Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

सत्ता समीकरण मिलाउन प्रचण्ड दौडधुपमा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 27, 2021
594 shares

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्ता समीकरण मिलाउने दौडधुपमा छन् ।

उनी निरन्तर शीर्ष नेतासँगको भेटवार्तामा सक्रिय भएर लागेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा सरकारको नेतृत्व गरेको दुई साता नाघे पनि मन्त्रिपरिषदलाई पूर्णता दिन नसक्दा प्रचण्डको दौडधुप बढेको हो ।

उनले आफ्नो गठबन्धनमा रहेका दलका शीर्ष नेतालाई भेटेर मन्त्रिपरिषद विस्तार र नयाँ मन्त्री चयनका विषयमा छलफल गरिरहेको स्रोतले जनाएको छ ।
प्रचण्डले नेकपा एमालेको नेपाल समूहलाई सरकारमा सहभागी गराउन आज बिहानै बरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न गएका थिए । नेता नेपाल निवास कोटेश्वरमा भएको भेटमा सरकार सञ्चालन तथा नेपाल समूहको सरकारमा सहभागिताका विषयमा छलफल भएको बुझिएको छ । प्रचण्डले नेता नेपाललाई सत्ता सहकार्यका लागि प्रस्ताव गरेको नेपालको सचिवालयले जनाएको छ ।

नेपालसँगको भेट सकिए लगत्तै प्रचण्ड प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न गएका छन् ।

एमालेको एकता प्रक्रिया चलिरहँदा प्रचण्डको दौड धुप भने अर्थपूर्ण मानिएको छ। एमालेका दोस्रो तहका नेता एकतामा जोड दिइरहँदा वरिष्ठ नेता नेपाल भने एकताको पक्षमा देखिएका छैनन्। उनले एकता कार्यदलले गरेको १० बुँदे सहमतिमा पनि असहमति जनाएका छन्।

 

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

पिमलटार–जागाराम झोलुङ्गे पुल पुनर्निर्माण सम्पन्न, आवतजावत पूर...

  • September 23, 2026

६ लघुवित्त संस्थामाथि राष्ट्र बैंकको कारबाही, पुँजीकोष र नगद म...

  • September 23, 2026

उर्जामन्त्री श्रेष्ठले आज सदनलाई सम्बाेधन गर्ने

  • September 23, 2026

ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाल...

  • September 23, 2026

बाढीपछिको पुनःस्थापना र पुनर्निर्माणका लागि अमेरिकाद्वारा थप ३...

  • September 23, 2026

महिलाकाे आशुमा पग्लिएकाे ती चाेरकाे मन

  • September 23, 2026

आज देशभर कांग्रेसको पालिका अधिवेशन हुँदै

  • September 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved