Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • April 3, 2024
1.8KShares

काठमाडौ । अहिले हाम्रो समाजमा दिनानुदिन वालवालिकाहरुमा अटिजम हुनेको संख्या बढिरहेको छ । अटिजम वालवालिकाको जन्मजात नै एउटा बिशिष्ट अवस्था हो र यो कुनै रोग होइन । सामान्यतः २ देखि ३ वर्षको अन्तरालमा नै वालवालिकालाई अटिजम भएको पहिचान हुन सक्छ खासगरी, अभिभावकलाई । जसमा वालवालिकाले अन्य सामान्य वालवालिका भन्दा फरक व्यवहार देखाउने गर्दछन् र यो कुरा बिशेषतः वावु आमालाई राम्रो संग थाहा हुन्छ । तर दुर्भाग्य हाम्रो समाजमा अभिभावक अर्थात वावु आमाले यसलाई लाज, हिनतावोध र सामाजिक अप्ठेरोपनले समयमै स्वीकार गर्न सक्दैनन् ।


समयमै आफ्नो वालवालिकाको यस्तो अवस्थालाई स्वीकार गर्दा उसको आफ्नो मौलिक क्षमता, विविधता र सीपलाई व्यवहारिक रुपमा वुझाउन र सिकाउन सकियो भने उनीहरुको दैनिक जीवनमा परिवर्तन ल्याउन सकिन्छ । यहि भावनाले तिमी संग आन्विका अभियानका अभियन्ता नरेश प्रधान र स्टुडियो साउण्ड मिल कि संस्थापक गायिका बुनु श्रेष्ठले विगत केहि वर्ष यता गीत संगीतको माध्यमबाट सचेतना फैलाउने काम गर्दै आएका छन् । स्वीकार का गीतकार नरेश प्रधान आफैं मस्तिष्क पक्षाघात बालिकाको अभिभावक समेत हुन् ।  । आफ्नो सन्तानमा देखिएको उक्त समस्यालाई नजिकबाट भोगेकाले उनले यस क्षेत्रमा विभिन्न तरिकाले कार्य गर्दै आएका छन् । समाजमा जनचेतना फैलाउन यस्तो विषयमा गीत तथा लेखरचनाहरु लेखेर विभिन्न माध्यमहरुमा प्रकाशन र प्रशारण गर्दै आएका छन् ।


अटिजम प्रभावितहरुको अवस्थालाई समयमै स्वीकार गरी राम्रो सामाजिक वातावरण दिनुको साथै उनीहरुमा अन्तरनिहित प्रतिभालाई चिन्दै उनीहरुको विकासमा टेवा पुरयाउने हेतु विश्व अटिजम सचेतना दिवस, २०२४ को अवसरमा स्वीकार सन्देशमुलक म्युजिक भिडियो स्टुडियो साउण्ड  मिल, काठमाण्डौ र अवानी फाउण्डेशन, काठमाण्डौको संयुक्त आयोजनामा काठमाण्डौ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलको प्रमुख आतिथ्यता तथा बरिष्ठ कलाकार श्री मदन कृष्ण श्रेष्ठको सभापतित्वमा विमोचित भएको छ भने अवानी फाउण्डेशन कि संस्थापक अध्यक्ष प्रज्ञा श्रेष्ठ प्रधान तथा मनोविज्ञान कि विद्यार्थी अदिति पौडेलको उपस्थितिमा इमेज एफ.एम. ९७.९ को प्रस्तुति मेची देखि महाकाली सम्म  मा उक्त गीतको अडियोको विशेष चर्चा सहित सार्वजानिक गरिएको छ ।


बरिष्ठ समालोचक, निर्देशक, लेखक एवं सञ्चारकर्मी प्रकाश सायमीको विशेष आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा अवानी फाण्डेशन कि संस्थापक अध्यक्ष प्रज्ञा श्रेष्ठ प्रधान, समाजसेवी दिनेश खनाल, राष्ट्रिय अपांग महासंघ कि सचिव सृजना के.सी. लगायतले आफ्नो मन्तव्य राखेका थिए । प्रमुख अतिथि सुनिता डंगोलले काठमाडौ महानगरपालिकाको कार्ययोजनामा अटिजम पनि परेकोले के कसरी अटिजमको क्षेत्रमा काम गर्न सकिन्छ सल्लाह, सुझाव दिन पनि आयोजकलाई आग्रह गरिन् । उनले आगामी वर्ष अझ प्रभावकारी रुपमा यो विषयलाई महानगरको योजना भित्र राख्ने प्रतिवद्धता व्यक्त गरिन् ।


नेपालमा जन्मेदेखि चार वर्ष उमेर समूहका बालबालिकामा २१।९ प्रतिशतमा अटिजमको उच्च जोखिम रहेको तथ्याङ्क छ । विश्वभरि नै अटिजम बालबालिकाको जन्मदर बढ्दो छ । विश्व तथ्याङ्क आकलन गर्दा नेपालमा पनि अटिजम बालबालिका तीन लाखभन्दा बढी भएको अनुमान लगाउन सकिन्छ । यता छिमेकी मुलुक भारतमा अटिजम हुनेको सङ्ख्या आठ करोड रहेको अनुमान छ । अटिजम स्पेक्ट्रम डिसअर्डर (एएसड) बारे अनुसन्धान र समर्थन गर्न, देशलाई प्रोत्साहित गर्न अप्रिल २ लाई विश्व अटिजम सचेतना दिवस मनाउन सुरु गरियो । यस वर्षको नारा ‘स्वीकारोक्ति र सशक्तताका साथ अब बाँच्ने मात्र हैन, प्रतिस्पर्धामा नै उत्रने’ भन्ने छ ।


नेपालमा कति जनामा अटिजम छ भन्नेबारे विस्तृत अध्ययन नै भएको छैन । नेपालको जनगणना–२०७८ अनुसार छ लाख ४७ हजार ७४४ जना अर्थात् कुल जनसङ्ख्याको २।२ प्रतिशतमा कुनै न कुनै प्रकारको अपाङ्गता छ । जसमा अटिजम तथा बौद्धिक अपाङ्गताको जनसङ्ख्या ६२ हजार ३७२ छ । विश्व स्वास्थ्य संगठनको सन् २०२३ को तथ्याकं अनुसार विश्वमा हरेक १०० जनामा १ जनामा अटिजमको समस्या हुने गरेको छ ।

 उक्त सन्देशमुलक गीत स्वीकार मा पावका शर्माको गीत कन्सेप्ट, हरि लम्सालको संगीत तथा संयोजन, पुष्पन प्रधानको स्वर रहनुको साथै मिक्सिङ मास्टरिङ महेश्वरमान राजभण्डारीले गरेका छन् । उक्त म्युजिक भिडियोमा वाल कलाकार शुभम वर्तौला, ख्याती प्राप्त कलाकारहरु खगेन्द्र लामिछाने र मेनुका प्रधानले अभिनय गर्नुको साथै छायांकन अंशु वस्नेतको छ भने म्युजिक भिडियोको निर्देशन लोकेश वज्राचार्यले गरेका छन् ।  

यस गीतले सामाजिक सचेतनामा परिवर्तन ल्याउन ठोस टेवा पुग्नेछ भन्ने विश्वासका साथ यो गीत ल्याइएको यस गीतको परियोजना संयोजक तथा चर्चित गायिका बुनु श्रेष्ठले बताएकी छिन् । 

भिडियो हेर्नुहोस् !

https://www.youtube.com/watch?v=4Ffs45yQuSM&ab_channel=StudioSoundMill

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिद दर

  • October 28, 2026

सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो, चाँदीको घट्यो

  • October 28, 2026

छठपछि सरकारविरुद्ध आन्दोलन चर्काउने विपक्षीको तयारी, वामपन्थी ...

  • October 28, 2026

चक्रवात ‘अर्नब’को असर नेपालमा पनि, तीन दिन उच्च सतर्कता अपनाउन...

  • October 28, 2026

कात्तिक १२, १३ र १४ गते उच्च सतर्कता अपनाउन राष्ट्रिय विपद् जो...

  • October 27, 2026

सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

  • October 27, 2026

चुनावको मुखमा बेलकोटगढीमा रास्वपालाई धक्का, नेता–कार्यकर्ताले ...

  • October 27, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved