Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

श्रावण २२काे सर्वाेच्चकाे आदेस बिरुद्द जसपा नेपाल ” शिल्पि विशेष प्रदेश राष्ट्रिय समिति” काे असन्तुस्टि

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 6, 2021
516 shares

 

सर्वोच्च अदालतले आरक्षणलाई वर्गीयता वा जातीयतामा नभै आवश्यकतालाइ केन्द्रित बनाएर बर्गमा अबस्था हेरेर आरक्षण लागु गर्नु भनी दिएको आदेश जनचाहना बिपरित प्रतिगामी रहेको र सर्वोच्चले गरेको उक्त निर्णयले आम उत्पीडित जनतामा व्यापक निराशा पैदा गरेको भन्दै ” जनता समाजवादी पार्टी नेपाल , शिल्पी विशेष प्रदेश रास्ट्रिय समिति ” ले एक प्रेस विज्ञप्ति जारिगरी गरेको छ। उक्त समितिको अध्यक्ष दल मर्दन कामीद्वारा जारी विज्ञप्तिमा यसोभनिएको छ :

” २०७८/४/२२सर्वोच्च अदालतले आरक्षणलाई वर्गीयता वा जातीयतामा नभै आवश्यकतालाइ केन्द्रित बनाएर
बर्गमा अबस्था हेरेर आरक्षण लागु गर्नु भनी दिएको आदेश जनचाहना बिपरित प्रतिगामी रहेको छ र सर्वोच्चले गरेको उक्त निर्णयले आम उत्पीडित जनतामा व्यापक निराशा पैदा गरेको छ ।

धनुषा जिल्ला जनकपूरधाम उपमहानगरपालिका वडा नं १६ भई हाल ललितपूर जिल्ला महालक्ष्मीनगरपालिका वडा नं ४ बस्ने विनयकुमार पन्जियारले नेपाल सरकार चिकित्सा शिक्षा आयोग, प्रधानमन्त्री तथा मन्त्री परिषदकार्यालय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विरुद्ध सर्वोच्चअदालतमा दायर गरेको रिट निवेदनमा माननीय न्यायधीश श्री विश्वम्भर प्रसादश्रेष्ठ र डा आनन्दमोहन भट्टराईको संयुुक्त इजलासले गरेको फैसला प्रति हाम्रो ध्यानाकार्षण भएको छ ।

उक्त फैसलाको पेज ७२ मा भनिएको छ,आरक्षण सम्बन्धि व्यवस्थालाई वर्गीयता वा जातीयतामा नभै आवश्यकता केन्द्रित बनाएमा यसले संबिधानको साध्यलाई हासिल गर्दछ । वास्तवैमै गरिब, निमुखा र आफ्नो श्रोत साधनले शिक्षा आर्जन गर्न नसक्ने वर्गलाई नै आरक्षणको छहारी भित्र ल्याउने र संविधानको धारा १८ (३)को प्रतिबन्धात्मक वर्गमा पर्ने तर सक्षमलाई बाहेक गरेमा मात्र यसले संबिधानको लक्ष्यलाई पच्छ्याउदछ ।’ व्यवहारमा हेर्दा पक्कै पनि सर्वोच्च अदालतको फैसलालाई पूर्णरुपमा नकारात्मक भन्नमिल्दैन ।

तर नेपालको सन्दर्भमा सत्य के हो भने राज्यले अहिले आदिवासी जनजाति,शिल्पीरदलित लगायतका राज्यबाटनै पाखा पारिएका जाति समुदायको लागि भनेर जुुन आरक्षणको व्यवस्था गरेको छ त्यो जाती समुदायको आवश्यकताको आधारमान नै राज्यले यी समुदाय माथि शताब्दीयौ देखि गरेको बन्चितिकरण र बहिस्करणको क्षतिपूर्ति स्वरुप ल्याइएको र दिनुपर्ने अधिकार हो ।

वर्तमान सन्दर्भमा भन्ने हो आरक्षण शिल्पीरदलित आदिवासीजनजाति,मधेसी,थारू समुदाय लगायतका उत्पीडित जाती समुदायलाई राज्यको नीति निमार्ण गर्ने तहमा पुुराउने मूलआधार हो । अहिले राज्य सम्रचनामा शिल्पीरदलित समुुदायको उपस्थिति हेर्यौ भने एक प्रतिशत पनि पुगेको छैन । जबकी जनसंख्या १३.८ राज्यको तथ्याङ्कअनुसार प्रतिशत छ भने त्यस्तै आदिवासी जनजाति,मधेसी, थारू लगायतका उत्पीडितको सङ्ख्या पनि जति हुनुपर्ने हो त्यसको आधा पनि उपस्थिति छैन ।

यी सबैकुराको मध्यनजर गर्दा अहिले नै आवश्यकताको आधारमा आरक्षण कोटालाई परिभाषित गर्ने हो भने जसको लागि भनेर आरक्षणको व्यवस्था गरिन्छ त्यो समुदायको शैक्षिक स्तर अत्यन्त न्यून छ शिल्पी दलितकै कुरा गर्ने होभने १२ कक्षा उत्तिर्ण गर्ने र स्नातक गर्ने व्यक्तिहरु बिरलै पाईने भएकोले ति समुदायबाट कोटा परिपूर्ति गर्न समेत कठिनाई हुदछ भने सर्वोच्चको निर्णयले सिंगो शिल्पीरदलित लगायतका उत्पीडित जाती समुदायको राज्यको विभिन्न सम्रचनामा जनसंख्याको आधारमा उपस्थिति शुुनिश्चितगर्ने प्रकृयामा अबरोध सृजना गर्ने देखिन्छ ।

राज्यले अहिले आवश्यकताको सिद्धान्तको आधारमा भन्दा पनि ऐतिहाँसिक उत्पीडनलाई आधार मानेर शिल्पी दलित समुदाय लगायतका उत्पीडित जातीय समुदायलाइ राज्य संम्रचनामा उपस्थिति शुुनिश्चित गर्न राज्यलाई सवोच्च अदालतले निर्देशित गर्नु पर्नेमा उल्टो बाटो हिडेर एतिहाँसिक रुपमा उत्पीडनमा परेका समुदायको हकअधिकारलाई कुुण्ठित गर्ने काम गरेकोले सर्बोच्चको फैसलाको निर्णय प्रतिहाम्रो घोर आपत्ति रहेको व्यहोरा आमजनसमुुदायलाई जानकारी गराउन चाहन्छौं ।

आगामी दिनमासबै उत्पीडित जनताको आशाको केन्द्र न्यायलयले सामाजिक न्यायलाई केन्द्रमा राखेर मात्र आफ्नो फैसलाजारी गरोस भन्ने समेत ध्यानाकार्षण गर्दै उक्त कार्यको बिरोध गर्दै राजनीतिक रूपमा अधिकार स्थापित गर्न सम्पुर्ण न्यायप्रेमी जनसमुदायमा हार्दिक आग्रह गर्दछौं ।

अध्यक्ष दल मर्दन कामी “

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

पिमलटार–जागाराम झोलुङ्गे पुल पुनर्निर्माण सम्पन्न, आवतजावत पूर...

  • September 23, 2026

६ लघुवित्त संस्थामाथि राष्ट्र बैंकको कारबाही, पुँजीकोष र नगद म...

  • September 23, 2026

उर्जामन्त्री श्रेष्ठले आज सदनलाई सम्बाेधन गर्ने

  • September 23, 2026

ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाल...

  • September 23, 2026

बाढीपछिको पुनःस्थापना र पुनर्निर्माणका लागि अमेरिकाद्वारा थप ३...

  • September 23, 2026

महिलाकाे आशुमा पग्लिएकाे ती चाेरकाे मन

  • September 23, 2026

आज देशभर कांग्रेसको पालिका अधिवेशन हुँदै

  • September 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved