Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

काँग्रेस सभापतिमा देउवालाई जिताउन प्रचण्ड, नेपाल र यादवको साथ

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 26, 2021
249 shares
देउवा प्रधानमन्त्री रहेकाले प्रभावशाली नेताहरु र उनीहरुले चाहेका सांसदलाई मन्त्री बनाएर पक्षमा पार्ने रणनीति समेत देखिएको छ । उनले महामन्त्री डा. सशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह जस्ता नेताहरुलाई सरकारमा ल्याएर पक्षमा पार्न खोजेको बुझिएको छ । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहबाट मन्त्री बनाएर पनि पल्लाभारी बनाउन खोजेका छन् ।

देउवाले आन्तरिक तयारी गरिरहेपनि उनलाई गठबन्धनभित्रका दलबाट सहज अवस्था बनाइदिनुपर्ने हुन्छ । गठबन्धनको नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टीले बढीभन्दा बढी मन्त्रालयको माग गरिरहेका छन् । देउवाले उनीहरुलाई कम मन्त्रालयमा चित्त बुझाउन लगाएर पार्टीभित्रको व्यवस्थापन सहज बनाउन सक्छन् ।

 

“नेपाली काँग्रेसका सभापति समेत रहेको प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीको नेतृत्वमा कायम रहन तयारीमा छन् । भदौंमा तोकिएको १४औं महाधिवेशनका लागि देउवाले आन्तरिक तयारी तिव्र पारेका छन् । उनले पार्टीभित्र प्रभावशाली नेताहरुलाई पक्षमा पार्न कसरत गरिरहेका छन् ।”

काँग्रेसको भागमा १० भन्दा बढी मन्त्रालय सुनिश्चित गर्न सके देउवाले आफ्नो पक्षको व्यवस्थापन र इतर समूहकालाई पनि पक्षमा पार्ने माहोल तयार गर्न सक्छन् । महाधिवेशनका बेलामा देउवाले प्रचण्ड र माधव नेपालबाट अप्रत्यक्ष साथ खोजेका छन् ।

विश्वस्त स्रोतका अनुसार प्रचण्ड र माधव नेपाल दुवैले देउवालाई फेरि सभापतिमा विजयी हुने गरी आवश्यक साथ दिने वचन दिएको बुझिएको छ । उनीहरुले गठबन्धनभित्रबाट पनि देउवालाई आवश्यक सहयोगको अवस्था बनाउने गरी कदम चाल्ने स्पष्ट पारिसकेका छन् । यसबाट देउवा उत्साही छन् ।

काँग्रेसबाट देउवा पक्षबाट २ मन्त्री र १ राज्यमन्त्री गरी ३ जना बनिसकेका छन् । अब उनले पार्टीभित्रका अन्य हस्तीहरुलाई पनि चित्त बुझाउनुपर्ने हुन्छ । त्यसका लागि प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादव मन्त्रालय बाँडफाँडमा लचिलो बनिदिनुपर्ने हुन्छ । त्यसका लागि उनीहरु तयार भएको बुझिएको छ ।

यसैगरी, देउवालाई सरकार सञ्चालनमा सहज बनाइदिएर पनि प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवले साथ दिने रणनीति बताएका छन् । यसले देउवालाई फेरि काँग्रेस सभापति बन्ने बाटो खोल्ने गठबन्धनभित्र चर्चा चलेको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

डाेल्पामा सीता एयरको जहाज दुर्घटना

  • September 24, 2026

पिमलटार–जागाराम झोलुङ्गे पुल पुनर्निर्माण सम्पन्न, आवतजावत पूर...

  • September 23, 2026

६ लघुवित्त संस्थामाथि राष्ट्र बैंकको कारबाही, पुँजीकोष र नगद म...

  • September 23, 2026

उर्जामन्त्री श्रेष्ठले आज सदनलाई सम्बाेधन गर्ने

  • September 23, 2026

ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाल...

  • September 23, 2026

बाढीपछिको पुनःस्थापना र पुनर्निर्माणका लागि अमेरिकाद्वारा थप ३...

  • September 23, 2026

महिलाकाे आशुमा पग्लिएकाे ती चाेरकाे मन

  • September 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved