कृष्ण कुँवर (कर्नेलियस)। पर्वत फलेवास नगरपालिका २ थापाठाना (घैयार) का घनश्याम छेत्री तीनबर्ष अघी यूएई पुगेका थिए तर बिगत ८ महिनादेखी भने परिवारको संपर्कमा आएका छैनन्।
यूएईको सफाई कम्पनी अल तान्मिया (AL TANMYAH SERVICES L.L.C.) मा पुगेका घनश्याम संपर्कमा नआउंदा घनश्यामका बुबा कृष्ण प्रसाद भुषालका निकट मदनजंग कुँवरले सबै परिवार चिन्तित भएको बताएका छन्।
घनश्यामकी पत्नी शोभा क्षेत्रीले २०७८-११-२८ मा यूएई गएको तर ८ महिनादेखि आफ्नो श्रीमान संपर्कमा नआएको भन्दै खोजिदीन यूएईमा रहेको नेपाली दूतावास अबुधाबी, पर्वत समाज यूएई, नेपाली संघ-संस्था हरु, समाजसेवी, मानव अधिकारकर्मी, बुद्धिजीवी र यूएईका सम्पूर्ण नेपाली हरुलाई आग्रह गरेकी छिन्।
घनश्यामको अल तान्मिया सर्विस् कम्पनीमा क्लिनरको भिजा २०२२-४-१ देखि २०२५-३-३१ सम्म रहेको देखिन्छ भने पासपोर्ट नम्मर १२०३८८२० रहेको छ। परिवारले घनश्याम संपर्कमा आएमा यूएईमा रहेका कृष्ण कुँवरको (०५५१५१०७४०) मा खबर गर्न अनुरोध गरेका छन्।





