Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

अपहरणको आरोप लागेपछि मध्यरातमा बर्बराउन थाले मुख्यमन्त्री शंकर पोखरेल

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 6, 2021
210 shares

काठमाडौँ, नेकपा माओवादी केन्द्रका सांसद विमला खत्री वलीलाई अपहरण गरी आफ्नो सरकारी निवासमा बन्धक बनाएको आरोप लागेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल मध्यरातमा बर्बराउन थालेका छन् ।

आफूमाथि अपहरणको आरोप लगेपनि उनले विपक्षी दलमाथि नै प्रश्न गरेका छन् । उनले अपहरणको आरोप लगाउने विपक्षीसँग इतिहासले हिसाब माग्ने बताएका छन् । बिहीबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत उनी बर्बराएका छन् ।

बहालवाला मुख्यमन्त्रीमाथि लागेको आरोपको उचित खण्डन नगरी आफ्नो कुण्ठा पोखेर उनले स्टाटस लेखेपछि उनलाई गाली गर्नेको लर्को लागेको छ । उनको स्टाटसको कमेन्टमा हेरिसक्नु छैन । अपहरण जस्तो गम्भीर बिषयमा उनले गरेको हल्का खालको यस्तो टिप्पणीले उनीमाथि झनै शंका पलाउने अवस्था बनेको छ ।

उनले स्टाटसमा लुम्बिनी प्रदेशमा ८७ सदस्यीय प्रदेशसभाका सदस्य कसका कारणले ८० सदस्यमा झर्यो ? भनेर प्रश्न गरेका हुन् । आफूमाथि लागेको अपहरणको आरोपलाई उनले अन्यत्रै मोड्न खोजेको देखिन्छ । ‘दुई जना माननियलाई फकारएर राजीनामा गराउन सक्ने, ६ जनालाई अनुशासनको डण्डा चलाएर निष्कासन गर्न सक्ने र एक जना माननियलाई दल परिवर्तन गराउन सक्ने प्रतिपक्षले सत्ता पक्षलाई ‘अपहरण’को आरोप पनि लगाएछ,’ उनले स्टाटमा लेखेका छन ।, ‘८७ सदस्यीय प्रदेशसभा कसका कारणले ८० सदस्यीयमा झर्यो ? इतिहासले उत्तर अवश्य खोज्नेछ ।’

लुम्बिनी प्रदेशसभा सदस्य वलीले बिहीबार बुटवलमा पत्रकार सम्मेलन गरी आफूलाई मुख्यमन्त्री पोखरेलको निवासमा पाँच दिनसम्म बन्धक बनाएर राखेको बताएकी थिइन । उनले आफू शौचालयको चप्पल लगाएर भागेको बताउँदै मुख्यमन्त्री पोखरेलमाथि गम्भीर आरोप लगाएकी थिइन ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

पिमलटार–जागाराम झोलुङ्गे पुल पुनर्निर्माण सम्पन्न, आवतजावत पूर...

  • September 23, 2026

६ लघुवित्त संस्थामाथि राष्ट्र बैंकको कारबाही, पुँजीकोष र नगद म...

  • September 23, 2026

उर्जामन्त्री श्रेष्ठले आज सदनलाई सम्बाेधन गर्ने

  • September 23, 2026

ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाल...

  • September 23, 2026

बाढीपछिको पुनःस्थापना र पुनर्निर्माणका लागि अमेरिकाद्वारा थप ३...

  • September 23, 2026

महिलाकाे आशुमा पग्लिएकाे ती चाेरकाे मन

  • September 23, 2026

आज देशभर कांग्रेसको पालिका अधिवेशन हुँदै

  • September 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved