Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

कोभिड माहामारिकाे कारण जनगणना स्थगित

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 3, 2021
6 shares

बैशाख २०,काठमाण्डाै।

राष्ट्रिय जनगणना स्थगित भएको छ । केन्द्रीय तथ्यांक विभाग, योजना आयोग र अन्य निकायसँगको छलफल र सिफारिसमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले तत्काललाई जनगणना स्थगित गर्ने निर्णय गरेको हो ।

‘विभागलाई आधिकारिक जानकारी प्राप्त भएको छैन, तर स्थगित गर्नका लागि सिफारिस भइसकेकाले निर्णय भइसकेको जानकारी आएको छ,’ केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले भने । यही २५ जेठदेखि ८ असारसम्म देशभर जनगणना गर्ने कार्यक्रम थियो । ‘अहिलेको असहज अवस्थाले गर्दा जनगणना स्थगित गरिएको हो,’ उनले भने ।

सहज हुनेबित्तिकै ०७८ सालभित्रै जगनणना गर्ने विभागको तयारी छ । विभागका अनुसार जनगणनाका सम्पूर्ण काम सम्पन्न भइसकेका छन् । ‘तालिम दिएर घरघरमा खटाउने काम मात्र थियो, तर अहिले असहज अवस्थाले गर्दा रोक्नुपर्ने भयो,’ महानिर्देशकले भने । नागरिकको जिउज्यान र स्वास्थ्यभन्दा अन्य विषय ठूलो नभएकाले पनि त्यसैलाई ध्यानमा राखेर स्थगित गर्नुपरेको उनको भनाइ छ ।

आगामी जनगणना जनगणनाको १२औँ शृंखला हो । यसअघि ०६८ सालसम्म ११ वटा शृंखला सम्पन्न भइसकेका छन् । त्यस्तै, देश संघीयतामा गएपछिको यो पहिलो जनगणना हो । यसकारण पनि अत्यन्त महत्वपूर्ण रहेको केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले सुचना चाैतारि डट कम लाई बताए । जनगणनाको तयारी दुई वर्षदेखि चलिरहेको थियो । अहिले जनगणना गरी२०७९ सालसम्ममा मुख्य प्रतिवेदन प्रकाशित गर्ने र २०८० सालभित्र सबै क्षेत्रगत र विषयगत प्रतिवेदन पनि प्रकाशित गर्ने केन्द्रीय तथ्यांक विभागको तयारी थियो ।

पछिल्लो ६० वर्षमा पहिलोपटक जनगणना रोकिएको हो । सबैभन्दा पछि २००८ सालमा हुनुपर्ने जनगणना २००९ साल र २०११ सालमा दुई चरणमा भएको थियो । त्यसपछि २०१८ सालदेखि हरेक १० वर्षमा जनगणना हुँदै आएको छ । २००७ सालको राजनीतिक परिवर्तनले गर्दा २००८ सालमा जनगणना हुन सकेको थिएन । त्यसअघि आवधिक रूपमा हुँदै आएको जनगणना अनियमित ९ वा ११ वर्षमा हुने भए पनि स्थगित भने नभएको विभागका अधिकारीहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

समस्याग्रस्त सहकारीको बचत फिर्ता तीव्र, ३ सहकारीका २२० बचतकर्त...

  • August 10, 2026

भिमसेनस्थान–मरुटोलमा कपडा कारोबारमाथि गम्भीर प्रश्न : दर्ता, क...

  • August 10, 2026

पेन्सन रोक्ने व्यवस्था सामाजिक न्यायविपरीत : डा. गंगा लक्ष्मी ...

  • August 10, 2026

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

  • August 10, 2026

प्रतिनिधि सभा बैठक बस्दै, चार विधेयक प्रस्तुत हुने

  • August 10, 2026

कोशी साहित्य-कला परिषद् नेपालको साधरण सभाले केशु विरहीलाई चुन्...

  • August 10, 2026

प्रमाणपत्रसँगै समस्या समाधान गर्ने सीप बोकेर व्यावसायिक यात्रा...

  • August 9, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved