Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

कम्युनिष्ट र गैर कम्युनिष्टबीच जनताले कसरी फरक छुट्याउने ?: चित्रबहादुर केसी

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 23, 2021
51 shares

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एकै खालको कार्यशैलीका कारण जनताले कम्युनिष्ट र गैर कम्युनिष्ट पार्टीबीचको अन्तर छुट्याउन नसकेको बताएका छन् ।

ललितपुरमा शुक्रबार आयोजित कार्यक्रममा नेता केसीले भने, ‘गैर कम्युनिष्ट सत्तामा बस्दा पनि गरिबी, अशिक्षा, अन्धकार हुने । कम्युनिष्ट सत्तामा बस्दा पनि त्यही अवस्था रहने । अनि कम्युनिष्ट र गैर कम्युनिष्टबीच जनताले कसरी फरक छुट्याउने ?’

कम्युनिष्ट आन्दोलनभित्र सिद्धान्त र राजनीतिकको संकट रहेको भन्दै उनले अब सांस्कृतिक आन्दोलन जरुरी रहेको बताए ।

जनताले पाँच वर्षका लागि सरकार चलाउन दुई तिहाई बहुमत दिएपनि त्यो विश्वासलाई पूरा गर्नबाट कम्युनिष्ट पार्टी चुकेको उनको भनाइ थियो ।

‘अरु प्रतिक्रियावादीको विश्वास पहिल्यै गुमेको अवस्था थियो । नेताहरुले आफूलाई बनाउन राजनीति गरेका छन् । आफू वरपरकालाई बनाएका छन् । कम्युनिष्ट बनेर सम्पत्ति कमाइरहने प्रवृति हावी भएको छ । जसले गर्दा जनताको विश्वास गुम्ने अवस्था आएको छ’ नेता केसीले भने ।

पटक-पटक संसद विघटन गर्ने प्रवृति अन्त्य हुनुपर्ने भन्दै नेता केसीले ५ दलको एकताले संविधान र संसद जोगिएकोले अबको दिनमा संसोधन गरेर अझै उत्कृष्ट संविधान बनाउनु पर्नेमा जोड दिए । सर्वोच्चको फैसला स्वीकार्य रहेको भन्दै उनले राष्ट्रपतिको भूमिका अलोकतान्त्रिक भएको आरोप लगाए ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले विचित्रको काम गरेको उनको भनाइ थियो । जनतालाई कोरोनाबाट जोगाउन खोप उपलब्ध गराउनुपर्ने बेलामा ओली नेतृत्वको सरकारले भोट मागिरहेको र संविधान च्यात्न खोजेपछि संघर्षमा जानुपरेको उनले बताए ।

‘हामीले ओली नेतृत्वको सरकरलाई समर्थन गरेकै हौं, तर तीघ्रामा पिप जम्मा भएपछि निचोरेर फाल्नुपर्छ, पार्टीभित्रकै साथीहरुले संघर्ष गर्नुभयो, ५ दलको एकताले धर्मनिरपेक्षता गणतन्त्र लगायतका उपलब्धीहरुलाई बचाउने काम भएको छ । संसद कम्तिमा पनि १८ महिना बच्ने भयो’ उनले भने ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

डाेल्पामा सीता एयरको जहाज दुर्घटना

  • September 24, 2026

पिमलटार–जागाराम झोलुङ्गे पुल पुनर्निर्माण सम्पन्न, आवतजावत पूर...

  • September 23, 2026

६ लघुवित्त संस्थामाथि राष्ट्र बैंकको कारबाही, पुँजीकोष र नगद म...

  • September 23, 2026

उर्जामन्त्री श्रेष्ठले आज सदनलाई सम्बाेधन गर्ने

  • September 23, 2026

ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाल...

  • September 23, 2026

बाढीपछिको पुनःस्थापना र पुनर्निर्माणका लागि अमेरिकाद्वारा थप ३...

  • September 23, 2026

महिलाकाे आशुमा पग्लिएकाे ती चाेरकाे मन

  • September 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved