भत्ता देखि ठेक्का समेत सेटिङमा?? अनाैठाे प्रशासन ऐंसेलुखर्क गाउँपालिकाको !

खाेटाङ । खाेटाङको ऐसेलुखर्क गाउँपालिकाको अस्पताल भवन निर्माण गर्न खाेलिएकाे ठेक्का सेटिङमा पारिएको भन्दै निर्माण व्यवसायीहरुले गुनासो गरेका छन्। उक्त पालिकामा १५ शैयाकाे अस्पताल भवन बनाउन खुलाइएको ठेक्कामा आर्थिक प्रलोभनमा सेटिङ गरेर श्याम सुन्दर तुवाचुङ जेभिलाई ठेक्का पारिएको भन्दै गुनासो गरेका हुन्। उक्त भवन निर्माणका लागि करिब १९ करोड ५० लाख रुपैयाँ ठेक्का खुलाइएको थियो। […]
तेल कम्पनीले कमायो यति धेरै धेरै नाफा

एजेन्सी । साउदी अरेबियन तेल कम्पनी अराम्कोले एक वर्षमा आर्जन गरेको आम्दानीको विवरण आइतबार सार्वजनिक गरेको छ । कम्पनीले १ वर्षको कुुल नाफा ११० अर्ब डलर पुुगेको देखाएको छ । अराम्कोको २०२१ को खुद आम्दानीमा १२४ प्रतिशतले वृद्धि भएर ११० अर्ब डलर पुुगेको हो । यस किसिमको आम्दानी २०२० मा ४९ अर्ब डलर थियो । […]
टोल–टोलमा आपत्कालीन राहत कोष स्थापना

भरतपुर । बागमती प्रदेशसभा सदस्य विजय सुवेदीले भरतपुर महानगरपालिकाका विभिन्न टोलमा आपत्कालीन राहत कोष स्थापना गरेका छन् । आर्थिकरूपमा पछाडि परेका विभिन्न पाँच टोल विकास संस्थामा उनले राहत कोष स्थापना गरेका हुन् । हिजो भरतपुर महानगरपालिका–११ को गणेशधाममा आयोजित कार्यक्रममार्फत उनले वडा नं २ को मिलनटोल र ११ को सिद्धार्थटोलमा कोष स्थापना गरी आर्थिक सहयोग […]
मेलम्चीको दुर्गम गाउँ धौलेमा ‘एक घर, एक धारा’

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका–११ धौले पैंयुखर्कमा ‘एक घर, एक धारा’ निर्माण गरेर हस्तान्तरण गरिएको छ । नगर प्रमुख डम्बर अर्याल, उपप्रमुुख भगवती नेपाल, वडाध्यक्ष रुद्र दुलाल, सेवक नेपालका अध्यक्ष रेमन्त नाथले शुक्रबार खानेपानीको उद्घाटन गरेका हुन् । नगरपालिका र सेवक नेपालको साझेदारीमा सो गाउँमा २६ वटा धारा निमार्ण गरी स्वच्छ पानी आउन थालेको छ । […]
सिंचाइमा खपत हुने विद्युत महसुल निःशुल्क बनाउने मन्त्री भुसालको घोषणा

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले सिंचाइमा खपत हुने विद्युत महसुल निःशुल्क बनाउने घोषणा गरेकी छन् । मन्त्री भुसालले कृषि क्षेत्रलाई आत्मनिर्भर बनाई मुलुकको अर्थतन्त्रलाई टेवा पुर्याउनका लागि आफूले सिंचाइमा खपत हुने विद्युत महसुल निःशुल्क बनाउने लक्ष्य लिएको स्पष्ट पारिन् । गत १ मंसीरदेखि सिंचाइमा खपत हुने विद्युतको शुल्क ५० प्रतिशत घटाएको उल्लेख गर्दै […]
ड्रोनभित्र लुकाएर सुन ल्याएको अभियोगमा एक जना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले ड्रोनभित्र लुकाएर एक सय ग्राम सुन ल्याएको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भुटानी शरणार्थीका रुपमा अमेरिका गएका अनिषहाङ बहिङ राई छन् । विमानस्थलका प्रमुख भन्सार प्रशासक महेश भट्टराईका अनुसार बिहीबार दिउँसो १२ बजेतिर उनी विमानस्थलबाट पक्राउ परेका हुन् । ‘उनको ड्रोनभित्र क्यामराको लेन्स छेऊमा अड्काएर […]
खाेटाङकाे हाैँचुर स्थित शारदा मा.बि. मा पुर्व प्र.अ.काे नाममा अक्षयकोष स्थापना

प्रेम श्रेष्ठ, खाेटाङ । खोटाङको रावा बेसी गाउँपालिका-६ हौंचुर स्थित श्री शारदा मा.वि. हौँचुर मा पुर्ब प्र.अ. भद्र बहादुर राई अक्षयकोष स्थापना वि.व्य. स. अध्यक्ष विष्णु कुमार कार्की को सभापतित्व र रावा बेसी गाउँपालिका अध्यक्ष लिलानाथ निरौला को प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको छ । अक्षयकाेष दाता भद्र बहादुर राई दश बर्ष अगाडि सोही […]
बैंक अफ काठमाण्डूको ऋणपत्र निष्काशनको लागि एनआईबिएल एस क्यापिटललाई बिक्रि प्रबन्धक

काठमाडौं । बैंक अफ काठमाण्डूले ऋणपत्र निष्काशनको लागि एनआईबिएल एस क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ । बैंकले ऋणपत्र निष्काशनको लागि क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गर्दै सम्झौता गरेको हो । सम्झौतामा बैंक अफ काठमाण्डू लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रवण लाल मास्के र एनआईबिएल एस क्यापिटल लिमिटेडको तर्फबाट नायब महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन् […]
प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले चौथो वार्षिक साधारण सभा चैत ६ गते

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले चौथो वार्षिक साधारण सभा चैत ६ गते (आइतवार)का लागि बोलाएको छ । सभाले आव २०७६र ७७ को वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्नेछ । त्यसैगरी सभाले संस्थापक समूहका शेयरधनीतर्फबाट एक जना एवम् स्वतन्त्र सञ्चालक नियुक्ती र सर्वसाधारण समूहबाट दुई जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीले […]
मेलम्चीको पानी चैत मसान्तभित्र काठमाडौंमा : खानेपानी मन्त्री चौधरी

काठमाडौं । खानेपानी मन्त्री उमाकान्त चौधरीले मेलम्चीको पानी चैत मसान्तभित्र काठमाडौं लैजाने सरकारको लक्ष्य पूरा हुने बताएका छन् । बुधवार सुन्दरीजल हुँदै मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल अम्बाथान आएका मन्त्री चौधरीले यही महीनाभित्र पानी जुनसुकै हालतमा काठमाडौं पुर्याउने दाबी गरे । जनशक्ति तथा अन्य प्राविधिक सहयोग थप आवश्यक परे सरकारले सहयोग गर्ने भन्दै उनले चैत मसान्तसम्ममा […]
