काठमाडौं । नेपाल राष्ट्र बैंकले सूचना अधिकारीमा सुधा श्रेष्ठलाई नियुक्त गरेको छ।
गभर्नरको कार्यालयकी कामु निर्देशक रहेकी श्रेष्ठलाई सहप्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी दिइएको राष्ट्र बैंकले जनाएको छ।

२०६४ सालदेखि नेपाल राष्ट्र बैंकमा कार्यरत श्रेष्ठले बैंकको विभिन्न शाखामा काम गर्दै अनुभव हासिल गरेकी हुन्। नयाँ जिम्मेवारीसँगै उनले बैंकको सूचना प्रवाह तथा सञ्चार व्यवस्थापनमा भूमिका निर्वाह गर्नेछिन्।










