काठमाडौं ।केही दिन अघि खाेटाङमा जिल्ला सम्पर्क कार्यलय खाेलेकाे राष्ट्रिय स्वतन्त्र पार्टि ( रास्वपा )ले खाेटाङ काठमाडौं सम्पर्क विभाग गठन गरेकाे छ।
काठमाडौ निर्वाचन क्षेत्र नम्मर ७ बाट संविधान सभा सदस्य निर्वाचित माननीय गणेश पराजुलि सहितकाेे उपस्थितिमा काठमाडाैकाे सुकेधारा स्थित पार्टिप्यालेसमा आज एक कार्यक्रमगरी खाेटाङकाे दसवटै स्थानिय तहबाट प्रतिनिधित्व हुनेगरी रुद्र जाेशीकाे संयाेजकत्वमा सम्पर्क विभाग गठन गरिएकाेछ।

उक्त कार्यक्रममा खाेटाङबाट राजधानी बस्दै विभिन्न पेसा तथा व्यवसाय गर्दै आएका विभिन्न व्यवसायी ,विध्यार्थि, निजामति कर्मचारी सहित राष्ट्रिय स्वतन्तत्र पार्टि प्रति चाासाे राख्ने खाेटाङ्गेहरुकाे उपस्थिति रहेकाे थियाे।









