नेपाल-भारत नाकामा काेराेनाकाे जाेखिम

काठमाडौं । भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका नाका हुँदै फर्कनेहरूमा कोरोना भाइरस (कोभिड-१९) को जोखिम कायमै रहेको छ । पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै भारतको हल्द्वानीबाट बुधबार फर्केका बर्दियाका एक जनाको कोरोना भाइसका कारण अवस्था गम्भीर भएको पाइएपछि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरको आइसुलेसनमा राखेर उपचार भइरहेको छ । सीमा नाकामा रहेको हेल्थ डेस्कमा एन्टिजेन परीक्षण गर्दा […]

भारत सहित दक्षिण एसियाली देशहरुमा फेरि देखिन थाल्याे काेभिड

काठमाडौं । छिमेकी मुलुक भारतलगायत दक्षिण एसियाली देशहरूमा पुनः कोरोना भाइरस(कोभिड–१९) फैलन सुरु भएको छ । थाइल्यान्ड, सिंगापुर, हङकङमा पछिल्लो समय कोरोना भाइरसका केसहरू देखापर्न थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यी मुलुकमा संक्रमितहरूको संख्या बढिरहेका समाचार एजेन्सीहरूले जनाएका छन् । संक्रमण बढेसँगै अस्पतालहरूमा भर्ना हुनेहरूको संख्या पनि बढिरहेको छ । भारतमा पछिल्लो एक सातामा […]

घर-घरमै पुगेर बिरामीलाई सेवा दिदै उषा हेल्थ केयर सर्भिस एट हाेम

मेवालाल यादव। काठमाडौ क्षेत्रपाटी स्थित उषा हेल्थ केयर सर्भिस एट होमले बिगत तीन बर्षदेखि चलाउदै आईरहनु भएको हेल्थ होम केयर घर-घरमै आएर लामो समय सम्म उपचार गर्नुपर्ने बिरामीलाई आवश्यक पर्ने अनुभवी नर्सिङ सेवा, डाक्टर सेवा, ल्याब सेवा घरमै उपलब्ध गराउँदै आएको छ। उषा हेल्थ केयर सर्भिस एट होमले अपांगता भएका, घरमै औषधि चलाउनु पर्ने दीर्घ […]

काेराेना: पछिल्लाे आठ दिनमा २१ जना सङ्क्रमित

कैलाली। सुदूरपश्चिम प्रदेशमा पछिल्ला हप्तामा कोरोना भाइरसको सङ्क्रमण दर उकालो लाग्न थालेको छ । स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याङ्कका अनुसार पछिल्लो आठ दिनमा प्रदेशमा २१ जना कोरोना भाइरस सङ्क्रमित फेला परेका छन् । यसअघि गत फागुन १२ देखि ३० गते सम्मको १८ दिन २६ जनामा कोरोनाको सङ्क्रमण देखिएको थियो । कोरोना सङ्क्रमित बढ्दै गएपनि यो रोगको […]

नेपालमा हालसम्म डेंगी संक्रमितको संख्या ११ हजार कट्याे

काठमाडौं । नेपालमा हालसम्म डेंगी संक्रमितको संख्या ११ हजार कटेको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले उपलब्ध गराएको हालसम्मको तथ्यांकअनुसार संक्रमितको संख्या ११ हजार १५७ पुगेको छ । ७४ जिल्लामा फैलिएको डेंगीबाट हालसम्म ८ जनाले ज्यान गुमाइसकेका छन् । डेंगीबाट सबैभन्दा बढी सुनसरी जिल्ला प्रभावित बनेको छ । उक्त जिल्लामा संक्रमितको संख्या ६ […]

पछिल्लो २४ घण्टामा कोरोनाभाइर संक्रमणबाट दुईजनाको मृत्यु

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा कोरोनाभाइर संक्रमणबाट दुईजनाको मृत्यु भएको जनाएको छ । मंगलबार अपरान्ह मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा दुईजना संक्रमितको मृत्यु भएको हो । साथै पछिल्लो २४ घण्टामा दुई हजार २९२ वटा नमुना परीक्षण गर्दा १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै देशभर सक्रिय संक्रमितको संख्या […]

अस्पतालमा उपचाररत कोरोना संक्रमित एक महिलाको मृत्यु

धनगढी । सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ। कञ्चनपुरको भीमदत्त नगरपालिकाकी ७३ वर्षीया कोभिड संक्रमित महिलाको कोरोना संक्रमितको मृत्यु भएको हो। उनमा २६ चैतमा कोरोना पुष्टि भएको थियो । उनी मुटु सम्बन्धी समस्या लिएर २४ गते अस्पताल भर्ना भएकी थिइन् । पछिल्लो समय नेपालमा कोरोना भाइरसको सङ्क्रमण फेरि बढिरहेको छ ।

माओवादी नेता शर्मालाई काेराेना सङ्क्रमण

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मालाई कोरोना संक्रमण भएको छ। उनले सामाजिक संजालमार्फत आफूलाई कोरोना संक्रमण देखिएको बताएका छन्। ‘कोभिड-१९ द्वारा तेस्रो पटक संक्रमित भएँ,’ शर्माले भनेका छन्, ‘पहिलो र दोस्रो पटकको संक्रमण जस्तो नभए पनि कोभिड त कोभिड नै रहेछ१’ नेपालमा पछिल्लो समय फेरि कोरोना संक्रमण देखिन थालेको छ।

कोभिड-१९ को नयाँ भेरियन्टको सङ्क्रमण बढ्याे

काठमाडौं । नेपालमा अहिले मौसमी रुघाखोकी सँगै कोरोना कोभिड-१९ को नयाँ भेरियन्टको सङ्क्रमण बढेको सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । रुघा खोकी लाग्यो भनेर घरमै ओखती गर्दा कोरोनाको सिकार हुने सम्भावना बढेकोले कोभिडको परीक्षण गराउन तथा यसबारे संवेदनशील भई स्वास्थ्य मापदण्डहरू पालना गर्न मन्त्रालयले सचेत गराएको हो । मन्त्रालयद्वारा सोमवार जारी विज्ञप्ति अनुसार […]

कोरोना संक्रमण फेरि बढ्न थाल्याे, पछिल्लाे २४ घण्टामा १४ जनामा संक्रमण

काठमाडौं। कोरोना संक्रमण फेरि बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ८५८ जनाको नमुना परीक्षणमध्‍ये ३१९ जनाको पीसीआर परीक्षण गर्दा १४ जनामा संक्रमण देखाएको हो ।यस्तै बिहीबार २७ जना कोरोनाका संक्रिय संक्रमित पुगेका छन् ।