काठमाडौं । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालप्रति आम जनमानिसमा फैलाउन खोजिएको भ्रम हटेको छ । २०७९/०७/२० गत्ते एक प्रेस विज्ञप्ती सार्वजनिक गर्दै महासंघले सामाजिक सञ्जालमा देखिएको सबै अन्यौल र भ्रमहरुको बारे सत्य तथ्य प्रमाण सहित आफ्नो आधिकारीक धारणा राखेका थिए।
उक्त सार्वजनिक गरिएको प्रेस विज्ञप्ती प्रमाणहरु सहित मुख्यगरी अध्यक्ष गहतराजको राजिनामा सम्बन्धमा महासंघले आफ्नो स्पष्ट प्रमाण पेस गरेका थिए । विज्ञप्तीका अनुसार “राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको १४ औँ चितवन राष्ट्रिय भेलाले गरेको निर्णय अनुसार अध्यक्ष सी.बी. गहतराज महासंघको दर्शन पुरा गर्न राजनीतिक यात्रा तय गर्नुपर्ने भएकोले आपसी समझदारीमा राजीनामा दिनुभए थिए र मिति २०७९ जेठ १५ गते तत्कालिन कार्यवाहक अध्यक्ष फिलेमोन खड्का क्षेत्रीको अध्यक्षतामा विषयमा बसेको विशेष केन्द्रीय समितिको बैठकको निर्णय अनुसार महासंघको अर्काे राष्ट्रिय भेला नभए सम्मका लागि सबै अख्तियारी अध्यक्ष सी.बी. गहतराजलाई नै दिने गरी उनको राजीनामा फिर्ता गर्ने सर्बसम्मतले निर्णय गरिएको थियो । जस अनुसार विधान संवत सी.बी. गहतराज नै राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको अध्यक्ष रहेको प्रस्ट छ ।” विज्ञप्तीमा लेखिएकाे थियाे ।

त्यस्तै, तत्कालिन कार्यवाहक अध्यक्ष फिलेमोन खड्का क्षेत्रीका विषयमा पनि विज्ञप्तीमा यस्तो लेखिएको थियाे । भारतको दिल्लीमा हालै सम्पन्न पास्टर तथा अगुवा भेलामा स्वयम् रेभ डा. फिलेमोन खड्का क्षेत्रीले अध्यक्षता गरेएको र महासंघको आधिकारीकता नभएको कार्यक्रममा महासंघको विषय प्रवेश गराई विधान र निर्णय विपरित कार्य गरेकोले तत्कालीन कार्यवाहक अध्यक्ष फिलेमोन खड्का क्षेत्रीलाई दिईएको जिम्मेवारी फिर्ता लिईएको थियाे । साथै उनलाई यी सबै विषयको १५ दिने स्पष्ट धारणा मागिएको पनि विज्ञप्तीमा उल्लेख गरिएको थियाे।
यसैसँगै, राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको आउदो राष्ट्रिय अधिवेशन नभएसम्मका लागि कार्यवाहक अध्यक्षको जिम्मेवारी सहअध्यक्ष डोमा राईलाई दिइएको विज्ञप्तीमा उल्लेख गरिएको थियाे ।
साे समयमा महासंघको गरिमालाई खलबलाउने गरी सामाजिक सञ्जालमा अनेकौ टिका टिप्पणी हुँदै आएको बेला अध्यक्ष गहतराजले सबै प्रमाण सहित प्रस्तुत भई भ्रमको पछि नलाग्न समेत आगरह गरेका थिए ।
तर , यी सबै बाट पनि महासंघलाई समुदायकाे बिचमा अभिभावककाे रुपमा खडागर्नकाे सट्टा अध्यक्ष गहतराजमाथि नै महासंघका केही पदाधिकारिहरुले गुटबनदि गर्दै महासंघ हत्याउने प्रयास गरेपछि महासंघकाे बिधान ३८काे उपधारा २ बमाेजि मिति २०७९/१२/०१ मा बसेकाे महासंघकाे पदाधिकारि बैठकबाटै त्यस्ता बिधान बिपरित हर्कद गर्नेहरुलाई कार्वाहि गरिएकाे थियाे।
यस्तै, राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालकाे प्रतिवेदन विधान दफा ८ को १ दफा ९ (६) अनुसार साधारण सदस्यता र सदस्यता नविरकण गरीएको विशेष केन्द्रिय समितिको पदाधिकारीहरुको नामावली प्रकाशन गरेको छ । महासंघको केन्द्रिय कार्यालयमा काठमाण्डौं आज सुक्रबार बसेकाे महासघकाे बैठकले बिधान अनुसार ३७ जना केन्द्रिय सदस्य सहित नामावली प्रकाशन गरेको हो ।
महासंघको बिधान धारा दफा ३८ बमोजिम अनुशासनको कार्वाहीमा परेका केही जिम्मेवार पदाधिकारीहरुको पदमा समेत नयाँ ब्यक्तिहरुलाइ राख्दै महासंघले आफ्नो कर्तब्य र गतिविधिहरुमा चल्ने प्रतिज्ञा गरेका छन् । बिधान ३८ को उपधारा २ बमोजिम गुटबन्दी तथा षड्यन्त्र गरिएको प्रमाणित भए सँगै ती ब्यक्तिहरु कार्वाहीमा परेका हुन् ।
अध्यक्ष सी.बी. गहतराजको अध्यक्षतामा बसेका आजको बैठकले विस्तार गरेको पदाधिकारीहरुमा सल्लाहकारको रुपमा डा. साइमन पिटर रहेका छन् ।
प्रस्तुत छ महासंघले आज गरेको निर्णय सहितको विज्ञप्तीको पुर्ण अंश……
मिति १ असार, २०८०
प्रेस विज्ञप्ती
उपरोक्त सम्बन्धमा राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको पदाधिकारी तथा सदस्यहरुको छानबिन समितिको प्रतिवेदन अनुसार बिधानको दफा ८ (१), दफा ९ (६) अनुसार साधारण सदस्यता र सदस्यता नविकरण गरिएका बैधानिक बिशेष केन्द्रिय समितिको पदाधिकारीहरुको नामावली निम्न अनुसार भएको कुरा सम्पूर्ण ख्रीष्टियन समुदाय लगायत सम्बन्धित सबै पक्षहरुलाई जानकारी गराउन चाहन्छौ ।
१) अध्यक्ष सी.बी. गहतराज
२) बरिष्ठ सहअध्यक्ष रेभ.प्रदिप मोरबैता
३) सहअध्यक्ष सुश्री अन्ना पेडन
४) सहअध्यक्ष देवमाया तामाङ्ग
५) सहअध्यक्ष पा. टेक बिक्रम हिताङ्ग
६) सहअध्यक्ष रेभ. कृष्णभक्त महर्जन (ख्रीष्टभक्त)
७) उपाध्यक्ष पा. आशा राई (गोमा)
८) उपाध्यक्ष पा. कुमार गुरुङ
९) उपाध्यक्ष ए.सुजना बस्नेत
१०) उपाध्यक्ष तुलसी प्रसाद श्रेष्ठ
११) उपाध्यक्ष लैला कुमारी गहतराज
१२) उपाध्यक्ष तथा प्रदेश नं २ प्रमुख…….
१३) उपाध्यक्ष तथा प्रदेश नं ३ प्रमुख रेभ.सानु कोपिला बि.क.
१४) उपाध्यक्ष तथा प्रदेश नं ४ प्रमुख पा. ओमराज परियार
१५) महासचिव अधिबक्ता मान बहादुर खत्री
१६) उप महासचिव अनिल राई
१७) उप महासचिव उपेश नौबाग
१८) सचिव मीना गुरुङ (तामाङ)
१९) सचिव धनुषा घले
२०) कोषाध्यक्ष रन्जीत बल
२१) सह कोषाध्यक्ष घनश्याम राजथला
२२) सहसचिव पा. राजेश बि.क.
२३) केन्द्रीय सदस्य पा. शुसिल शसांकर
२४) केन्द्रीय सदस्य टिका राम एम.बी. ठकुरी
२५) केन्द्रीय सदस्य बिना खड्का
२६) केन्द्रीय सदस्य रमिता श्रेष्ठ
२७) केन्द्रीय सदस्य पा. लालु थापा मगर
२८) केन्द्रीय सदस्य सानु मोक्तान
२९) केन्द्रीय सदस्य सानुमाया अधिकारी
३०) केन्द्रीय सदस्य पा. निर प्रसाद फुयाल
३१) केन्द्रीय सदस्य ए. माइला तामाङ
३२) केन्द्रीय सदस्य ए. हेम कुमार सुनुवार
३३) केन्द्रीय सदस्य राम शाह
३४) केन्द्रीय सदस्य बुद्ध बल
३५) केन्द्रीय बिशाल तामाङ
३६) केन्द्रीय सदस्य अणेन्द्र बल
३७) केन्द्रीय सदस्य जगेन्द्र राई
……………………
सी.बी गहतराज
अध्यक्ष






