प्रधानमन्त्रीको भ्रमणले सुधार होला त भारतसँग चिसिएको नेपालको सम्बन्ध ?

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार दक्षिण छिमेकी भारतको तीन दिने भ्रमणका लागि जाने भएका छन् । उत्तरी छिमेकी चीनबाट उच्चस्तरीय नेपाल भ्रमण भएको एक साता बित्न नपाउँदै प्रधानमन्त्री देउवा भारत भ्रमणमा जान लागेका हुन् । देउवा प्रधानमन्त्री भएपछि पहिलोपटक भारत भ्रमणमा निस्कन लागेका देउवाका लागि यसअघि भारतसँग चिसिएको सम्बन्ध सुधार गर्ने अवसरका रूपमा लिइएको […]
प्याराग्लाइडिङको मनपरीले हवाई रुटमा जोखिम

काठमाडौं । गत फागुन २६ गते नेपालगन्जबाट पोखरा आउँदै गरेको बुद्ध एयरको जहाजका चालकले दिउँसो २ बजेर २५ मिनेटमा पुम्दीकोटस्थित महादेव मन्दिरको आकाशमा प्याराग्लाइडिड देखे। पोखरा विमानस्थलमा अवतरणको तयारीमा रहेको उक्त जहाजले आफ्नो रुटजिक एकाएक प्याराग्लाइडिङ देखेपछि विमानस्थल टावरमा जानकारी गरायो। त्यसको दुई दिनअघि पनि पोखराबाट जोमसोम जाँदै गरेको तारा एयरको जहाजका चालकले पोखराबाट १२ […]
इन्टरनेट तथा टेलिभिजन कम्पनीहरुले प्राधिकरणलाई तिरेन पाेल भाडा

काठमाडौं। इन्टरनेट तथा केबल टेलिभिजन सेवा प्रदायक कम्पनीहरू कम्पनीहरूले पोल भाडाको बक्यौता भुक्तानी नगरेको नेपाल विद्युत् प्राधिकरणले बताएको छ । गत असोजमा प्राधिकरण र इन्टरनेट तथा केबल सेवा प्रदायकबीच कात्तिकभित्र पोल भाडाको बक्यौता तिर्ने सम्झौता भएको थियो । त्यतिबेला पोल भाडा लगाउने विषयमा नयाँ सम्झौता गर्ने सहमति समेत भएको थियो । तर, तोकिएको म्याद सकिएको […]
प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट घटाउने तयारी

काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले थालनी गरेको प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट घटाउने तयारी गरिएको छ । स्रोतको चर्को दबाबका बीच आगामी आर्थिक वर्ष (आव) २०७९/८० को बजेट निर्माणमा लागेको सरकारले वितरणमुखी कार्यक्रमहरूमा बजेट कटौती गर्ने उद्देश्यले प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट घटाउने तयारी गरेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका […]
राजस्व छली प्रकरणः अनुसन्धानमा ढिलाइ हुँदा आशंका, प्रतिवेदन बनाउन आलटाल

काठमाडौं । करोडौं राजस्व छली प्रकरणमा छानबिनमा रहेको भगवती लेमिनेट्स प्रालिका सञ्चालकले अनुसन्धान प्रक्रियालाई प्रभावमा पार्न विभिन्न उपाय अपनाउन थालेका छन् । शक्तिकेन्द्र धाउनेदेखि राजस्व अनुसन्धान कार्यालय इटहरीका अनुसन्धान अधिकृतलाई नै प्रभावमा पार्नेगरी चलखेल गरिरहेको दाबी स्रोतको छ । जसका कारण इटहरी कार्यालयले केही समयदेखि यो विषयको अनुसन्धान प्रक्रियालाई समेत तीव्रता दिन सकेको छैन । […]
प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराविरूद्धको ‘महाअभियोग प्रस्ताव’ संसद्को सम्पतिका रूपमा रहने

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराविरूद्धको ‘महाअभियोग प्रस्ताव’ संसद्को सम्पतिका रूपमा रहने संसद् सचिवालयले जनाएको छ । सरकारले मंगलबार रातिबाट संघीय संसद्को अधिवेशन अन्त्यसँगै अब प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्ताव संसद्को सम्पतिका रूपमा रहने संघीय संसद् सचिवालय सहसचिव एवं प्रवक्ता रोजनाथ पाण्डेले बताए । उनका अनुसार जबराविरुद्धको महाअभियोग प्रस्ताव संसद्मा दर्ता भइसकेको र अब सैद्धान्तिक रूपमा […]
मेलम्चीको पानी चैत मसान्तभित्र काठमाडौंमा : खानेपानी मन्त्री चौधरी

काठमाडौं । खानेपानी मन्त्री उमाकान्त चौधरीले मेलम्चीको पानी चैत मसान्तभित्र काठमाडौं लैजाने सरकारको लक्ष्य पूरा हुने बताएका छन् । बुधवार सुन्दरीजल हुँदै मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल अम्बाथान आएका मन्त्री चौधरीले यही महीनाभित्र पानी जुनसुकै हालतमा काठमाडौं पुर्याउने दाबी गरे । जनशक्ति तथा अन्य प्राविधिक सहयोग थप आवश्यक परे सरकारले सहयोग गर्ने भन्दै उनले चैत मसान्तसम्ममा […]
एक सातापछि उठ्यो राजधानीको फोहोर

काठमाडौं । एक सातादेखि थुप्रिएको राजधानीको फोहोर मंगलबार दिउँसोबाट उठेको छ । स्थानीय संघर्ष समिति र सरकारबीच सहमति भएपछि हिजोबाट फोहोर उठाउन शुरू भएको हो । मन्त्रिपरिषद्को बैठकले ‘र्यापिड एक्सन टाक्स फोर्स’ गठन गरी स्थानीयको माग सम्बोधन गर्ने निर्णय गरेलगत्तै स्थानीय आन्दोलनकारीसँग संवाद गरी त्यसको एक सातापछि फोहोर व्यवस्थापनको अवरोध हटेको हो । स्थानीयसँगको सहमतिलगत्तै […]
एमालेले स्थानीय तहकाे निर्वाचनकालागि रणनिति बनाउँदै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तहको निर्वाचनका लागि आवश्यक रणनीतिको तयारी थालेको छ। फागुनभर सातवटै प्रदेशमा प्रशिक्षण चलाएको एमालेले त्यसबाट प्राप्त पृष्ठपोषणलाई लिएर चुनावी रणनीतिको तयारी थालेको हो।एमालेको मंगलबार बस्ने केन्द्रीय सचिवालय बैठकले त्यसबारे छलफल गर्ने भएको छ। यसअघिको स्थानीय तह निर्वाचनमा बहुमत प्राप्त गरेको एमालेले यसपल्ट पनि परिणाम दोहोर्याउने लक्ष्य राखेको […]
अहिले लोकतन्त्रको पक्षमा होइन,सेटिङमा सबै काम भइरहेको छ : पूर्वप्रधानमन्त्रीओली

पोखरा। एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल र माधवकुमार नेपाललाई दशा लागेकाले आफ्नो नेतृत्वको झन्डैको दुई तिहाइको सरकार ढलेको टिप्पणी गरेका छन् । ‘सरकार ढालेर गएर हेर्नुस्, त ढोकाबाहिर पर्खिएर बसेका हुन्छन्, भित्रबाट प्रसाद आउँछ कि भनेर’ उनले भने, ‘कताका जंगेहरू कताका बंगे भए । बुद्धि बिग्रिएपछि त्यो हुन्छ, तपाईंहरूले त्यो गर्नुहुँदैन […]
