Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

वामदेव गौतम एमालेमा फर्कन तयार

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 8, 2023
6 shares

काठमाडौँ । राष्ट्रिय सभाका सांसद एवं पूर्व उपप्रधानमन्त्री वामदेव गौतम नेकपा (एमाले) मा प्रवेश गर्न तयार भएका छन् । पार्टीको कार्यकारी पदका लागि ७० वर्षे उमेरहद निलम्वन गर्ने एमालेले निर्णय गरेलगत्तै उनले  संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ आफूसँग रहेका साथीहरुसहित एमालेमै फर्कन आफू तयार रहेको प्रतिक्रिया दिएका हुन् ।  तर त्यसका लागि अध्यक्ष केपी ओलीले आफूलाई प्रस्ताव गर्नुपर्ने एमालेका उपाध्यक्ष समेत रहिसकेका गौतमको शर्त छ ।

‘यदि उहाँहरुले मलाई खबर गर्नुभयो । तपाईंलाई अहिले पनि निलम्वन भएको छ । आगामी महाधिवेशनसम्म निलम्बन भइरहन्छ । तपाई आउनुपर्यो भन्नुभयो भने म र मसित रहेका जेजति साथीहरु छन् । त्यो लिएर त्यहाँ एकीकृत हुन हामी जान्छौैं । यहि अवस्थामा जान्छौं । अरु केही पर्दैन अब’ उनले भने, ‘उहाँ (ओली)ले आउनुस् भन्नुपर्छ । किनभने पार्टी उहाँसँग छ । मसँग पार्टी छैन अहिले । नेकपा एमाले मसित छैन । त्यसो भएर पार्टी जोसित छ । उहाँहरुले भन्ने हो । मैले अरु धेरैसँग सोधेँ–उहाँहरु कसैले पनि बोल्नुभएन । निलम्बन भइसकेपछि पनि मैले सोध्न खोजेँ । उहाँहरुले भन्नुभएन ।’

एमाले आफूले निर्माण गरेको पार्टी रहेको भन्दै गौतमले एमालेप्रति माया लाग्ने बताए । उनले आफ्नो पार्टी सदस्यता पनि एमालेमै रहेको बताए । ‘मेरो सदस्यता त्यहीँ छ । मैले निर्माण गरेको पार्टी हो । मैले त्यसलाई माया गर्छु ।’   गौतमले केही दिनभित्र पार्टी सदस्यता नविकरण गर्ने समेत बताए । गौतमले आफू एमालेमा अध्यक्ष वा महासचिव बन्नका लागि जान नलागेको पनि बताए ।

उनले भने, ‘मेरो सदस्यता त्यहीं छ, उहाँहरुले हटाइदिनुभएको पनि छैन । र, पोहोर सालको नविकरण भएको छ । अहिले श्रीमतीलाई पठाएर पार्टी सदस्यता नविकरण गराउँछु । वामदेव गौतम एमालेमा अध्यक्ष हुन जाने होइन । महासचिव हुन जाने होइन । पार्टीमा योगदान दिन जाने हो ।’ यसैबीच एमाले अध्यक्ष केपी ओलीले पनि गौतमको पार्टी सदस्यता एमालेमै रहेको बताएका छन् । बुधवार अपरान्ह संघीय संसद भवन परिसरमा सञ्चारकर्मीले ७० वर्षे उम्मेर हद हटाउने हो भने वामदेव गौतमले एमाले आउने कुरा गर्नुभयो नि भनि प्रश्न गरेका थिए । ‘ओलीले अब थप केही कुरा छ र ?’ भन्ने प्रतिक्रिया दिए । उनले यसबीचमा पनि गौतमले पार्टी एकता अभियान चलाएकोे बताए ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

विपद्‌मा झल्किएको राष्ट्रिय एकता : मुस्लिम समुदायको अनुकरणीय म...

  • September 15, 2026

सरुवा कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै...

  • September 15, 2026

कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न

  • September 15, 2026

बाढी तथा विपद्मा १ हजार ३ सय ८८ जनाको मृत्यु, ५ हजार १ सय ३० ब...

  • September 15, 2026

प्रतिनिधिसभाको बैठक आज, मन्त्रीहरूले मौखिक प्रश्नको जवाफ दिने

  • September 15, 2026

भोटेकोशी बाढीपीडितका लागि यूएई नेपाली फुटबल एसोसिएशनको राहत सहयोग

  • September 14, 2026

बाढी प्रभावित स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको ...

  • September 14, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved