Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

कुनै हालतमा पनि महाधिवेशन प्रभावित हुँदैन् : प्रवक्ता विश्वप्रकाश शर्मा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 25, 2021
39 shares
प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले तोकिएको समयमै पार्टीको १४औं महाधिवेशन सम्पन्न हुने विश्वास दिलाएका छन् । अहिले देखिएका विवादहरु पनि शीर्ष तहमा छलफल तथा सहमतिको माध्यमबाट हल गरिने उनको भनाई छ । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुराकानीमा उनले यस्तो बताएका हुन् । प्रस्तुत छ प्रवक्ता विश्वप्रकाश शर्मासँग पत्रकार धमलाले गरेको कुराकानी सम्पादित अंश :

नेपाली काँग्रेसको वडास्तरको अधिवेशन के कारणले स्थगन् भयो ?

दूई वटा कारण पर्यो, ऋषिजी । एउटा अहिले नेपाली काँग्रेसको क्रियाशिलको प्रतिवेदन बुझाउने अन्तिम तयारी जे छ । त्यो बुझाउनका लागि उहाँहरुले १२ गते मंगलबार विहान ९ बजेको लागि समय निर्धारण गर्नुभयो । त्यो बझाई सकेपछि सुरु हुने प्रक्रिया त्यही दिन बुझाउदै गर्दा त्यही दिन सुरु हुनुमा स्वभाविक रुपमा कठिन हुने भयो । यद्धपी क्रियासिल सदस्यताको काम जति सकिएको छ, त्यसको आधारमा पनि अगामी जान नसकिने त होईन । तर पनि जिल्ला–जिल्लाबाट आएका टेलिफोनहरु र कयौँ जिल्लाबाट आउँदै गर्दा कोरोना संक्रमणको चाप बढ्दैछ । केही पछाडि जान पाए हुन्थ्यो भन्ने प्रतिक्रिया साथीहरुको आएको छ । तर, महाअधिवेशन नै सर्ने गरेर होईन । अहिलेलाई साउन १२ गते वडा तहको अधिवेशन स्थगन् गरेर अर्को प्रतिवेदन बुझेपछि त्यो विषयमा छलफल गरौँला भन्ने हामीहरुले हिजो निर्णय गरेका छौँ ।

वडा तहको अधिवेशन सरिसकेपछि केन्द्रको पनि महाधिवेशन हुँदैन भनेर धेरैले भनेका छन नि ?

अब तपाईँले भनेको कुरामा तर्कमात्रै होईन तथ्यगत हिसाबले पनि यो स्वभाविक छ । महाअधिवेशन गर्नको लागि केन्द्रीय महाअधिवेशनमा पुग्ने चरण भनेको त क्रियासिल सदस्यता, सक्रिय र वडा तहबाट नै सुरु हुन्छ । साउन १२ को वडाको अधिवेशन सर्यो भनिसके पछाडि साउन १६ को गाउँनगरको अधिवेशन त्यहाँबाट प्रभावित हुनेनै भयो । त्यसैले गर्दा केन्द्रीय महाअधिवेशनको विषय के हुन्छ भन्दा हामीले कुरा उठाए जस्तै अवस्थामा छ । अहिले हामी विभिन्न विकल्पहरुको सन्दर्भमा पनि छलफलमा छौँ । महाधिवेशनको लागि भदौँको १९ गते हाम्रो समय अवधि सकिने हो । त्यो समय अवधि सकिँदै गर्दा भदौ अगाडि नै हामीले प्रक्रिया सुरु गरेर गयौँ भनेपनि हामीले सम्पन्न गर्न नसकिने भन्ने छैन । तर पनि यी सबै कुरा के मा निर्भर गर्छ भने साउनको १२ गने रमेश लेखक संयोजक रहनुभएको क्रियाशिल समितिले आफ्नो विवरण जे तयारी छ, त्यो बुझाईसकेपछि कति ठाउँमा समस्या रहेका छन । त्यसलाई बाँकी समस्यामाथि केन्द्रीय समितिले गरेर त्यसपछि अनि हामीले अगाडि बढ्ने वातावरण बन्छ ।

त्यसोभए वडा तहको अधिवेशन तोकिएकै मितिमा नहुनुमा क्रियाशिल सदस्यता नै विवाद हो त ?

विल्कुलै होईन । जस्तो म तपाईलाई के स्मरण गराउँ भने १३औँ महाअधिवेशन हुँदै गर्दा २४० मध्ये ३३ वटा निर्वाचन क्षेत्रमा क्रियाशिल सदस्यताको तत्कालिन विषयलाई समाधान गर्नको लागि समय पर्याप्त नभएर अथवा चलनचल्तीको भाषामा तत्काल मिलाउन नसकिएर समय लाग्ने भएर ३३ वटा निर्वाचन क्षेत्रमा पुरानै क्रियाशिलको आधारमा नै अधिवेशन भएको थियो । अहिले त तपाईँको ३३ वटा छैन । १५–२० वटामा मात्रै छ । त्यसकारणले महाअधिवेशन गर्नका लागि त क्रियाशिल सदस्यता जहाँ हल भयो, त्यहाँ नयाँ र पुराना दुईवटै मिलाएर गर्न सकिन्छ । पहिलाको नजिरलाई हेर्दैगर्दा त जहाँ हल भएन, त्यहाँ नयाँको कुरालाई अहिले थन्काईराखेर पुरानै बाट पनि गर्न सकिन्छ । त्यसकारण क्रियाशिल छानविन समितिका संयोजक रमेश लेखक एवम् क्रियाशिल सदस्यता छानविन समितिमा रहेका अरु सदस्य साथीहरुले त रातदिन मेहनत गरेर यो महामारीको बीचमा पनि जति काम गर्नुभएको छ । उहाँहरु बधाईको पात्र हुनुहुन्छ । र, त्यो कारणले अधिवेशन प्रभावित भन्ने विषय होईन ।

काँग्रेसको क्रियाशिल सदस्य बन्नको लागि धेरैको चाहना छ, तर नेताहरु आफ्ना मान्छेहरुलाई मात्रै क्रियाशिल सदस्यता दिन चाहन्छन्, किन होला ?

आफ्ना भन्नाले काँग्रेसका मान्छेलाई मात्रै दिने हो क्रियाशिल सदस्यता पहिलो त । दोस्रो के हो भने महाअधिवेशनर्फ जाँदै गर्दाखेरी नेपाली काँग्रेसजस्तो एउटा पुरानो राजनीतिक दल यो पुरानो भित्रबाट नविन बन्ने तयारीमा छ । त्यो दलभित्र अहिले क्रियाशिल सदस्य म बन्न चाहन्छु भनेर एउटा ठुलो पङक्तिले जागरुकता देखाउनु सकारात्मक संकेत हो । त्यसलाई जुन जागरुकता तहमा म क्रियाशिल बन्न चाहान्छु भनेर युवामात्रै ठुलो संख्याले ईच्छा गरिरहेको जुन चित्र देखिएको छ, त्यसलाई उचित ढंगले समायोजन र व्यवस्थापन गर्ने सन्दर्भमा हामीबाट कमजोरी भएकै हो । तर, के पनि नबिर्सौं भने कुनैपनि राजनीतिक दलको अधिवेशनमा जाँदैगर्दा यो प्रकारले म आफु बन्न चाहने वा कस्लाई बनाउने ? कसलाई नबनाउने अथवा बनाउदै जाने क्रममा थुप्रै कमजोरी हुने यी विल्कुल स्वभाविक कुरा हुन । यस्ता समस्यालाई कम गरेर जाने सकेसम्म समन्वय बढि गरेर जाने, व्यवस्थापन राम्रो गरेर लाने हो । त्यसकारण यो राजनीतिक दलहरुको कर्तव्य हुन्छ । अहिले हामी त्यही खालको कुराहरुमा छौँ ।

काँग्रेस पार्टी कार्यालयमा अहिले आफ्नो पार्टीका नेता तथा कार्यकर्ताहरु अनशनमा हुनुहुन्छ, उहाँहरुको माग पुरा गर्न किन सक्नु भएन ?

एउटा देश जतिसुकै राम्रो, जतिसुकै सुन्दर भएता पनि त्यसमा कानून हुन्छ, अदालत हुन्छ, प्रहरी प्रशासन हुन्छ । त्यसरीनै नेपाल देशमा त्यो खालको व्यवस्था छ । नेपाली काँग्रेस पार्टीको आन्तरिक जीवन र अन्य पार्टीहरुको जीवनमा पनि सदस्यता लिँदै गर्दा म छुटें कसैले उजुरी हाल्दै गर्दा कहाँ हाल्ने ? छानविन समितिमा उजुरी हाल्ने कुरा त लोकतान्त्रीक प्रक्रिया हो नि । अथवा मलाई मेरो गाउँमा क्रियाशिल सदस्यता दिनुपर्दथ्यो तर दिईएन या नपाउनु पर्नेहरुलाई दिईयो, यतिजना छुटे भनेर उजुरी हाल्ने कहाँभन्दा त्यही क्रियाशिल छानबिन समितिमा हो नि । नेपाली काँग्रेसको पार्टी कार्यालय भनेको त यो देशका सारा काँग्रेशजनको मात्रै नभएर गैर–कााग्रेसले पनि शुभेच्छा राख्ने थलो हो । त्यो थलोमा आफ्नो फरक मत राख्ने, आफुलाई चित्र नबुझेको कुरामा माग राख्ने परिस्थिति आवश्यक पर्यो भने धर्ना नै बस्ने यी सबै कुराहरु भनेको अधिवेशनमा जाँदै गर्दा स्वभाविक पनि हुन । साथीहरु धर्ना बस्नुभयो भन्ने कुरामा प्रश्न गर्नुभन्दा यो बेलामा हाम्रो ध्यान केमा छ, उहाँहरुले उठाएका विषयहरुलाई हल कसरी गर्ने ? धर्ना बस्नेहरुले सही माग उठाएका छैनन् भने उनीहरुलई कसरी विश्वासमा लिने । अनि सही उठाएका छन भने तिनिहरुको कुरालाई कसरी सम्वोधन गर्ने र उहाँहरुलाई जिल्ला जाने अवस्था कसरी बनाउने, वडा संयमित र परिपक्व ढंगले सोचेर हामीले गर्न जरुरी छ । यो विषयलाई हामी हल गर्दै जाँदैछौँ ऋषिजी ।

त्यसोभए यो क्रियाशिल सदस्यता विवाद समाधान हुन्छ अब ? सबैले पाउँछन् त सदस्यता ?

होईन, सबैले पाउँछन् भन्ने वाक्य त मैले बौल्ननै मिल्दैन । क्रियाशिल सदस्यताको बारेमा चाहीँ चार लाख ७० हजार सम्थिङ अघिल्लो अधिवेसनमा जति थियो, त्यसलाई त्यतिनै सम्म सय प्रतिशतसम्म बढाउने भन्ने हो । कतिपय वडामा ४० जना क्रियाशिल पहिला हुनुहुन्थ्यो, अहिले ६० जनाले क्रियाशिल भर्न चाहानुभयो । पार्टी केन्द्रले के नीति लियो भन्दा त्यो वडामा सय प्रतिशतसम्म बढाउने त्यसैले केही साथीहरु त छुट्ने अवस्था कयौं ठाउँ बन्छ । कतिपय ठाउँमा कस्तो अवस्था पनि छ भने म छुटेपनि केही छैन, यो चोटीलाई तर फलानो मभन्दा नपाउनु पर्नेले पायो भनेर पनि कतिपय ठाउँमा प्रश्नहरु उठेको छ । त्यसैले म के स्पष्ट गरौ भने–नेपाली काँग्रेसको केन्द्रीय कार्यालयले क्रियाशिल सदस्यता बाँड्ने होईन । अहिले यो बाँड्ने प्रक्रिया छ । केन्द्रीय कार्यालयले ७७ वटै जिल्ला सभापतिजीले दिन्छ । ७७ वटा जिल्ला सभापतिजीहरुले एक सय ६५ वटा संघीय निर्वाचन क्षेत्रको क्षेत्रीय सभापतिलाई दिनुपर्छ उहाँहरुले दिनुभयो । एक सय ६५ को क्षेत्रीय सभापतिले एक सय ३० प्रदेश क्षेत्रीय सभापतिलाई दिन र तीन सय ३० क्षेत्रीय सभापतिले केन्द्रबाट पुगेको त्यो क्रियाशिललाई सात सय ५३ गाउँनगरको सभापतिलाई दिने र उहाँबाट छ हजार सात सय ४३ वडामा वडाको सभापतिलाई दिने हाम्रो प्रक्रिया यो हो । त्यसकारण लोकतान्त्रीक प्रक्रियाले केन्द्रबाट जिल्ला र जिल्लाबाट क्षेत्र हुँदै वडा तहमा पुगेपछि वडा तहका साथीहरुले उहाँहरुको भेलाबाट चाही को सक्रिय हुनुहुन्छ ? कसलाई थप्नुहुन्छ ? कसलाई हटाउनुहुन्छ ? कसको निधन भैसक्यो ? यी सबै कुरा हेरेर वितरणको प्रक्रिया हुन्छ । त्यसैले यत्रो बृहत्त कार्य गर्दैगर्दा कुनै वडामा कमजोरी भयो, कुनै वडामा विवाद भयो, कुनैमा निश्पक्षता भएन, अन्याय भयो । यी विषयलाई हेर्नको लागि हामीसंग फेरि केन्द्रीय तहमा व्यवस्था छ । र वेबसाईटको माध्यमबाट पारदर्शी ढंगले कहाँ के भयो भन्ने कुरा हेर्न मिल्छ । यो मेचीको मान्छेले महाकालीसम्मका विवरण हेर्न पाउनुहुन्छ । त्यसकारण अहिले पहिलाको भन्दा जति गर्न सकिन्छ, व्यवस्थित् गर्ने कुरा गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

डाेल्पामा सीता एयरको जहाज दुर्घटना

  • September 24, 2026

पिमलटार–जागाराम झोलुङ्गे पुल पुनर्निर्माण सम्पन्न, आवतजावत पूर...

  • September 23, 2026

६ लघुवित्त संस्थामाथि राष्ट्र बैंकको कारबाही, पुँजीकोष र नगद म...

  • September 23, 2026

उर्जामन्त्री श्रेष्ठले आज सदनलाई सम्बाेधन गर्ने

  • September 23, 2026

ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाल...

  • September 23, 2026

बाढीपछिको पुनःस्थापना र पुनर्निर्माणका लागि अमेरिकाद्वारा थप ३...

  • September 23, 2026

महिलाकाे आशुमा पग्लिएकाे ती चाेरकाे मन

  • September 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved