Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

ओलिले गाए अङ्रेगी गीत,‘वी श्याल ओभरकम, एण्ड नो बडी क्यान स्टप अस’

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 22, 2021
147 shares

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा निवर्तमान केपी शर्मा ओलीले आफुहरु फेरि सत्तामा आउने घोषणा गरेका छन् । उनले १९६० ताका अमेरिकी गायक बब डायलानको ‘वी श्याल ओभरकम समडे’ बोलको गीत स्मरण गर्दै आफूहरु पनि ओभरकम गर्ने बताए । आज (बिहीबार) पुष्पलाल श्रेष्ठको ४३औं स्मृति दिवस मनाउने पार्टीद्धारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘सिक्सटीजमा अमेरिकी गायक बब डायलानको गीत थियो नि वी श्याल ओभरकम समडे, हामी पनि ओभरकम गर्छौं । वी श्याल ओभरकम नाउ, एण्ड नो बडी क्यान स्टप अस ।’ उनले आफू जनाताको आदेशबाट नभई अदालतको परमादेशबाट प्रधानमन्त्रीबाट हटेको स्पष्ट पारे । उनले भने,‘मेरो चिन्ता के हो भने सम्मानित अदालतको विश्वास जनजनको मनमा बढोस । जे गरेपनि मान्नैपर्छ भनियो भने विश्वास कायम रहन्छ कि रहँदैन, त्यो चिन्ताको विषय हो । संविधान जसले पनि पढ्न जान्दछ । कानून जसले पनि पढ्न जानेको छ । म चाहन्छु अदालतको गरिमा बढोस ।’

त्यस्तै, अध्यक्ष ओलीले माधव नेपाल पक्षलाई पनि साथै लिएर जाने संकेत गरे । उनले नेपाल पक्षलाई बाटो बिराएका नेताहरुको संज्ञा दिए । र, उनीहरुलाई आममाफी दिने घोषणासमेत गरेका छन् । सम्बोधनको क्रममा उनले भने,‘बाटो बिराएका, भड्किएका साथीहरुलाई पनि भन्न चाहन्छु, यस पार्टी र आन्दोलनको एकताका लागि सबैलाई एम्नेष्टि इज ग्रान्टेड । जे सुकै भएको होस् एम्नेष्टि । आउनुस् मिलेर काम गरौं ।’

ओलीले कांग्रेस पार्टी उहिल्यै काम लाग्दैन भनेर गणेशमान र किसुनजीहरुले भनेको र जीवनको उत्तरार्धमा गणेशमान र किसुनजी अलग भएको पनि स्मरण गराए । उनले भने,‘नेपाली कांग्रेस अब काम लाग्दैन् , यो स्वार्थ र अवसरवादको दलदलमा जाकियो भनेर गणेशमान र किसुनजीले पार्टी छोडेको अलग अलग समयमा घोषणा गर्नुपर्यो । नेपालको कम्युनिष्ट आन्दोलनभित्र पनि यस्ता दुःखद् पक्ष छन् । पुष्पलालले अघि सारेको विचारलाई हामीले यहाँसम्म ल्यायौं । वैचारिक हिसाबले धुकचुक मान्नुहुँदैन् । विचार बोकेर हिँडेको पार्टी यो हो । पुष्पलालले यो विचारलाई मूल बाटोमा ल्याउनुभयो । लोकतान्त्रिक गणतन्त्रको मागबारे पुष्पलालले दोस्रो महाधिवेशनमा यो कुरा उठाउनुभएको थियो । त्यो विचार बोक्ने संगठन, सुरुमा थिएन ।’

उनले पछिल्लो समय आफुहरुले नेपालको कम्युनिष्ट आन्दोलनलाई एकीकृत गरेको पनि दाबी गरेका छन् । उनले भने,‘यो आन्दोलन एउटा मूलधारको रुपमा आयो । आज एउटा फेरि एउटा प्रतिगमन भएको छ । नेपालको परराष्ट्र नीति, कृषि नीति, शिक्षा नीति, स्वास्थ्य नीति हामीले भनेको नीतिअनुसार देश चलेको छ । हामीले तयार पारेका मानकभन्दा पर जाने अवस्था छैन् । आजको नेकपा एमालेले अगाडिदेखि चलिरहेका खराब सिलसिलालाई अन्त्य गर्नेछ । अहिले केही नेताहरु पतनको बाटोमा गएका छन् । हामी आन्दोलनलाई सही विचारको साथ अघि बढाउँछौं । पुष्पलालको मार्गदर्शनमा चलाउँछौं । नयाँ आन्दोलनमा जाने हो, यसमा नयाँ कन्फ्युजन हुनुहुँदैन् ।’

उनले पुष्पलालले रोपेको विचारको विरुवालाई मर्न नदिने पनि घोषणा गरे । उनले भने,‘ओइल्याउन पनि दिनेछैंनौं । यो सानो तिनो हावाहुरीले ढालिहाल्दैन् । उहाँको विचारलाई मदन भणडारीले प्रवलीकरण गर्नुभयो । तलाहरु थपिएका छन् । जहाँ छन् नेपाली, त्यहाँ नेकपा एमाले पुग्छ । हामी आन्दोलनलाई मर्न दिन्नौं । यो आन्दोलन संघर्षको मैदानबाट गुज्रिएर आएको हो । यो आन्दोलन स्वार्थहरुको गठजोड होईन् ।’

उनले आफू नेतृत्वको सरकारलाई डेढ वर्षदेखि ढाल्ने ठोस प्रयास भएको भएपनि विरोधीहरुले ढाल्न नसकेको दाबीगरे । उनले थपे,‘वरतिरबाट परतिर सार्न नसकेपछि, परमादेशबाट हामी हट्यौं । जनादेशबाट होईन । अहिले जेसुकै भएपनि, जसो भएपनि एमाले प्रमुख पार्टी त हो नि त । संसदमा एमाले प्रमुख पार्टी हो । प्रतिनिधिसभा र राष्ट्रियसभामा सबभन्दा ठूलो दल नेकपा एमाले हो । प्रदेश नम्बर २ मा मात्रै हाम्रो संख्या अलिकति कम छ । यो देशकै प्रमुख राजनीतिक शक्ति एमाले हो । यो लोकतान्त्रिक आन्दोलनकै प्रमुख राजनीतिक धार हो । मार्गदर्शक हो । जनतालाई प्रशिक्षित गर्ने गुरु पार्टी हो । यसले नयाँ नयाँ विचार दिन्छ ।’

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

डाेल्पामा सीता एयरको जहाज दुर्घटना

  • September 24, 2026

पिमलटार–जागाराम झोलुङ्गे पुल पुनर्निर्माण सम्पन्न, आवतजावत पूर...

  • September 23, 2026

६ लघुवित्त संस्थामाथि राष्ट्र बैंकको कारबाही, पुँजीकोष र नगद म...

  • September 23, 2026

उर्जामन्त्री श्रेष्ठले आज सदनलाई सम्बाेधन गर्ने

  • September 23, 2026

ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाल...

  • September 23, 2026

बाढीपछिको पुनःस्थापना र पुनर्निर्माणका लागि अमेरिकाद्वारा थप ३...

  • September 23, 2026

महिलाकाे आशुमा पग्लिएकाे ती चाेरकाे मन

  • September 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved