हिमांशु राय,मोरङ । नेपाली कांग्रेस पार्टीको १५औँ महाधिवेशन कार्यतालिका अनुसार आज सम्पन्न भएको नगर अधिवेशनमा छत्र लिम्बू दोस्रो कार्यकालका लागि नगर सभापतिमा निर्वाचित भएका छन्।
३५३ मतको अन्तिम मतगणनामा लिम्बूले २०३ मत प्राप्त गरे। उनका प्रतिस्पर्धी उपेन्द्र सुवेदीले ८६ मत र राजेश खत्रीले ६१ मत प्राप्त गरे।
यस्तै, उपसभापति पदमा रामकुमारी रोक्का १९२ मत, कमला श्रेष्ठ ८७ मत र सृजना राई ६६ मत प्राप्त गरेका छन्।
बेलबारी नगर अधिवेशनको परिणामसँगै कांग्रेसभित्र छत्र लिम्बुको अबको नयाँ यात्रा काङ्ग्रेस पार्टीलाई जनमुखी बनाउदै राष्ट्रहितको लागि नयाँयुवा पुस्ता संग सैद्धान्तिक र ब्यावहारिक रुपले एकापसमा सहकार्य गरि अघि बढ्ने बुझिएको छ।





