अर्थ मन्त्रिकाे नजरमा नपरेकाे राष्ट्रिय आविस्कार केन्द्र

काठमाडौं । नेपाल सरकारका अर्थ मन्त्रि जनार्दन शर्माले हिजो जेष्ठ १५ गत्ते सम्मानित संसदहरुको बिच २०७९/०८० कालागि १७ खर्ब ९३ अर्बको बजेट प्रस्तुत गरेका छन्। जसमा चालू खर्च : ७ खर्ब ५३ अर्ब, पुँजीगत खर्च : ३ खर्ब ८० अर्ब, वित्तीय व्यवस्था : २ खर्ब ३० अर्ब र वित्तीय हस्तान्तरणका लागि ४ खर्ब २९ अर्ब […]
कृषि क्षेत्रका लागि १ खर्ब ४५ अर्ब रूपैयाँ विनियोजन

कठमाडौ। सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा कृषि क्षेत्रका लागि १ खर्ब ४५ अर्ब रूपैयाँ विनियोजन गरेको छ। कृषि, वन, मत्स्यपालन र सिँचाइ कार्यक्रमका लागि उक्त रकम छुट्याइएको हो। आइतबार संसदमा पेस भएको आर्थिक विधेयकमा यस्तो प्रस्ताव गरिएको हो। अघिल्लो बजेटले यो क्षेत्रका लागि १ खर्ब ३ अर्ब रूपैयाँ छुट्याएको थियो। सरकारले संघ, प्रदेश […]
सरकारले अनलाइन सञ्चार माध्यमलाई लोक कल्याणकारी विज्ञापन दिने

काठमाडौं। सरकारले अनलाइन सञ्चार माध्यमलाई लोक कल्याणकारी विज्ञापन दिने भएको छ। संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले अब अनलाइन सञ्चार माध्यमलाई पनि लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउने जानकारी दिएका हुन्। यसअघि दैनिक, साप्ताहिक, टेलिभिजन र रेडियोलाई मात्र लोक कल्याणकारी विज्ञापन […]
भूमिहीन सबै दलितलाई तीन वर्षभित्र आवास

काठमाडौं । सरकारले सबै भूमिहीन दलितलाई तीन वर्षभित्र आवास उपलब्ध गराउने बताएको छ । अर्थमन्त्री जनार्दन शर्माद्वारा आइतबार संघीय संसदको दुवै सदनमा प्रस्तुत आगामी आर्थिक वर्षको बजेटमा सो प्रतिवद्धता जनाइएको हो । त्यसैगरी, बजेटमा आगामी वर्ष निर्यात दोब्बर गर्ने महत्वकांक्षी लक्ष्य पनि समावेश गरिएको छ । अर्थमन्त्री शर्माले आगामी ५ वर्ष भित्र व्यापार सन्तुलन कायम […]
दलितलाई व्यवसाय गर्न बिनाधितो कर्जा दिइने
काठमाडौं ।सरकारले दलित समुदायको युवाहरुलाई स्वरोजगार बनाउन बिशेष कार्यक्रम ल्याउने भएकाके छ । दलित समुदायको पराम्परागत व्यवसाय बाहेक अन्य व्यवसाय गर्न पनि प्रोत्साहन गरिने सरकारले बताएको छ । अर्थमन्त्री जनादर्न शर्माले चालु आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै यस्तो जानकारी गराएका हुन् । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसद्मा आगमी आवको बजेट पेश गर्दै यस्तो […]
म गरिव देशको बृद्ध भत्ता नलिने : डा.बाबुराम भट्टराई

काठमाडौं । पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले सरकारले प्रस्तुत गरेको बजेट मध्यमस्तरको भएको प्रतिक्रिया दिएका छन् । बजेट वक्तव्यपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै डा.भट्टराईले आफुले बजेटलाई ५ नम्बर गर्ने बताए । उनले आर्थिक विकासको प्रस्थान विन्दु बन्न सक्ने जस्तो नलाग्दै भन्दै कृषि योजना प्रशंसनीय रहे बताए । त्यस्तै उनले विद्युत निर्यात योजना बजेटको सकारात्मक पक्ष भएपनि […]
२० युनिटसम्म खपत गर्नेलाई निःशुल्क

काठमाडौं । सरकारले २० युनिटसम्म खपत गर्नेलाई निःशुल्क विद्युत् उपलब्ध गराउने घोषणा गरेको छ । आइतबार आगामी वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो घोषणा गरेका हुन् । यसले कम विद्युत खपत गर्ने सर्वसाधारणलाई राहत पुग्ने सरकारको विश्वास छ ।
शैक्षिकसत्र सुरु हुनुभन्दा अगाडि सबै विद्यार्थीको निःशुल्क स्वास्थ्य जाँचको व्यवस्था गर्ने

काठमाडौं । सरकारले शैक्षिकसत्र सुरु हुनुभन्दा अगाडि सबै विद्यार्थीको निःशुल्क स्वास्थ्य जाँचको व्यवस्था गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माद्वारा सङ्घीय सदनमा प्रस्तुत आर्थिक वर्ष २०७९–८० को बजेटमा आगामी आर्थिक वर्षदेखि शैक्षिकसत्र सुरु हुनुभन्दा अगाडि सबै विद्यार्थीको स्वास्थ्य परीक्षण गरिने व्यवस्था गरिएको छ । यस्तै ४० वर्षभन्दामाथिका नागरिकलाई स्थानीय तहका स्वास्थ्य संस्था वर्षमा एकपटक नसर्ने […]
सरकारले मुलुकको कृषि क्षेत्रको विकासका लागि सबै वडामा कृषि प्राविधिक उपलब्ध गराउने

काठमाडौं । सरकारले मुलुकको कृषि क्षेत्रको विकासका लागि सबै वडामा कृषि प्राविधिक उपलब्ध गराउने भएको छ । अर्थमन्त्री जनार्दन शर्माद्वारा सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत आगामी वर्षको बजेटमा कृषि क्षेत्रबारे प्राविधिक ज्ञान उपलब्ध गराउन प्रत्येक स्थानीय तहमा कृषि तथा पशु विज्ञानमा स्नातक पढेका एक–एक जना जनशक्ति उपलब्ध गराउने तथा प्रत्येक वडामा कृषि प्राविधिक उपलब्ध गराउने […]
सरकारी कर्मचारीको तलव १५ प्रतिशत बढ्यो

काठमाडौं । सरकारले सरकारी कर्मचारीको तलवमा १५ प्रतिशत वृद्धि गरेको छ । अर्थमन्त्री जनार्दन शर्माद्वारा संसदमा प्रस्तुत आगामी वर्षको बजेटमार्फत सरकारले सरकारी कर्मचारीको तलव १५ प्रतिशत वृद्धि भएको हो । सरकारले आगामी दिनमा तलव सुविधा वृद्धि सम्बन्धी काम गर्नेगरी तलव सुविधा वृद्धि आयोग समेत गठन गर्ने भएको छ ।
