नाै बर्षमा पनि नबनेकाे एउटा पुल,कहिले बन्ला त !

खोटाङ । सगरमाथा राष्ट्रिय राजमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने सुनकोसी नदीस्थित फोक्सिङ्टारमा निर्माणाधीन पक्की पुलका लागि तेस्रोपटक थप भएको म्याद आगामी चैत मसान्तमा सकिँदैछ । विसं २०७३ चैत २२ गते सम्पन्न गर्नेगरी विसं २०६९ चैत २३ गते ठेकेदार कम्पनी गौरी पार्वती वाइपी जेभीसँग सम्झौता भएको फोक्सिङ्टार पुल निर्माणको काम पछिल्लो समय थप गरिएको समयसीमाभित्र पनि सम्पन्न […]
पुँजीगत बजेट बराबर थप माग

काठमाडौं। चालु आर्थिक वर्षमा खर्च गर्न नसकेर आलोचित विकासे मन्त्रालयहरूले नयाँ कार्यक्रमका नाममा झन्डै पुँजीगत बजेट हाराहारी थप रकम मागेका छन्। चालु बजेटमा पुँजीगत शीर्षकमा ३ खर्ब ७८ अर्ब रूपैयाँ विनियोजन भएकोमा अहिलेसम्म नयाँ कार्यक्रमका नाममा ३ खर्ब ६८ अर्ब रूपैयाँ मागिएको छ। यो कुल पुँजीगत बजेटभन्दा १० अर्ब रूपैयाँमात्र कम हो। चालु आवको फागुन […]
रसुवागढीबाट आयात बढाउन दुई देशका सीमा अधिकारीबीच भर्चुअलमार्फत छलफल

काठमाडौं । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट आयात बढाउन दुई देशका सीमाअधिकारीबीच छलफल भएको छ । दुई देशका सीमा अधिकारीबीच बिहीबार सामानको आयात बढाउन भर्चुअलमार्फत छलफल भएको हो । भर्चुअल बैठकमा चीनबाट नेपालतर्फ सामान आयात बढाउने सहमति भएको रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताए । मंगलबारदेखि दैनिक १४ वटा कन्टेनरमा सामग्री आउने उनले बताए […]
सुनको मूल्य प्रतितोला एक लाख दुई हजार ६००

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. ६०० ले बढेर रु. एक लाख दुई हजार ६०० पुगेको छ । पहेँलो धातु बिहीबार प्रतितोला रु. एक लाख दुई हजारमा कारोबार भएको थियोे । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. एक लाख दुई हजार १०० तोकिएको […]
आजको महंगी हाम्रो नियन्त्रणमा छैन : मन्त्री झाँक्री

काठमाडौं। सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले अहिले महंगी आफूहरुको नियन्त्रण बाहिर रहेको बताएकी छन् । नेपाल निर्माण व्यवसायी महासंघको २३औं साधारणसभालाई सम्बोधन गर्दै उनले विश्व बजारमा आएको अर्थतन्त्र मन्दीका कारण महंगी नियन्त्रण नेपालको हातमा मात्र नरहेको बताएकी हुन् । ‘आजको महंगी हाम्रो नियन्त्रणमा छैन । आज विश्व बजारमा आएको अर्थतन्त्रको मन्दीचैँ सायद रसिया–युक्रेनको युद्ध मात्र छैन […]
आजबाट बढ्यो अण्डाको मूल्य

काठमाडौं। नेपाल अण्डा उत्पादक संघले आजदेखि लागू हुनेगरी अण्डाको मूल्य बढाएको छ । संघले चितवन जिल्लालाई आधार मानेर बढाएको मूल्य अनुसार ठूलो अण्डाको प्रतिक्रेट ३९५ रुपैयाँ र मध्यम अण्डाको प्रतिक्रेट ३६५ रुपैयाँ पुगेको छ । यसअघि ठूलो अण्डाको मूल्य प्रतिक्रेट ३६५ र मध्यम अण्डाको मूल्य प्रतिक्रेट ३३५ रुपैयाँ थियो । बढेको मूल्य अनुसार प्रतिअण्डाको गेट […]
ग्लोबल आइएमई बैंक उदयपुरको कटारीमा पनि : अध्यक्ष ढकालले गरे उध्घाटन

काठमाडौं । ग्लोबल आइएमई बैंकले कटारी शाखाबाट औपचारिकरुपमा कारोबार सुरु गरेको छ । मंगलबार बैंकमा आयोजित कार्यक्रमबीच कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का उपाध्यक्ष राजेन्द्र राउत, कटारी उद्योग वाणिज्य संघका अध्यक्ष पुस्कर खड्का र हिमगिरी सप्लायर्स […]
युनिक नेपाल लघुवित्तकाे सेयर रजिष्टार मुक्तिनाथ क्यापिटल

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । शेयर रजिष्ट्रारमा नियुक्त भएसँगै धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सम्पूर्ण कार्य मुक्तिनाथ क्यापिटल लिमिटेडमार्फत हुने कम्पनीले जानकारी दिएकोे छ । युनिक नेपाल लघुवित्तले घोडाघोडी लघुवित्तलाई मर्जर गरे पश्चात बनेको कमपनीको सञ्चालक समितिको […]
उद्योग वाणिज्य सङ्घ रोल्पाको अध्यक्षमा आचार्य निर्वाचित

रोल्पा ।उद्योग वाणिज्य सङ्घ रोल्पाको अध्यक्षमा केशवकुमार आचार्य निर्वाचित भएका छन् । आचार्यले निकटतम प्रतिद्वन्द्वी वसन्त सुवेदीलाई तीन मतान्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन् । निर्वाचन अधिकृत तुलसी जिसीका अनुसार आचार्यले ४३७ प्राप्त गर्दा सुवेदीले ४३४ मत प्राप्त गरेका थिए । सङ्घको दुई उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् । […]
विश्व बैंक बाहिरिए पनि आयोजनाको काम नरोकिने

काठमाडौं। ऋण लगानी सम्झौता भङ्ग गर्दै विश्व बैंक बाहिरिए पनि निर्माणाधीन हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी डबल सर्किट प्रसारण लाइन आयोजनाको काम नरोकिने भएको छ । देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण र नेपाल–भारतबीचको विद्युत् व्यापारका महत्त्वपूर्ण मानिएको यो प्रसारणलाइन निर्माणमा अत्यधिक अवरोध आएको भन्दै विश्व बैंक गत नोभेम्बरदेखि बाहिरिएको हो । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान […]
