ग्वार्को स्थित ओभरपासमा भोलिदेखि सवारी गुड्न पाउने

काठमाडौँ । ललितपुरको ग्वार्को स्थित ओभरपासमा भोलिदेखि सवारी गुड्न पाउने भएका छन् । चक्रपथको ग्वार्को–सातदोबाटो खण्डमा निर्माण भएको ओभरपासको भोलि प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार भोलि प्रधानमन्त्री ओलीले उद्घाटन गरेर ओभरपासलाई सवारी आवागमनका लागि खुला गर्ने तयारी छ । गएको शनिवार भौतिक पूर्वाधार तथा यातायात […]

केन्द्र, प्रदेश र स्थानीय सरकारको नजरमा नपरेको दाेलखाकाे थाङ्मी बस्ती

दोलखा । देश संघीयतामा प्रवेश गरेपछि मुलुकका पिछडिएको, सीमान्तकृत र जनजातीय समुदायहरू विकास, पहिचान र समानताको नयाँ आशामा थिए। तर ती सबै आशा र अपेक्षाहरू केही समुदायका लागि अझै सपना मात्रै भएका छन्। त्यहीमध्ये एक हो – दोलखा जिल्लाको बिगु गाउँपालिका–८ मा अवस्थित ऐतिहासिक थाङ्मी बस्ती थाङ्मीचागु–खोपाचागु। २०७२ को संविधानले समावेशी र समान समाजको आधार […]

संसद भवनमै बजेट पुस्तिका च्याते संसद अम्मर बहादुरले

काठमाडौँ । सांसद अम्मरबहादुर थापाले बिहीबार प्रतिनिधिसभा बैठकमै बजेट पुस्तिका च्यातेका छन् । नेकपा एसका सांसद थापाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको विनियोजन पुस्तक च्यातेका हुन् ।   उनले बजेट नेता र मन्त्रीमुखी भएको भन्दै विनियोजन पुस्तक च्यातेका हुन् । थापा २०७९ मा दैलेख-१ बाट नेकपा एसबाट निर्वाचित सांसद हुन् ।

राष्ट्र बैकले आजकाे लागि ताेकेकाे बिदेशी बिनिमय दर यस्ताे छ

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ०७ पैसा र बिक्रीदर १३८ रुपैयाँ ६७ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १५८ रुपैयाँ ७३ पैसा र बिक्रीदर १५९ रुपैयाँ ४२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर […]

डिफ्युजन नोटिस जारी भएका शहकारी ठग भण्डारीलाई ल्याइयाे नेपाल

काठमाडौं । मितेरी सहकारीका अध्यक्ष ज्योतिबहादुर भण्डारीलाई कम्बोडियाबाट नेपाल ल्याइएको छ । गएराति उनलाई नेपाल ल्याइएको प्रहरीले जनाएको छ । भण्डारीलाई कम्बोडियाको प्रहरीले नियन्त्रणमा लिएको थियो । सहकारीको रकम ठगीपछि फरार भएका उनी कम्बोडिया पुगेका थिए । तर, प्रहरीको अन्तर्राष्ट्रिय अपराध संगठन (इन्टरपोल)ले उनी कम्बोडिया पुगेको खुलेपछि त्यहाँको प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीविरुद्ध इन्टरपोलले डिफ्युजन […]

आर्थिक बर्ष ०८२/०८३ काे बजेट सबै प्रदेशमा आजबाट सार्वजनिक

काठमाडौँ । सातवटै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट आज सार्वजनिक गर्दै छन्। असार १ गते बजेट ल्याउनु पर्ने कानुनी व्यवस्थाअनुसार आज सातै प्रदेशका आर्थिक मामिला मन्त्रालयले आगामी आर्थिक वर्षको आयव्ययको विवरण सार्वजनिक गर्न लागेका हुन् । अघिल्ला वर्षका बजेट कार्यान्वयनमा समस्या देखिएपछि अधिकांश प्रदेशले बजेटको आकार नबढाउने भएका छन् । प्राय सबै […]

बाँस सम्मेलन र चित्रकलामा फजुल खर्च गर्ने नगरले यलम्बरकाे शालिक निर्माणकाे गरेन भुक्तानि

काठमाडौ ।  जिल्लाको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा निर्माणधिन बिश्वकै अग्लो प्रथम किराती राजा यलम्बरको ११० फिट अग्लो पूर्ण कदको प्रतिमा सहितको यलम्बर पार्क (उद्यान) निर्माण सम्पन्न भएपनि निर्माण कम्पनीलाई रकम भुक्तानी गर्न नसक्दा उद्घाटन अन्यौलमा परेको छ । बाँस सम्मेलन र चित्रकला लगाएतका कार्यक्रमहरु गरेर नगरकाे  फजुल खर्च गर्न माहिर दिक्तेल रुपाकाेट मझसवागढी नगरपालिकाले […]

नयाँ बजेटको पुरानै कथा: जनमुखी होइन शक्तिकेन्द्रित आर्थिक खाका

रमेश कुमार बोहोरा । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलद्वारा प्रस्तुत आर्थिक वर्ष २०८२/०८३ को कुल बजेट १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको रहेको छ । यद्यपि बजेटको आकारले देशको वर्तमान आर्थिक संक्रमणकालीन अवस्थालाई सम्बोधन गर्ने संकेत दिएको देखिए पनि गहिरो विश्लेषण गर्दा यसको कार्यान्वयन, आर्थिक यथार्थ, जनअपेक्षा र संरचनात्मक सुधारको सन्दर्भमा गम्भीर प्रश्नहरू उठ्छन् । […]

बैंकर र व्यवसायी छुट्टाउने कुरा केही पेचिलो भएको छ : अध्यक्ष श्रेष्ठ

काठमाडौं । डेभलमेन्ट बैंकर्स एसोसिएसन नेपालका अध्यक्ष सुयोग श्रेष्ठले बजेटले ल्याएको एकीकृत केवाइसीको योजनाले बैंकिङ्ग क्षेत्रलाई थप प्रभावकारी बनाउने बताएका छन्। उनले केवाइसी योजना जस्ता अन्य योजनाहरू बजेटका माध्यमबाट ल्याइदिएमा सम्पूर्ण आर्थिक क्षेत्रलाई राम्रो असर गर्ने बताए । उनले भने बैंकर र व्यवसायी छुट्टाउने कुरा केही पेचिलो भएको छ। यस्ता विषयमा काम गर्दा लामो समय […]

नेपाल बैकमा खाता हुने र बैकका कर्मचारीलाई सुजुकि गाडि खरिदमा विशेष छुट

काठमाडौं ।  नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरूलाई Suzuki गाडी को अधिकृत बिक्रेता Nancy Automobiles Pvt. Ltd. बाट गाडि खरिद गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने भएको छ । सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूले Nancy Automobiles Pvt. Ltd. बाट Suzuki brand का […]