एनएमबि बैंक लिमिटेडले १० हजार कित्ता संस्थापक शेयर आज देखि विक्रीमा

काठमाडौं । एनएमबि बैंक लिमिटेडले १० हजार कित्ता संस्थापक शेयर आज (शुक्रवार) देखि विक्रीमा ल्याएको छ ।बैंकले शेयरधनी विजय बाबु श्रेष्ठको नाममा रहेको १० हजार कित्ता संस्थापक शेयर विक्रीका लागि शुक्रवार ३५ दिने सूचना जारी गरेको हो । यी शेयर खरीदका लागि बैंकले पहिलो प्राथमिकता विद्यमान संस्थापक शेयरधनीहरुलाई दिएको छ । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले […]
आजदेखि जावलाखेलमा फ्लोरिकल्चर पुष्पमेला

काठमाडौं। आजदेखि ललितपुरको जावलाखेलमा फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा पुष्पमेला आयोजना हुँदैछ । एसोसिएसनका महासचिव विश्वमणी पोखरेलका अनुसार ‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने नाराका साथ सुरु हुने मेलाआगामी आइतवारसम्म चल्ने छ ।मेलामा अफिसियल स्टल ४ वटा, प्रतियोगितात्मक प्रदर्शनी स्टल २ वटा र व्यवसायिक स्टलका लागि ५६ वटा सहित जम्मा ६२ वटा स्टल […]
आज सुनको मूल्य

काठमाडौं । सुनको भाउ बुधबार एक हजार एक सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ तोलाको ९९ हजार दु सय रुपैयाँ कायम भएको छ । यसअघि, मंगलबार सुन तोलाको एक लाख तीन सय रुपैयाँमा कारोबार भएको थियो । बुधबार तेजावी सुनको भाउ तोलाको ९८ हजार सात सय रुपैयाँ […]
बैंक अफ काठमाण्डू लिमिटेडको हेल्पलाइन सेवा सुचारु

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले ग्राहकहरूका लागि हेल्पलाइन सेवा सुचारु गरेको छ । बैंकले आफ्नो ग्राहकहरुलाई बैंकिङ्ग कारोबारमा सहज होस् भन्ने हेतुले बैंकको डिजिटल सेवा तथा सुविधाहरुबारे जानकारी तथा सेवा संचालनमा सहयोग गर्नको लागि हेल्पलाइन स्थापना गरेको छ । यस हेल्पलाइन सेवा अन्र्तगत ग्राहकहरुले बैंकको कुनैपनि डिजिटल कारोबारहरूको कुनै जिज्ञासा भएमा यस बैंकको सहयोग […]
प्रधानमन्त्री देउवालाई गाउँपालिका प्रमुख राईकाे पाँच बुँदे मागपत्र

खोटाङ। खोटाङस्थित दिप्रुङ चुइचुम्मा गाउँपालिका प्रमुख एवम् नेपाली काँग्रेस- १ का समितिका महामन्त्री भूपेन्द्र राईले प्रधानमन्त्री देउवा समक्ष जिल्लाको समग्र विकासका लागि पाँच बुँदे मागपत्र पेश गरेका छन् । सोमबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-४ खाल्ले र दिप्रुङ चुइचुम्मा गाउँपालिका-१ याम्खा जोड्ने बाटोफेदीस्थित साप्सु खोलाको नवनिर्मित मोटररेवल पक्कि पुल उद्घाटन पश्चात कार्यक्रमलाई प्रमुख राईले सम्बोधन गर्दै […]
इन्टरनेट तथा टेलिभिजन कम्पनीहरुले प्राधिकरणलाई तिरेन पाेल भाडा

काठमाडौं। इन्टरनेट तथा केबल टेलिभिजन सेवा प्रदायक कम्पनीहरू कम्पनीहरूले पोल भाडाको बक्यौता भुक्तानी नगरेको नेपाल विद्युत् प्राधिकरणले बताएको छ । गत असोजमा प्राधिकरण र इन्टरनेट तथा केबल सेवा प्रदायकबीच कात्तिकभित्र पोल भाडाको बक्यौता तिर्ने सम्झौता भएको थियो । त्यतिबेला पोल भाडा लगाउने विषयमा नयाँ सम्झौता गर्ने सहमति समेत भएको थियो । तर, तोकिएको म्याद सकिएको […]
प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट घटाउने तयारी

काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले थालनी गरेको प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट घटाउने तयारी गरिएको छ । स्रोतको चर्को दबाबका बीच आगामी आर्थिक वर्ष (आव) २०७९/८० को बजेट निर्माणमा लागेको सरकारले वितरणमुखी कार्यक्रमहरूमा बजेट कटौती गर्ने उद्देश्यले प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट घटाउने तयारी गरेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका […]
आफ्नै उत्पादनबाट माग धान्ने अवस्थामा पुगी विद्युत्मा आत्मनिर्भर बन्नेतर्फ अगाडि बढेका छौँ : मन्त्री भुसाल

मुसिकोट । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–३, धैरेनिचौरमा निर्माण भएको ३३/११ केभीको मुसिकोट सबस्टेशन सञ्चालनमा आएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र अर्थमन्त्री जनार्दन शर्माले मुसिकोटमा आयोजित कार्यक्रममा सबस्टेशनको संयुक्त रुपमा उद्घाटन गरे । सबस्टेशनबाट रुकुमपश्चिम, रुकुम पूर्व र जाजरकोटका केही ठाउँमा विद्युत् आपूर्ति गरिने छ । उद्घाटन कार्यक्रममा मन्त्री भुसालले विगतमा बत्ती […]
प्रधानमन्त्री देउवाद्वारा खाेटाङमा मोटरेवल पक्की पुल उद्घाटन

खोटाङ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले खोटाङमा मोटरेबल पक्की पुलको उद्घाटन गर्नुभएको छ । सोमबार खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खा जोड्ने साप्सुखोलामाको मोटरेवल पक्की पुल उद्घाटन गर्नुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अनुदान नेपालको राष्ट्रहितमा रहेको बताउनुभएको छ […]
अख्तियारद्वारा भीमदत्त नगरपालिकाका कागजात नियन्त्रणमा

महेन्द्रनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले सोमबार यहाँको भीमदत्त नगरपालिका कार्यालयबाट छानविनका लागि भन्दै कागजात नियन्त्रणमा लिएको छ । अख्तियारमा लिखित उजुरी परेपछि सो उजुरीसँगै सम्बन्धित कागजात नगरपालिकाबाट नियन्त्रणमा लिइएको अख्तियार अनुसन्धान आयोग कञ्चनपुरका सूचना अधिकृत चन्द्रकान्त बस्नेतले जानकारी दिए । ‘लिखित उजुरी परेपछि सोसँग सम्बन्धित कागजात मात्रै नियन्त्रणमा लिइएको हो’, उनले भने, […]
