कांग्रेस गठबन्धनको विकल्प खोज्दै , सभामुखको विकल्प खोज्ने

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी प्रतिनिधि सभाबाट पास गर्ने विषयमा सत्ता गठबन्धनभित्र असहमति चुलिएपछि प्रमुख सत्तारूढ दल नेपाली कांग्रेस गठबन्धनको विकल्प खोज्दै अघि बढ्न तयार भएको छ पाँच दलीय गठबन्धन बनेको १० महिनामा नै प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धन तोड्दै एमसीसी पास गर्न तयार भएका हुन् । बिहीबार प्रतिनिधि सभा बैठक स्थगित भएपछि प्रधानमन्त्री देउवा […]
संसदमा एमसीसी बिबादित

काठमाडौं । प्रतिनिधि सभाबाट अमेरिकी सहयोगसम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) पारितको प्रक्रियामा विवाद खडा भएको छ । यसले राजनीतिक सरगर्मी बढेको छ । बिहीबार दिनभर संसद् भवनमा राजनीतिक दलका नेताहरूको भेटघाट बाक्लिएको छ । सांसदहरू बैठकका लागि नयाँ बानेश्वर पुगे पनि शीर्ष नेताहरू सिंहदरबारको संसद् भवनमा भेटघाट र छलफलमा नै केन्द्रित बने । कार्यव्यवस्था […]
एसएलसी परिक्षाः छिटो प्रक्रिया पूरा गर्ने प्रदेशको नतिजापनि छिट्टै

काठमाडौं । यो वर्षको एसईई परीक्षाको उत्तर पुस्तिका परीक्षणदेखि सबै प्रक्रिया छिटो पूरा गर्ने प्रदेशले छिट्टै परीक्षाफल प्रकाशित गर्न पाउने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले पहिलोपटक राष्ट्रिय परीक्षाबोर्डको नियमावली–२०७६ संशोधन गरी यस्तो व्यवस्था गरेको हो। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्री परिषद्मा पठाएको परीक्षा बोर्डको नियमावली स्वीकृत भई राजपत्रमा प्रकाशित भएको छ। सोही नियमावलीअनुसार यो […]
हजारौं कैदीबन्दि राखिने नुवाकाेटकाे बन्दिगृह
काठमाडौं । नुवाकोटको विदुर नगरपालिका–६, खम्बा क्याम्पस्थित केन्द्रीय कारागारको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । फागुन मसान्तसम्ममा एक हजार कैदीबन्दी कारागारमा राख्ने तयारीअनुरूप प्राविधिक तथा सुरक्षा व्यवस्थासम्बन्धी कार्य तीव्र गतिमा भइरहेको छ । जिल्ला कारागार नुवाकोटका प्रमुख गङ्गालाल योगीले भौतिक पूर्वाधार निर्माणतर्फ ९५ प्रतिशत काम सम्पन्न भई सुरक्षा व्यवस्था तथा प्राविधिक सुधारका कार्य चरणबद्ध रूपमा भइरहेको […]
मसीसीकाे निर्णयगर्न संसदलाई बाटाे खुल्याे

काठमाडौं। सर्वोच्च अदालतले एमसीसी सम्झौता अनुमोदन गर्ने निर्णय अधिकार संसद्को भएको व्याख्या गरेको छ । अमेरिकी सहायता मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना संसद्बाट पास गर्न रोक्न माग गर्दै परेको निवेदन सर्वोच्च प्रशासनले दरपीठ गरिदिएसँगै एमसीसी’दयगत निर्णय गर्न बाटो खुला भएको हो । अधिवक्ता सुरेन्द्र भण्डारी र स्वागत नेपालले सन्धि ऐन २०४७ को दफा ४ अनुसार […]
काँग्रेसकालागि गठबन्धन भन्दा एमसीसी प्राथमिक

काठमाडौं। अमेरिकी सहयोग परियोजना (एमसीसी)का विषयमा पाँच दलीय सत्ता गठबन्धनमा विभाजन देखिँदै गर्दा सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेस भने गठबन्धन जोगाउनेभन्दा एमसीसी पास गर्ने नीतिमा अघि बढेको छ ।सत्तामा बस्ने र सरकारकै निर्णयका विपक्षमा नेता कार्यकर्ता उतार्ने सत्ताधारी सहयात्री दलहरूको व्यवहारबाट आजित बनेको कांग्रेस गठबन्धन जोगाउनेभन्दा एमसीसीलाई जसरी पनि संसद्बाट पास गर्ने नीतिसहित अघि बढेको […]
नेकपा एकीकृत समाजवादी र माओवादी तत्काल सरकार नछाेड्ने

काठमाडौं। अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसद्मा टेबल भएपछि सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीभित्र सरकार छाड्नुपर्ने दबाब बढेको छ । तर, पार्टीको शीर्ष नेतृत्वले भने एमसीसी संसद्मा निर्णयका लागि पेस नहुँदासम्म सरकार नछाड्ने अडान लिएका छन् । माओवादीभित्र नेता नारायणकाजी श्रेष्ठ, प्रमुख सचेतक देव गुरुङलगायतका नेताहरूले तत्काल सरकारबाट बाहिरिनुपर्ने माग […]
बीओकेको कर्जा ब्याजदरमा मनपरी

काठमाडौं। बैंकहरूमा तरलता बढेसँगै बैंकहरूले विभिन्न अफर दिँदै, लोभ्याउँदै, ब्याजदर घटाउँदै कर्जा लिन उत्प्रेरणा जगाउने गर्दै आएका छन् । बैंक तथा वित्तीय संस्थाहरूले दिने यिनै लोभका कारण मध्यम बर्गका जो निश्चित आयस्रोतलाई आधार मानेर कर्जा लिन पुग्छन्, उनीहरू नराम्रोसँग जाक्किन पुग्छन् । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेल पनि यस्तै चंगुलमा फसिसकेका छन् । नेपाल […]
एमसिसी पासागर्नको लागि देउवा अडिग

काठमाडौं। देशभित्रका राजनीतिक शक्तिहरूबीचको माथापच्चीले गर्दा ९ सय ५० दिन संसद् सचिवालयको घर्रामा थन्क्याइएको अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौतासम्बन्धी प्रस्ताव अन्ततः आइतबार प्रतिनिधिसभामा पेस भएको छ। सरकारका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधिसभा बैठकमा एमसिसी पेस गरेका हुन्। सरकारको नेतृत्व गरेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको दर्बिलो अडानले एमसिसी संसद्मा […]
दुई वर्षभित्र सबै पालिकामा अस्पताल बनाउदै सरकार

काठमाडौं । स्थानीय तहसम्म स्वास्थ्य सेवा विस्तारका लागि पूर्वाधार निर्माणको काम तीव्र छ । सरकारले गत वर्षदेखि सुरु गरेको स्थानीय तहका आधारभूत अस्पतालका भवन निर्माणको काम धमाधम छ । कतिपयमा निर्माण सुरु भएको छ भने बाँकीको अन्य प्रक्रिया जारी छ ।सङ्घीय सरकारले गत वर्ष मङ्सिरमा ३९६ वटा पालिकाको आधारभूत अस्पताल निर्माणकार्य सुरु गरेको थियो । […]
