Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

प्रधानमन्त्री देउवाको पहिलो विदेश भ्रमण भारत हुने, राजदूत क्वात्रा तयारीको लागि नयाँ दिल्लीमा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 31, 2021

काठमाडौं,प्रधानमन्त्री शेरबहादुर देउवाको पहिलो विदेश भ्रमण भारत नै हुने निश्चित् भएको छ । प्रधानमन्त्री देउवाले संसद्मा विश्वासको मत लिनेवित्तिकै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देउवालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए । सर्वोच्च अदालतको परमादेशबाट देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछि भारतले बधाई दिएको थिएन ।

तर, प्रधानमन्त्री देउवाले विश्वासको मत लिनेबित्तिकै भारतीय प्रधानमन्त्री मोदीले देउवालाई बधार्इृ दिएका थिए । त्यसपछि चीन, अमेरिकालगायत विभिन्न देशबाट उनलाई बधाई आइसकेको छ । प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै देउवालाई उनको निजी निवास बुढानिलकण्ठै पुगेर नेपालका लागि अमेरिकी राजदूत र्याण्डी डब्लु. बेरीले बधाई दिएका थिए । भारतीय राजदूत विनयमोहन क्वात्राले पनि उनलाई बुढानिलकण्ठमै पुगेर बधाई दिएका थिए ।

प्रधानमन्त्री देउवाले आफू प्रधानमन्त्री भएको तीन साता बित्न लाग्दापनि अझैसम्म मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । गठबन्धनमा आवद्ध दलहरुले सरकारमा क–कसलाई पठाउने भनेर नाम दिन ढिलाई गर्दा मन्त्रिपरिषद् विस्तारमा पनि ढिलाई भैरहेको छ । मन्त्रिपरिषद् विस्तार गरिसकेपछि प्रधानमन्त्री देउवा भारत भ्रमणमा जानसक्ने तयारी भएको छ ।

यसको लागि भारतीय राजदूत क्वात्रा नयाँ दिल्ली प्रस्थान् गरिसकेका छन् । उनले प्रधानमन्त्री देउवाको छोटो भ्रमण गराउनेगरि तयारी थालेको उच्च स्रोतले जनाएको छ । स्रोतले भन्यो,‘प्रधानमन्त्री देउवाको पहिलो विदेश भ्रमण भारत नै हुन्छ । यसको लागि भारतले तयारीसमेत थालिसकेको छ। अहिले राजदूत नयाँ दिल्लीमा हुनुहुन्छ ।’ देउवाले दुई दिने भ्रमण गर्ने र त्यस क्रममा सार्वजनिक कार्यक्रममा सरिक हुनेभन्दापनि उच्चस्तरीय राजनीतिक भेटवार्तामात्रै गर्ने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य प्रणाली: वर्तमान अवस्था, अ...

  • May 2, 2026

संविधान संशोधनमा सर्वपक्षीय सहभागिताकाे आवस्यक : माननीय आरेन राई

  • May 2, 2026

राष्ट्रपतिद्वारा लगातार अध्यादेश वर्षा: तीन नयाँ संशोधन सार्वजनिक

  • May 2, 2026

चाँगुनारायण–२ मा रास्वपाको पहिलो वडा अधिवेशन भव्य रूपमा सम्पन्...

  • May 2, 2026

थापाथली सुकुमवासी बस्ती हटाउँदा एक महिला बेहोस

  • May 1, 2026

तराईमा खरबुजा खेतीको क्रेज, किसानको आम्दानी बढ्दो

  • May 1, 2026

उपसभामुख रुवी कुमारी अस्पतालबाट डिस्चार्ज, चिकित्सकको पूर्ण आर...

  • May 1, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved