Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

कांग्रेस बैठक : क्रियाशील सदस्यता छानविन समितिको प्रतिवेदन फिर्ता, विवाद सुल्झ्याउन एक दिनको समय

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 28, 2021
402 shares

काठमाडौं– नेपाली कांग्रेसले क्रियाशील सदस्यता छानविन समितिले बुझाएको प्रतिवेदन फेरि समितिलाई नै फिर्ता पठाउने निर्णय गरेको छ ।

आज बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले क्रियाशील सदस्यताको विषयमा देखिएको विवाद समाधान गर्नका लागि थप एक दिनको समय दिँदै प्रतिवेदन फिर्ता पठाउने निर्णय गरेको हो ।

प्रवक्ता विश्वप्रकाश शर्माले क्रियाशील सदस्यता छानविन समितिले बुझाएको प्रतिवेदनमा उल्लेख गरिएको विवाद समाधानका लागि एक दिनको समय दिएर प्रतिवेदन फिर्ता पठाउने निर्णय गरेको जानकारी दिए ।

केन्द्रीय महाधिवेशनको तहमा पुग्नका लागि तल्ला ७ वटा तहको चुनावको प्रक्रिया समेत सम्पन्न गर्नुपर्ने अवस्था रहेको र आगामी १६ गते ७ सय ५३ वटा स्थानीयको तहमा अधिवेशन गर्नुपर्ने अवस्था रहेको भएपनि कतिपय स्थानमा क्रियाशील सदस्यताको विवाद कायमै रहेको र समितिले समेत समाधान गर्न नसकेको प्रतिवेदन बुझाएको भन्दै थप छलफल गर्न समितिमै फिर्ता पठाएर एक दिन समय दिने निर्णय गरेको उनले जानकारी दिए ।

उनले भने,‘१२ गते क्रियाशील सदस्यता छानविन समितिले प्रतिवेदन बुझाएको थियो । समिति सदस्य कल्याण गुरुङले फरक मत राख्नुभएको छ । क्रियाशील सदस्यताको प्रतिवेदनलाई केन्द्रिय समितिले स्वामित्व लिएर फरक मत लिएको विषयमा समेत छलफल गरेर, विवादित भएका स्थानका बारेमा समेत निर्णय गर्नुपर्नेछ । भोलिसम्म हेरेर निष्कर्ष निकाल्नका लागि समय दिने निर्णय गरिएको छ ।’

प्रवक्ता शर्माले अहिले केन्द्रीय महाधिवेशनको मिति हेरफेरका बारेमा कुनै छलफल शुरु नभएको र कोरोनाको अवस्था हेरेर निर्णय हुने जानकारी दिए ।

उनले भने,‘बैठकमा कोरोना महामारीको अवस्था र त्यसले कांग्रेस महाधिवेशनमा पर्ने प्रभावका बारेमा समेत छलफल भएको छ । देशव्यापी रुपमा कोरोना संक्रमणको अवस्था के छ, असर र प्रभाव के छ ? लगायतलाई समन्वय गरेर हामी टुंगोमा पुग्छौं । एक वर्ष वा दुई वर्ष थप्ने भन्ने विल्कुल छलफल भएको छैन ।’

प्रवक्ता शर्माले क्रियाशील सदस्यताका कारण महाधिवेशन शुरु हुन नसकेको भन्ने भनाइमा सत्यता नरहेको दाबी गरे ।

उनले करिब १५/१६ वटा निर्वाचन क्षेत्रको क्रियाशील सदस्यता विवाद समाधान नभएको भए पनि त्यसकै कारण महाधिवेशन नरोकिने स्पष्ट पारे । कांग्रेसको १३ औं महाधिवेशनमा समेत ३३ वटा निर्वाचन क्षेत्रको सदस्यता विवाद समाधान नभए पनि महाधिवेशन भएको भन्दै उनले अहिले समेत विवाद समाधान हुन नसके पुरानै प्रतिनिधि राखेर अधिवेशन गर्नसकिने बताए ।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

पिमलटार–जागाराम झोलुङ्गे पुल पुनर्निर्माण सम्पन्न, आवतजावत पूर...

  • September 23, 2026

६ लघुवित्त संस्थामाथि राष्ट्र बैंकको कारबाही, पुँजीकोष र नगद म...

  • September 23, 2026

उर्जामन्त्री श्रेष्ठले आज सदनलाई सम्बाेधन गर्ने

  • September 23, 2026

ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाल...

  • September 23, 2026

बाढीपछिको पुनःस्थापना र पुनर्निर्माणका लागि अमेरिकाद्वारा थप ३...

  • September 23, 2026

महिलाकाे आशुमा पग्लिएकाे ती चाेरकाे मन

  • September 23, 2026

आज देशभर कांग्रेसको पालिका अधिवेशन हुँदै

  • September 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved