Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

आज पनि दिनभर वर्षा हुने, सतर्क रहन आग्रह

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 26, 2026
6.2K shares

काठमाडौँ । बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले बुधबार बेलुकीदेखि देशका अधिकांश स्थानमा निरन्तर वर्षा भइरहेको छ। आज पनि देशभर ठूलो पानी पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

हाल मध्य र पश्चिम क्षेत्रका धेरै ठाउँमा निरन्तर झरी परिरहेका कारण नदी तथा खोलाहरूमा पानीको बहाव उच्च भएको छ। विशेषगरी संखुवासभाको अरुण, पर्वतको कालीगण्डकी, लमजुङको चेपेखोला र म्याग्दीको मंगलघाट लगायतका नदीहरूमा ठूलो बाढी आएकाले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन बाढी पूर्वानुमान महाशाखाले सचेत गराएको छ।

काठमाडौँ उपत्यकासहित पूर्वी नेपालका केही स्थानमा वर्षा केही कम भए पनि बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आज वर्षाको गतिविधि बढी नै रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा अति भारी वर्षा तथा कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। यसका साथै, मधेश प्रदेश लगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागमा हावाहुरी चल्न सक्ने र अन्य स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ।

आज र भोलि विशेष गरी पश्चिमी क्षेत्रमा वर्षा केन्द्रित रहने र पर्सि सोमबारदेखि मात्रै पानी पर्ने क्रम कम हुँदै जाने महाशाखाले जनाएको छ। निरन्तरको वर्षा र हिमाली क्षेत्रमा भइरहेको लगातारको हिमपातले जनजीवन प्रभावित बनेकाले अत्यावश्यक अवस्थामा बाहेक लामो दूरीको यात्रा नगर्न र सम्भावित विपद्‌बाट बच्न पूर्वसावधानी अपनाउन मौसमविद्हरूले सबैमा अनुरोध गरेका छन्।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

बिनोद कुमार खड्का : प्रशासनको लामो यात्राबाट भक्तपुरको जिम्मेव...

  • September 26, 2026

सप्तकोशीमा बढ्याे पानीकाे बहाव, खाेलियाे ४३ ढाेका

  • September 26, 2026

मन्त्री खनालद्वारा अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न...

  • September 26, 2026

प्रधानमन्त्री बालेन आज स्वदेश फिर्दै

  • September 26, 2026

नेपाल र कजाकिस्तानबीच कूटनीतिक सम्झौतामा हस्ताक्षर

  • September 26, 2026

बेलबारी कांग्रेसमा छत्र लिम्बू निर्वाचित

  • September 25, 2026

पूर्व उपराष्ट्रपति द्वारा नेपालमा पहिलोपटक मैथिली गद्यमा ‘अर्च...

  • September 25, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved