Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

ऐंसेलुखर्क गाउँ पालिकममा अर्काे लफडा ,जनप्रतिनिधिले धम्क्याए कर्मचारी

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • March 24, 2022
1K shares

खाेटाङ। पटक पटक विभिन्न शिर्षकमा बिबादमा आइरहेकाे खाेटाङकाे ऐसेलुखर्क गाउँपालिकामा फेरि अर्काे बिबाद थपिएको छ।

गत फागुन १६ गत्ते उक्त ऐंसेलुखर्क गाउँपालिका कार्यालयमा कार्यरत प्रदिप ढकालमाथि कार्यकक्षमै २ नम्मर वडाका जनप्रतिनिधि सन्तविर तामाङले भाैतिक तथा मानसिक आक्रमण गरेकाे कार्याल सम्बद्ध कर्मचारीले बताएका छन्। आक्रमक बनेका तामाङले कार्यालयकाे प्रमुख प्रशासकीय अधिकृत हिरा कुमारी यादवले ताेक लगाइ अध्ययनकाे क्रममा रहेकाे सरकारी कागजसमेत च्यातेका थिए भने उसले भनेकाे काम १ घण्टामा नसकिए अझ थप कार्वाहि गर्ने सम्म धम्कि दिएकाे बताएको छ।

कर्मचारी माथिकाे याे धम्कि पुर्ण दुर्व्यवहारकाे बिषयमा पालिका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत र उक्त सन्तविर तामाङ सहित फागुन १८गत्ते अध्यक्षकाे कार्यकक्ष पनि तामाङले अध्यक्ष र उपाध्यक्षकै अगाडि पुन: प्रशासकीय अधिकृत माथि तथानाम गालि गलाैज सहित माेबायल भुइमा पछार्दै टेबुल ढाेक्दै धम्कि दिएकाे थियाे।

एउटा जन प्रतिनिधिले कामकै सिलसिलामा रहेकाे राष्ट्र सेवक कर्मचारी माथि गरिएकाे यस्ताे अभद्र र अपाच्य गालि गलाैजकाे कारण कार्यालयमा काम गर्न असहज भएकाे र उक्त सन्तविर तामाङलाई ( गालि बेहिजेति ऐन) सम्बन्धि कार्वाहिकाे माग गर्दै उक्त पालिकाका प्रमुख प्रशासकीय अधिकृत सहित केही कर्मचारीहरुले निज तामाङलाई ३ दिन भित्र कार्वाहिकाे माग गरेकाे छ भने कार्वाहि नगरीए गाउँ पालिकाबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा ठप्प पारि न्यायका लागि संघर्षमा उत्रने बताएकाे छ।

साे बिषयमा के साँच्चिनै पालिकाकाे कर्मचारीमाथि अपशब्द र गालिगलाैज भएकै हाेत ? भन्ने प्रस्नमा २ नम्मर वडाकाे जनप्रतिनिधि समेत रहेकाे तामाङ भन्छन् , “गाउँमा गठित उपभाेक्ता समिति मार्फत गरिएकाे काममा खटिएकाेकाे श्रमिककाे भ्याट बिल नहुँने र साेहि बिल नभए बजेटमा बेरुजु देखिने भन्ने कुरा प्रमुख प्रशासकिय अधिकृत हिरा कुमारी यादवले गर्नाेभए पश्चात् केही सामान्य बिवाद चाहिँ भएकाे हाे तर हात पात तथा त्यस्ता अपाच्य र अनैतिक शब्दहरु भने प्रयाेग गरेकाे छैन।”

पालिकाकाे काम कसरि संचानल हुन्छ ? के २ नम्मर वडाका जनप्रतिनिधि समेत रहेकाे तामाङमाथि कार्वाहि हाेला त? भन्ने जिज्ञासाकाे लागि पटक पटक सम्पर्क गर्न खाेज्दा गाउँपालिका अध्यक्ष विश्वनाथ निराैला सँग फाेन सम्पर्क हुन सकेन।

पाँच बर्षे कार्य अवधि सिद्धिनै लाग्दा विभिन्न स्थानिय निकायहरुमा कर्मचारीहरुले जनप्रतिनिधिहरुलाई अटेरि गर्याे भन्ने बाहिर आईरहेकाे अवस्थामा ऐंसेलुखर्क गाउँपालिकामा भने जनप्रतिनिधिकाे यस्ताे ब्यबहारले भने राष्ट्र सेवक कर्मचारीहरुकाे कामगर्ने जाँगर मरेर जाने र त्यसकाे प्रत्यक्ष असर भने पालिकाकाे सेवाग्राहिहरु माथि पर्ने देखिएकाे छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

‘आफ्नो ज्ञान, सीप र अनुभव देश विकासमा लगाउनुहोस्’ : प्रधानमन्त...

  • September 30, 2026

सीपलाई रोजगारी र उत्पादनसँग जोड्न सभामुख अर्यालको जोड

  • September 30, 2026

४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक कार्यक्रम आयोज...

  • September 30, 2026

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved