अन्तर्राष्ट्रिय बजारबाट वञ्चित हुँदै नेपाली गीत

काठमाडौं। नेपालले प्रतिलिपिसम्बन्धी अन्तर्राष्ट्रिय संस्था ‘द इन्टरनेसनल कन्फेड्रेसन अफ सोसाइटिज अफ अथर एन्ड कम्पोजर’ (सिसाक) सदस्यता प्राप्त गरेको छ । तर, सिसाक सर्भर किन्न नसक्दा भने नेपाली गीतसंगीतको पहुँच अन्तर्राष्ट्रिय बजारसम्म पुग्न सकेको छैन । सिसाकको पूर्णसदस्यता लिन नसक्दा नेपाली गीतसंगीत व्यावसायिक रूपमा अन्तर्राष्ट्रिय बजारमा जान सकेको थिएन । संगीत रोयल्टी संकलन समाज नेपालको पहलमा […]
ओमिक्रोन भेरियन्ट फैलिँदै, तेस्रो लहरको खतरा बढ्दै

काठमाडौं। छिमेकी मुलुक भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित हुनेको दर दैनिक बढ्न थालेको छ । कोरोनाको नयाँ भेरियन्टका रूपमा देखिएको ओमिक्रोनबाट संक्रमित हुनेको संख्या बुधबारसम्म भारतमा ९ सय ६१ जना पुगेको छ । मंगलबार ९ हजार १ सय ९५ जना कोरोना संक्रमित देखिएकोमा बुधबार भारतमा १३ हजार १ सय ५४ जना नयाँ संक्रमित थपिए […]
दुईगुणाले बढ्यो बेरुजु

काठमाडौं। अघिल्लो आर्थिक वर्षको तुलनामा आव २०७७/७८ मा सरकारी निकायको बेरुजु दोब्बरभन्दा बढीले बढेको छ । महालेखा नियन्त्रक कार्यालयले बुधबार सार्वजनिक गरेको गत आर्थिक वर्षको आन्तरिक लेखापरीक्षण प्रतिवेदनले बेरुजु २५ अर्ब २६ करोड रुपियाँ नाघेको देखाएको हो । त्यसअघि आव २०७६/७७ मा सरकारी निकायको बेरुजु करिब ११ अर्ब ४० करोड रुपियाँ थियो । एकै आर्थिक […]
सरकारी कार्यालयमा राखिएका उजुरी पेटिकामा उजुरी पर्दैनन्, माकुरा र बारुलाले बनाउछ गुड

काठमाडौं। अहिले सरकारी कार्यालयमा राखिएका उजुरी पेटिकामा उजुरी पर्दैनन् । सङ्घ, प्रदेश र स्थानीय तहका अधिकांश सरकारी कार्यालयमा राखिएका उजुरी पेटिका प्रायः रित्तै हुने गरेका छन् । कतिपय कार्यालयको गुनासो पेटिकामा भने माकुरा र बारुलाको राज हुने गरेaको छ । गुनासो पेटिका खोल्दा प्रायः बाकस खाली पाइएको सम्बन्धित कार्यालयले जनाएका छन् । काठमाडौँको बूूढानीलकण्ठ नगरपालिकाका […]
एमालेकाे साथलिएर एमसीसि पासगराउने नितिमा देउवा

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना (एमसीसी) संसद्बाट अघि बढाउन नेकपा एमालेलाई फकाउने नीति लिएका छन् । एमाले नेतृत्वकै अघिल्लो सरकारले एमसीसी परियोजनालाई संसद्बाट अघि बढाउने तयारी गरिरहँदा राजनीतिक घटना क्रममा फेरबदल भएको निष्कर्षसहित प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले एमालेलाई पनि एमसीसीमा सहमत गराएर अघि बढ्ने नीति लिएका हुन् । […]
जनयुद्धका ती १९ कमान्डर कहाँ छन्

काठमाडौं । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले १ फागुन २०५२ देखि सशस्त्र ‘जनयुद्ध’को थाल्यो । १९ सदस्यीय केन्द्रीय समिति रहेको त्यो बेलाको माओवादी नेताहरू अहिले तितरबितर भएका छन् । कोही राज्यपक्षबाट बेपत्ता पारिए भने कोहीले ‘जनयुद्ध’का क्रममा बलिदानी दिए । माओवादीबाट विभिन्न समयमा विभाजित भएर आठवटा छुट्टै पार्टी गठन भयो । कतिपय पार्टी अहिले पनि […]
क्षमता १०, भार भने ९० टन

काठमाडौं। डिजाइनमा समस्या र नियमनमा कमजोरी हुँदा विकास निर्माणका काम कसरी बालुवामा पानी हुन्छ भन्ने चित्र नेपाल–भारत सीमा क्षेत्रस्थित नेपालका सडकको दुरवस्थाले देखाउँछ । त्यही कारणले भन्सारदेखि औद्योगिक क्षेत्रसम्मका सडक बनिनसक्दै भत्काउनुपर्ने अवस्थामा पुगेका छन् । विराटनगरको रानीदेखि सुनसरी–मोरङ औद्योगिक कोरिडोरको दुहबीसम्म, वीरगञ्ज मुख्य नाकादेखिका विभिन्न सडक र भैरहवादेखि लुम्बिनी हुँदै परासीसम्मका सडकको भारवहन क्षमताका आधारमा सवारीसाधन […]
माओवादी महाधिवेशनः नयाँ ‘ब्रान्ड’को खोजी

काठमाडौं। नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशन सुरु भएको छ । माओवादीले महाधिवेशनमार्फत नयाँ ब्रान्डको खोजी गर्ने नीति लिएको हो । नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माणका लागि आठौँ महाविधेशन शुरु भएको छ । २०६४ सालमा देशकै ठूलो पार्टी बनेको माओवादी पटक–पटक विभाजित हुँदा कमजोर हुने अवस्थामा पुगेपछि पार्टीको नयाँ ब्रान्डको विषयमा बहस शुरु […]
ज्येष्ठ नागरिकप्रति सम्मानजनक व्यवहार गर्न राष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिकमा नीहित ज्ञान, सीप र अनुभवको पुस्तान्तरणका लागि अनुकूल परिस्थिति निर्माण गरी सामूहिक प्रयास गर्न सम्बद्ध सबैमा आग्रह गरेका छन् । प्रथम राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, २०७८ का अवसरमा आज शुभकामना सन्देश दिँदै उनले सरकारले ज्येष्ठ नागरिकका लागि मासिक सामाजिक सुरक्षा भत्ताका साथै सार्वजनिक सवारी साधनमा सिट आरक्षण, सवारी […]
३० वर्षदेखि पार्टी अध्यक्ष ‘प्रचण्ड’ पुनः पार्टी अध्यक्ष बन्ने निश्चित

काठमाडौं। नेकपा (माओवादी केन्द्र)को राष्ट्रिय सम्मेलन आजबाट शुरू हुँदै छ । सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने भएको छ । माओवादी केन्द्रको ३० वर्षदेखि पार्टी अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुनः पार्टी अध्यक्ष बन्ने निश्चित छ । तीस वर्षदेखि माओवादीको नेतृत्व सहमतिबाटै चुनिँदै आएको छ । राष्ट्रिय सम्मेलनअन्तर्गत प्रदेश कमिटीमा यसपटक पहिलो पटक निर्वाचिन […]
