मोरङमा थप सात सन्क्रमितको मृत्‍यु

  मोरङ- मोरङमा थप सात कोरोना संक्रमितको मृत्यु भएको छ । मोरङका विराट मेडिकल कलेज र नोबेल मेडिकल कलेजमा शनिबार राति तीन र आइतबार बिहान गरी चार संक्रमितको मृत्यु भएको हो । विराट मेडिकलमा सुनसरीको इटहरीकी एक कोरोना संक्रमित महिलाको आइतबार बिहान मृत्यु भएको छ । इटहरी उपमहानगर- ८ की ५४ वर्षीया महिलाको मृत्यु भएको […]

भैरहवास्थित भिम अस्पतालले अक्सिजन अभाबका कारण देखाउदै, बिरामी भर्ना गर्न नसक्ने (सुचना सहित)

बैशाख २४,रुपन्देही । रुपन्देहीको भीम अस्पतालले अक्सिजन अभाव भएपछि बिरामी भर्ना गर्न नसक्ने बताएको छ । आज एक सूचना जारी गरेर अस्पताल प्रशासनले कोभिड १९ का बिरामीको अत्याधिक चाप भएकोले अक्सिजन नपुग्ने भन्दै बिरामी भर्ना गर्न सक्ने अवस्था नरहेको जनाएको हो । ‘हालको विद्यमान कोभिड १९ को महामारीमा कोभिड १९ का बिरामीहरुको अत्याधिक चापका कारणले […]

वीरगञ्ज महानगरले पार्याे तयार अस्थायी आईसाेलेसन सेन्टर

२४ वैशाख, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले एक सय बेड क्षमताको अस्थायी कोभिड अस्पताल सञ्चालनको तयारी पूरा गरेको जनाएको छ। एक सय बेडको अस्पतालसँगै एक सय बेडको आइसोलेसन सेन्टर आजदेखी सञ्चालन गर्ने महानगरपालिकाले जानाएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को मंगलबार बसेको बैठकले महानगरले उपयुक्त स्थानमा अस्थायी कोभिड अस्पताल र आइसोलेसन सेन्टर सञ्चालन गर्ने […]

काठमाडौंमा आज मात्रै ३१ सय बढीमा संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै ३१ सय बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएअनुसार ३१६३ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै ललितपुरमा ५६७ र भक्तपुरमा २४२ जनामा संक्रमण पुष्टि भएको छ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ५४ जनाको मृत्यु भएको छ। यसअघि बुधबार ५८ जनाले […]

३ काे मृत्यु सगै ५३१९ नेपाली सेना काेराेना संक्रमित

२३ वैशाख,काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणबाट नेपाली सेनाका हालसम्म ५ हजार ३१८ जना संक्रमित भएका छन् । संक्रमित तीन जनाको मृत्यु भएको छ । सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार निको हुनेको सङ्ख्या पाँच हजार २०१ रहेको छ । सेनामा हाल कोरोना सङ्क्रमणबाट सक्रिय सङ्क्रमितको सङ्ख्या ११४ रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा पछिल्लो […]

काेराेना संक्रमितकाे संख्या अत्यधिक बढेपछि ५६ जिल्लामा निषेधाज्ञा

  २३ वैशाख, काठमाडौँ । कोरोना भाइरसको संक्रमण बढेपछि ५६ जिल्लामा निषेधाज्ञा जारी भएको छ ।वैशाख ७ देखि जारी हुन थालेको निषेधाज्ञा ५६ जिल्लामा पुगेको छ । त्यसमध्ये ४१ जिल्लामा पूर्ण र १५ जिल्लामा आंशिक आदेश जारी भएको छ । अब २१ जिल्ला मात्र खुला छन् । बुधबार साँझसम्म ५६ जिल्लामा निषेधको आदेश जारी भएको […]

लायन्स क्लब, नगरपालिका र संघसंस्थाको पहलमा आइसाेलेसन वार्ड सञ्चालनमा

काठमाडाैं । दक्षिणकाली नगरपालिकामा रहेकाे चाल्नाखेल प्राथमिक स्वास्थ्य केन्द्रमा पुनः काेभिड जेनरल आइसाेलेसन वार्ड सञ्चालनमा ल्याइएको छ । काेराेनाकाे दाेश्राे लहर फैलिँदै गएकाे र नगरपालिका क्षेत्रमा समेत काेराेना संक्रमितकाे संख्या बढ्दै गएपछि चाल्नाखेलमा काेभिड आइसाेलेसन वार्ड सञ्चालनमा ल्याइएको हाे । लायन्स क्लब अफ काठमाडाैं पद्मसम्भव दक्षिणकालीले दक्षिणकाली नगरपालिका र विभिन्न सामाजिक संघसंस्थाको सहकार्य र पहलमा […]

काेराेना पिडितलाई नेपालकै असल सुबिधा दिँदै भरतपुर महानगर- रेणु दाहाल मेयर

भरतपुर महानगरपालिकाले कोभिड १९ रोकथाम तथा उपचारमा प्रभावकारी कदम चालेको जनाएको छ । महानगरभित्रका कुनै पनि संक्रमित बिरामीलाई अस्पतालसम्म ल्याउन महानगरले व्यवस्था गरेको छ । भरतपुर महानगर प्रमुख रेनु दाहालले कोभिड १९ को रोकथाम र उपचारको लागि महानगर प्रमुख नेतृत्वमा समिति गठन गरी २९ वटै वडामा वडा अध्यक्षको संयोजकत्वमा सर्वपक्षीय समिति गठन गरिएको बताइन् । […]

गण्डकीका मुख्यमन्त्रीमा कोरोना पोजेटिभ

बैशाख २२ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई कोरोना संक्रमणको आशंका गरिएको छ । प्रदेशसभामा अविश्वास प्रस्ताव पेश भएपछि केन्द्रदेखि प्रदेशसम्मका नेताहरुसँग भेटघाटमा व्यस्त भएका मुख्यमन्त्री गुरुङको स्वास्थ्यमा समस्या देखिएपछि -यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको छ । कोभिड संक्रमण पत्ता लगाउन किट प्रविधिमा गरिने आरडिटी परीक्षण आरडीटी हो । मुख्यमन्त्री गुरुङले […]

मौकामा चौका हान्दै हाम्स अस्पातल

  काठमाडौं । कोरोना भाइरस कोभिड १९ को महामारीका कारण मुलुकका ५१ जिल्लामा निषेधाज्ञा छ । कोरोना संक्रमितहरु एम्बुलेन्स नपाएर घर, बाटो र कतिपय ट्याक्टरमै प्राण त्याग्दैछन् । तर, यस्तो अवस्तामा केही नीजि अस्पताललाई भने कोरोना महामारी ‘दशैं’ बनेको छ । राजधानीको धुम्बाराहीमा रहेको ह्याम्स अस्पतालले कोरोना महामारीका विरामीलाई पाँचतारे होटलको कोठो बेचेको जस्तै शैलीमा […]