Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

कलमबाट बन्दुक हुँदै कुलप्रसादको मुख्यमन्त्रीसम्मको यात्रा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 12, 2021
21 shares

बुटवल, २८ साउन । लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसी कुनैबेला शिक्षक थिए । रोल्पाको लिवाङस्थित बाल कल्याण माविमा प्राथमिक विद्यालयका स्थायी शिक्षक भएका उनले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई २०५० सालमा कालो झन्डा देखाए । त्यही घटनाले उनको जीवनलाई नयाँ मोडमा लग्यो । प्राथमिक तहका शिक्षक राजनीतिका पूर्णकालीन भए ।

स्थायी शिक्षकले प्रधानमन्त्रीलाई कालो झन्डा देखाएर विरोध गरेपछि उनीमाथि दबाब पर्यो । त्यसपछि शिक्षकबाट राजीनामा दिएर सक्रिय राजनीतिमा होमिए । उनी तत्कालीन जनमोर्चाको सक्रिय सदस्य भई भूमिगत राजनीतिमा लागे ।

२०५२ साल फागुन १ गते तत्कालीन माओवादीले जनयुद्धको घोषणा गरेपछि उनी त्यतै लागे । कलम समाउँदै आएको हातले बन्दुक बोक्यो । एउटा शिक्षक लडाकु बने ।

राजनीतिमा पूर्णकालीन सदस्य बनेका केसी २०५५ सालमा दाङ, प्युठान र सल्यानको सेक्रेटरी भए । २०५६ सालमा भेरी, कर्णाली सैन्य कमिसार र २०५७ सालमा माओवादीको केन्द्रीय सदस्य निर्वाचित भए ।

कुलप्रसाद केसी अर्थात् सोनाम भारत जाने क्रममा २०६० साल जेठ २० गत पक्राऊ परेका थिए । उनी ३ वर्ष भारतको बक्सर जेलमा परे । शान्ति प्रक्रियामा उनी रिहा भएका थिए । काभ्रेको कामीडाँडा बैठकबाट जनमुक्ति सेनाको तेस्रो डिभिजन कमिसार बनाइए । पछि जनमुक्ति सेना छाडेर राजनीतितर्फ आए । उनले वाइसिएलको इन्चार्जको भूमिका पाए ।

केसी केही समय मोहन वैद्य किरणतिर लागे । दोस्रो संविधान सभाको चुनावमा केसी भाग लिएनन् । उनी वैद्यतिर लागेर बहिष्कारमा सहभागी भए । रामबहादुर थापा बादल माओवादीमा फर्कंदा केसी पनि फर्किएका थिए । उनी रोल्पा क्षेत्र नं २ कबाट निर्वाचित भए ।

शंकर पोखरेल नेतृत्वको सरकारमा केसी आन्तरिक मामलमन्त्री भए । माओवादी ब्युँतिएपछि उनी प्रचण्डतिरै लागे । बादल एमालेमा लागे । तर, केसी प्रचण्डको साथमा रहे । त्यसपछि बनेको काँग्रेस, माओवादी, जसपाको गठबन्धनमा उनी मुख्यमन्त्रीको प्रस्तावित भए । केसीले लामो राजनीतिक यात्रा र संघर्षका क्रममा मुख्यमन्त्री सम्मको यात्रा तय गरे ।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

पिमलटार–जागाराम झोलुङ्गे पुल पुनर्निर्माण सम्पन्न, आवतजावत पूर...

  • September 23, 2026

६ लघुवित्त संस्थामाथि राष्ट्र बैंकको कारबाही, पुँजीकोष र नगद म...

  • September 23, 2026

उर्जामन्त्री श्रेष्ठले आज सदनलाई सम्बाेधन गर्ने

  • September 23, 2026

ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाल...

  • September 23, 2026

बाढीपछिको पुनःस्थापना र पुनर्निर्माणका लागि अमेरिकाद्वारा थप ३...

  • September 23, 2026

महिलाकाे आशुमा पग्लिएकाे ती चाेरकाे मन

  • September 23, 2026

आज देशभर कांग्रेसको पालिका अधिवेशन हुँदै

  • September 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved