काठमाण्डौँ, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमालेका बरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता भएको छ ।
अध्यक्ष ओलीसँग नेता नेपालको भेटवार्ता हुन लागेको बताइरहँदा अध्यक्ष ओलीसँग भेटनु पुर्व नै दाहालले नेपालसँग भेटेका हुन ।
कोटेश्वरस्थित एक ब्यापारी निवासमा भएको भेटमा दाहालले आज पनी नेपाललाई सरकारमा सहभागी हुन आग्रह गरेको स्रोतले जनाएको छ ।
तर, पार्टिकै दोस्रो तहका नेताहरुले एकताका लागि दबाब दिएको तथा ओलीसँग भेट हुन त्यसअघि उनले यस बिषयमा निर्णय दिएका छैन्न ।
नेता नेपाल पक्ष सरकारमा सहभागी भए बुधबारसम्म मन्त्रिपरिषद् बिस्तार गर्ने तयारी रहेको छ ।











