चुनावी गठबन्धनकाे लागि भेटघाटमा डा : राउत

काठमाडौ । डा सीके राउत नेतृत्वको जनमत पार्टीले प्रदेश तथा संघीय चुनावमा गठबन्धनका लागि विभिन्न दलका नेताहरुको घर घर पुगेर वार्ता थालेको छ । तर कुन दलसँग गठबन्धन हुने भन्नेमा निश्चित भएको छैन । जनमत पार्टीले हालसम्म एमाले, काँग्रेस, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टीसँग छलफल गरिसकेको छ । यी वार्ता गरेको […]
सत्ता गठबन्धनमा अट्न नसकेकाे बाबुराम

काठमाडौं । जनता समाजवादी पार्टी नेपालबाट अलग भएर नेपाल समाजवादी पार्टी नेपाल गठन गरेका डा. बाबुराम भट्टराई सत्ता गठबन्धनमा सहभागी हुन असफल भएका छन् । यद्यपि उनले गठबन्धनको प्रयासलाई भने छाडेका छैनन् । जारी नेपाल समाजवादी पार्टी नेपालको बैठकमा समेत उनले अगामी चुनावका लागि चुनावी गठबन्धनका लागि काँग्रेस, माओवादी केन्द्रलगायतका दलसँग कुराकानी भइरहेको बताएका छन् […]
प्रत्यक्षतर्फको १६५ तथा प्रदेशसभाको ३३० सिटको बाँडफाँडको प्रस्ताव तयार

काठमाडौं ।सत्तारुढ गठबन्धनले बनाएको कार्यदलले प्रतिनिधिसभाको प्रत्यक्षतर्फको १६५ तथा प्रदेशसभाको ३३० सिटको बाँडफाँडको प्रस्ताव तयार गर्नेछ। स्थानीय तहको निर्वाचनलाई मुख्य आधार बनाउँदै तालमेलको खाका तयार गर्ने पक्षमा काँग्रेस देखिन्छ। त्यसअनुसार ७६ निर्वाचन क्षेत्रमा काँग्रेसले सबैभन्दा बढी मत पाएको छ। ती निर्वाचन क्षेत्र काँग्रेसले आगामी निर्वाचनमा नछाड्ने पक्षमा रहेको जानकारी दिँदै एक नेताले एमालेले सबैभन्दा धेरै […]
विराेधपछि सचिव सरुवा स्थगित

काठमाडौं । हिजाे बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा अर्थ मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, उद्योग मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलगायतका महत्वपूर्ण मन्त्रालयका सचिव सरुवा गर्ने एजेन्डा रहे पनि सचिव सरुवा प्रक्रिया अवरुद्ध बन्यो । बैठकबाट झन्डै डेढ दर्जन सचिवको सरुवा गर्ने तयारी गरिए पनि व्यापक विवाद भएपछि सरुवा प्रक्रिया अवरुद्ध भएको हो । […]
मनसुनि विपद्का कारण दुई महिनामा देशभरबाट ९७ जनाकाे गयाे ज्यान

काठमाडौं । मनसुनजन्य विपद्का दुई महिनामा देशभर ९७ जनाको ज्यान गएको छ । यस वर्ष १८ जेठबाट नेपालमा मनसुन हो । सो मितियता १८ साउनसम्मको दुई महिनाको अवधिमा मनसुनजन्य विपद्का ७ सय १० घटनामा परी ९७ जनाको ज्यान गएको गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ । यो अवधिमा चार जना बेपत्ता तथा […]
तत्काल ब्याज बढाउन राष्ट्र बैंकद्वारा दबाब

काठमाडौं । संस्थागत निक्षेपकर्ताहरुले व्यक्तिगतले पाउनेभन्दा दुई प्रतिशत कम व्याज पाउने भएपछि बैंक तथा वित्तीय संस्थाहरूले ब्याजदर बढाउनुपर्ने बाध्यता परेको छ। नेपाल राष्ट्र बैंकले मौद्रिक नीति कार्यान्वयन गर्ने क्रममा बुधबार एकीकृत निर्देशन संशोधन गर्दै जारी गरेको नयाँ व्यवस्थाअनुसार बोलकबोललगायत संस्थागत मुद्दती निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदर सर्वसाधारणलाई मुद्दती निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदर भन्दा कम्तीमा […]
शर्मा अर्थमन्त्री भएर फेरि मन्त्रालय फर्किएसँगै अहिले नयाँ अर्थ सचिवको खोजी

काठमाडौं। जनार्दन शर्मा अर्थमन्त्री भएर फेरि मन्त्रालय फर्किएसँगै अहिले नयाँ अर्थ सचिवको खोजी सुरु भएको छ । केही अनुभवी र सिनियर सचिव भने अर्थमन्त्री शर्मासँग काम गर्न अनिच्छुक देखिएकाले त्यसका लागि खासै दौडधुप गरेका छैनन् । निजामती क्षेत्रमा अर्थसचिव सबैभन्दा आकर्षकमध्येको पद हो । अर्थमन्त्री शर्माले बजेटमा करको दर हेरफेर गर्न गैरकानुनी व्यक्तिलाई संलग्न गराएको […]
प्रधानमन्त्रीसँग मन्त्री–सचिव बिच छलफल

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारका सबै मन्त्री र सचिवहरूसँग छलफल गर्दै सुशासन प्रवद्र्धन, सेवा प्रवाहमा प्रभावकारिता र आयोजना कार्यान्वयनमा जोड दिन निर्देशन दिएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मंगलबार आयोजित विगतका कार्यको समीक्षा तथा चालू आबको बजेट एवं नीति तथा कार्यक्रमको कार्यान्वयनका विषयमा भएको छलफल कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले जनताले अनुभूति गर्नेगरी […]
फोहोरबाट मिथेन ग्यास उत्पादन

काठमाडौं । झापाको दमकमा फोहोरबाट मिथेन ग्यास उत्पादन गरेर सफल परीक्षण भए पनि प्रयोगमा आउन सकेको छैन । यहाँ उत्पादन भएको ग्यास दमकको मुख्य बजार क्षेत्रमा पाइपलाइनबाट वितरण गर्ने भनिए पनि पाइपलाइन निर्माणलगायतका काम नहुँदा दैनिक ग्यास जलाएर नष्ट गरिँदै आएको छ । यो परियोजनाबाट दैनिक दुई हजार पाँच सयदेखि दुई हजार छ सय केजी ग्यास […]
अमेरिकालाई पत्र, एसपिपीबाट अलग

काठमाडौं। परराष्ट्र मन्त्रालयले अमेरिकाबाट प्राप्त सहयोगमा निरन्तरताको अपेक्षासहित अमेरिकी साझेदारी कार्यक्रम (एसपिपी) बाट बाहिरिएको जानकारीसहित औपचारिक पत्र काठमाडौंस्थित अमेरिकी दूतावासलाई पठाएको छ। नेपाल सन् २०१९ मा एसपिपीमा सहभागी भएको तथ्य सार्वजनिक भएसँगै चौतर्फी विरोध भएको र मन्त्रिपरिषद्को गत असार ६ मा बसेको बैठकले एसपिपीबाट बाहिरिने निर्णय गरेको थियो। त्यसको करिब एक महिनापछि परराष्ट्र मन्त्रालयले साउन […]
