प्रश्नपत्र ‘लिक’ भएको पुष्टि भएपछि दुई प्रहरीलाई बर्खास्त गर्दै परीक्षा रद्द गर्ने तयारी

संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा जान लिइने नेपाल प्रहरीतर्फको आन्तरिक परीक्षाको प्रश्नपत्र ‘लिक’ भएको पुष्टि भएपछि दुई प्रहरीलाई बर्खास्त गर्दै परीक्षा रद्द गर्ने तयारी भएको छ । सो प्रकरणको छानबिनका लागि प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीले सचिवालयका डीआईजी वसन्त लामाको संयोजकत्वमा छानबिन समिति बनाएका थिए । समितिले गरेको छानबिनपछि प्रश्नपत्र लिक भएको पुष्टि भएको हो । […]

तीन नम्बर सीमा स्तम्भमा पुग्यो सुरक्षा गस्ती

हुम्ला। नाम्खा गाउँपालिका–५ को चिमला भञ्ज्याङमा रहेको नेपाल र चीनको सीमा स्तम्भ नम्बर ३ मा पहिलो पटक नेपाली सुरक्षा गस्ती पुगेको छ । सशस्त्र प्रहरी बल ४४ नम्बर गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक गेहेन्द्र भण्डारी नेतृत्वको टोली उक्त सीमा स्तम्भमा पुग्न सफल भएको हो । स्थापना भएदेखि जिल्लाबाट हालसम्म सरकारी स्तरमा उक्त सीमा स्तम्भको अनुगमन भएको […]

विदेशमा आर्कषक रोजगारी देखाएर सोझा र गरिब नेपालीबाट वर्षेनी १ अर्ब लुट्दै

म्यानपावर कम्पनी र दललाहरुले विदेशी मुलुकमा आर्कषक रोजगारीको प्रलोभन देखाएर सोझा एवं गरिब नेपाली युवाबाट वार्षिक १ अर्ब रुपैयाँ हाराहारीमा लुटिरहेका छन् । म्यानपावर कम्पनी र दलालहरुले मिलेमतोमा सुरक्षित एवं भरपर्दो काम र आर्कषक तलबसुविधा देखाएर मोटो रकम लिई युवालाई विदेश पठाउने गरेका छन् । तर, भनिए अनुसार काम र सुविधा पाउनुको सट्टा विदेश पुगेका […]

नेपाल समूहबिना नै अघि बढ्यो एमाले

पार्टीभित्रको आन्तरिक किचलो कायमै रहेको बेला नेपाल कम्युनिस्ट पार्टी एमालेले आगामी भदौ २७ र २८ गते विधान महाधिवेशनको आयोजना गर्ने भएको छ । एमाले संस्थापन पक्षको सोमबार बसेको केन्द्रीय कमिटीको बैठकले स्थायी कमिटीको प्रस्तावलाई अनुमोदन गर्दै पहिलोपटक पार्टीको विधान महाधिवेशन गर्ने निर्णय गरेको हो । कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार स्थायी कमिटीले प्रस्ताव गरेको संशोधित […]

मापदण्डविपरीत नदीजन्य पदार्थ उत्खनन नगर्नोस-सर्वोच्च अदालत

काठमाडौं। नेपालका कुनै पनि नदीनालाबाट ढुंगा, गिट्टी तथा बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७७ विपरीत ढुंगा, गिट्टी तथा बालुवाजन्य पदार्थ उत्खनन नगर्न सर्वोच्च अदालतले सरकारको नाममा अन्तरिम आदेश दिएको छ । सर्वोच्चले नदीनालाबाट जथाभावी उत्खनन गर्न दिनुको कारण १५ दिनभित्र लिखित रूपमा पेस गर्न पनि सरकारको नाममा आदेश दिएको छ । न्यायाधीश डा आनन्दमोहन […]

बुझाएनन ५१ स्थानीय तहले बजेट विवरण

काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पटकपटक ताकेता गर्दा पनि हालसम्म ५१ वटा स्थानीय तहले चालू आर्थिक वर्षको बजेटको विवरण मन्त्रालयमा पठाएका छैनन् । मन्त्रालयले असारको तेस्रो सातादेखि बजेट विवरण अनलाइनमार्फत पठाउन ताकेता गर्दै आएको थियो । मन्त्रालयले पटकपटक ताकेता गर्दा पनि स्थानीय तहको बजेटको विवरण नपठाएपछि पछिल्लोपटक सम्बन्धित जिल्लाको समन्वय समितिलाई सहजीकरण गर्न […]

ज्येष्ठ नागरिकमैत्री नीति जरुरी

काठमाडौं । ज्येष्ठ नागरिक सम्बद्ध सङ्घ, संस्थाका प्रतिनिधिहरूले ज्येष्ठ नागरिकमैत्री नीति बनाई कार्यान्वयन गर्न स्थानीय तहलाई आग्रह गरेका छन् । स्थानीय सरकारसँग साधन, स्रोत, जनशक्ति र बजेटसमेत भएकाले ज्येष्ठ नागरिक नीति बनाई कार्यान्वयन गर्न स्थानीय तहलाई आग्रह गरेका हुन् । ज्येष्ठ नागरिकसँग भएका ज्ञान, सीप र अनुभव नयाँ पुस्तामा हस्तान्तरण गर्न ज्येष्ठ नागरिकका क्रियाकलापसँग सम्बन्धित […]

उपत्यकामा फेरि स्मार्ट लकडाउनकाे तयारि

सरकारले स्मार्ट लकडाउनको तयारी गरेको छ। कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले शुक्रबारको निर्देशक समितिको बैठकमा स्मार्ट लकडाउन प्रस्ताव गरेको हो। प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षता निर्देशक समिति बैठक बसेको थियो। ‘जहाँ संक्रमण बढी छ, सम्बन्धित जिल्ला वा स्थानीय तहले नै लकडाउन गर्न सक्ने अवधारणाको प्रस्ताव सीसीएमसीले गरेको छ’, सीसीएमसीका प्रवक्ता नुरहरि खतिवडाले भने। वैज्ञानिक र […]

कांग्रेसको १४औं महाधिवेशन भदौमा नहुने प्राय निश्चित

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन भदौमा नहुने निश्चित भएको छ। निर्वाचन आयोगसँगको परामर्शमा कांग्रेसले महाधिवेशन सार्ने तयारी गरेको स्रोतको दाबी छ। निर्वाचन आयोगले कांग्रेसको महाधिवेशन गर्न पुससम्मको समय उपलब्ध गराउने भन्दै स्रोतले थप्यो, ‘आयोगसँग त्यस विषयमा कुरा भइरहेको छ। भदौमा महाधिवेशन हुँदैन।आयोगका पदाधिकारीसँग कांग्रेसका नेताहरू नियमित सम्पर्कमा रहेको जानकारी दिँदै एक नेताले भने, ‘आयोगले […]

नेपाल प्रहरीको तह र दर्जा थप्न प्रस्ताव

काठमाडौं। नेपाल प्रहरीले आफ्नो संरचना पुनरावलोकन गर्दै तह र दर्जा थप गर्न गृह मन्त्रालयमा प्रस्ताव पठाएको छ । प्रहरी प्रधान कार्यालयले तल्ला तहका प्रहरी कर्मचारीको मनोबल बढाउने गरी गरेको लामो समयको अध्ययनपछि चारवटा तह र तीनवटा दर्जाको संरचना थप्न गृह मन्त्रालयमा प्रस्ताव गरेको हो । यसरी कुल चार तह र तीन दर्जा गरी सातवटा संरचना […]