नयाँ शैक्षिकसत्र सुरु: आजैदेखि बिद्यार्थीले नयाँ पुस्तक पाउँने

काठमाडौँ । नयाँ शैक्षिक सत्रमा भर्ना अभियानकै क्रममा विद्यार्थीका हातहातमै पाठ्यपुस्तक पुग्ने भएको छ । विगतमा समयमै कम विद्यार्थीका हातमा पाठ्यपुस्तक उपलब्ध हुन्थ्यो भने शैक्षिक सत्र सकिँदासम्म पूरै विषयका पाठ्यपुस्तक नपाउने अवस्था केही जिल्लामा हुन्थ्यो । यस पटक विद्यार्थीलाई भर्ना भएकै दिन नयाँ पाठ्यपुस्तक दिने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको तयारी छ । सरकारले आइतबारदेखि […]

निजि विद्यालयलाई आफू खुसी शुल्क नबढाउन शिक्षा मन्त्रालयकाे निर्देशन

काठमाडौं ।शिक्षा मन्त्रालयले निजी विद्यालयलाई आफू खुसी शुल्क नबढाउन निर्देशन दिएको छ । मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले आज एक प्रेस विज्ञप्ति जारी गर्दै शैक्षिक सत्र २०८० का लागि विद्यार्थी भर्ना गर्दा केही निजी लगानीका विद्यालयले आफू खुसी शुल्क उठाएको भन्ने विषयमा मन्त्रालयको गम्भीर ध्यानाकर्ण भएको जनाएको छ । स्थानीय तहले स्वीकृति गरिदिएको सीमाभित्र […]

गुणस्तरीय शिक्षाका लागि साझा प्रयत्न आवश्यक : राष्ट्रपति पौडेल

काठमाडौं । नेपाल शिक्षक सङ्घले राष्ट्रपति रामचन्द्र पौडेललाई आज राष्ट्रपति पदमा निर्वाचित भएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ । सो अवसरमा राष्ट्रपति पौडेलले गुणस्तरीय शिक्षा प्रदान गर्न सबैको साझा प्रयत्न आवश्यक रहेको भन्दै सङ्घले त्यसका लागि विशेष भूमिका खेल्नुपर्ने धारणा व्यक्त गरे । उनले शिक्षा नै विकासको मूल आधार भएकाले गुणस्तरीय शिक्षा […]

गाेल्डेन सुनगाभा स्कुलले २५ औँ स्थापना दिवस साताव्यापीरुपले मनाउने

भक्तपुर। चाँगुनारायण नगरपालिका वडा नं. २ दुवाकोटस्थित गोल्डेन सुनगाभा ईङ्गलिस बोर्डिङ स्कुल स्थापनाको २५ वर्ष भएको अवसरमा साताव्यापी विविध कार्यक्रम आयोजना गरी रजत महोत्सव मनाउने भएको छ । विद्यालयले शुक्रवार पत्रकार सम्मेलन यही फागुन ७ गतेदेखी साताव्यापी कार्यक्रम आयोजना गरी रजत महोत्सव मनाउन लागिएको हो । सो सम्बन्धमा जानकारी दिँदैं विद्यालयका प्रधानाध्यापक महेश गौतमले रजत महोत्सवको […]

कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । केही बेरअघि बसेको बोर्ड बैठकले रिजल्ट प्रकाशन गरेको हो । यसपटक ननग्रेडिङ प्रणाली अनुसार नतिजा प्रकाशन गरिएको छ । गत जेठ १५,२५ मा सञ्चालन भएको कक्षा १२ को परीक्षामा नियमिततर्फ ३ लाख ६३ हजार ८ जना र ग्रेडवृद्धितर्फ ३० हजार ४५ जना […]

कक्षा १२ को नतिजा प्रकाशित गर्ने ,तयारी बैठक बस्दै

काठमाडौं । कक्षा १२ को नतिजा प्रकाशित गर्न बोर्ड बैठक बोलाइएको छ । शुक्रबार अपराह्न साढे ४ बजेका लागि राष्ट्रिय परीक्षा बोर्डको बैठक बोलाईएको हो । परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार सम्पूर्ण तयारी पूरा भएको र बोर्ड बैठकले निर्णय गरेपछि नतिजा सार्वजनिक गरिने छ । यस पटक नन ग्रेडिङ प्रणाली अनुसार नतिजा प्रकाशन गरिँदैछ । […]

अल्पसंख्यक थामि समुदायका बालबालिकाले छाेड्न थाले बिचमै विद्यालय

चरीकोट । दोलखाको कालिञ्चोक गाउँपालिका–१, उत्तरीगाउँका सीमान्तकृत थामी समुदायका बालबालिकाले बीचमै विद्यालय छाड्ने गरेका छन् । थामी समुदायको बाहुल्य रहेको क्याम्पल, बेगुम्पा, तारेभिरका बालबालिका आधारभूत तहसम्म मुस्किलले रहे पनि कम मात्रै माध्यमिक तहमा पुग्ने गरेका अभिभावक बुधवीर थामीले बताए । उनका अनुसार मुस्किलले कक्षा ९ सम्म पुगे पनि पढ्न छाडिहाल्छन् । जतिभन्दा पनि नमान्ने, पढ्न छाडेर गाउँमै हल्लिएर […]

एसईई नतिजा सार्वजनिक,परीक्षामा २२ हजार ६४० जना गयल

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा आज सार्वजनिक गरेको छ । नतिजाअनुसार ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ९ हजार ६३३ रहेको छ । ३.६० भन्दा माथि ल्याउनेको संख्या ४१ हजार ६२७, ३.२० भन्दा बढी ल्याउनेको संख्या ६९ हजार ९०० रहेको छ । यस्तै, २.८० भन्दा माथि ल्याउनेको संख्या ९० हजार ७५८, २.४० भन्दा माथि […]

(एसईई) को नतिजा १० साउन भित्र सार्वजनिक गर्ने तयारी

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा १० साउन भित्र सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले एसईई परीक्षाको नतिजा सार्वजनिक गर्नका लागि आवश्यक काम तीव्ररुपमा भइरहेको जानकारी दिए । उनले नतिजामा प्राविधिकरुपमा कुनै समस्या नआओस् भनेर विद्यार्थीको विवरणहरू रुजु गर्ने कार्यलाई कडाइका साथ निगरानी गरिरहेको […]

प्रारम्भिक बाल विकास शिक्षाको सवालमा सिंगो नगरपालिका गम्भिर भएर काम गरिरहेकोछ,नगर प्रमुख बस्नेत: दक्षिणकाली नगरपालिका

काठमाडौं । दक्षिणकाली नगरपालिकाका नगर प्रमुख मोहन बस्नेतले प्रारम्भिक बाल विकास शिक्षाको सवालमा सिंगो नगरपालिका गम्भिर भएर काम गरिरहेको बताउनुभएको छ । शनिबार बाल सुधार आधारभुत विद्यालयमा सम्पन्न प्रारम्भिक बाल विकास(ईसिडी) सम्बन्धि ४ दिने तालिमको समापन समारोहलाई सम्बोधन गर्दै मेयर बस्नेतले बजेटको सिमितताको बाबजुत पनि नगरपालिकाले नीति तथा कार्यक्रममा यस क्षेत्रको समग्र शैक्षिक सुधारका विषय […]