काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि आक्रमण भएको छ । जापानको सार्वजनिक प्रसारक एनएचकेको रिपोर्टअनुसार नारा सहरमा एक कार्यक्रममा भाषण दिइरहेका बेला उनीमाथि आक्रमण भएको हो ।
घटनास्थलमा एनएचके रिपोर्टरले गोली चलेको सुनेको र शिन्जो आबे रगतले लतपतिएको देखेका थिए । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
आबेले आफ्नो स्वास्थ्य अवस्था जटिल बन्दै गएको भन्दै १४ सेप्टेम्बर २०२० मा प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । उनी जापानमा सबैभन्दा लामो समय कार्यकारी पदमा रहने नेतामा पर्छन् ।
आबे सन् २००६ देखि सन् २००७ सम्ममा पहिले पनि प्रधानमन्त्री बनेका थिए । सन् २०१२ मा दोस्रोपटक प्रधानमन्त्री बनेका उनी आठ वर्ष लगातार प्रधानमन्त्रीमा रहेका थिए ।





