काठमाडौँ । नक्कलि सर्टिफिकेट प्रकरणमा पक्राउ परेका राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका अध्यक्ष चरीबहादुर गहतराज ७० हजार धराैटिमा रिहा भएका छन् । ब्याचलरको नक्कली सर्टिफिकेट बनाएर दुरुपयोग गरेको आरोपमा प्रहरीले मंसिर २५ गत्ते मंगलबार गहतराजलाई पक्राउ गरेको थियाे ।
महान् अभियान नामक पत्रिका दर्तागर्ने क्रममा २५ बर्ष अघि गहतराजले नक्कलि कागजातहरु तयार गरि पत्रिका दर्ता गरेकाे बयानका क्रममा अध्यक्ष गहतराजले बताएका थिए।
संस्थागत विधान विपरीत काम गरेकाे भन्दै अध्यक्ष गहतराजले उद्धब प्रसाद चिमाेरिया, ज्ञानेन्द्रराज सापकाेटा लगायतलाई कार्वाहि गरेकाे भन्दै कार्यलयबाट संस्थाकाे लिखित दस्तावेज माइनुट समेत चाेरि गरेर भागेका तिनै चिमाेरियाकाे समुहले महासंघ हत्याउन तथा स्वार्थका लागि २५ बर्ष अघि आफैले तयार गरेर गलत प्रयाेग गरेकाे ब्याचलरको नक्कली सर्टिफिकेट काण्ड खाेजेर झुठाे बबण्डर मच्चाउँदै अध्यक्ष गहतराजलाई दुख दिइएकाे सावित भएकाे छ।
अनुसन्धानका क्रममा संबन्धित निकायहरुबाट तथ्य प्रमाणहरु जुटाउँदा यथेष्ट प्रमाण नपुगेपछि अध्यक्ष गहतराजलाइ रिहा गर्न आदेश भएकाे न्यायाधीशले बताएका छन्।





