भ्रष्टाचार गरिएको हुनसक्ने प्रतिवेदनको संकेत छ । त्यसो त यो विषय अदालतमा विचाराधीन छ । अब अदालतले यसमा टुंगो लगाउने नै छ । तर ससुराको पावरमा बिनाको कार्यकालमा भएको बदमासीले प्रचण्डको परिवार नै सर्वहारा वर्गको नाममा राजनीति गरेर आर्थिक अपचलनमा संलग्न रहेको देखाउँछ ।-नेपाल पाना

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

पिमलटार–जागाराम झोलुङ्गे पुल पुनर्निर्माण सम्पन्न, आवतजावत पूर...

  • September 23, 2026

६ लघुवित्त संस्थामाथि राष्ट्र बैंकको कारबाही, पुँजीकोष र नगद म...

  • September 23, 2026

उर्जामन्त्री श्रेष्ठले आज सदनलाई सम्बाेधन गर्ने

  • September 23, 2026

ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाल...

  • September 23, 2026

बाढीपछिको पुनःस्थापना र पुनर्निर्माणका लागि अमेरिकाद्वारा थप ३...

  • September 23, 2026

महिलाकाे आशुमा पग्लिएकाे ती चाेरकाे मन

  • September 23, 2026

आज देशभर कांग्रेसको पालिका अधिवेशन हुँदै

  • September 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved