बैकले स्वास्थ्य मापदण्ड पालना गर्दैनन्

बेल्टार। उदयपुरको चौदण्डीगढी नगरपालिका क्षत्रभित्र बढीजसो चहलपहल हुने बैंक भनेकै राष्ट्रिय बाणिज्य बैक हो । हिजो ( बुधबार ) मात्र नयाँ संक्रमितको संख्या १९ जना पुष्टि भएको पालिकामा बैंक जस्तो कार्यालयले सामान्य स्वास्थ्य मापदण्डसमेत अपनाएको भने पाइन्दैन । नेपाल सरकारले सुरक्षीत नागरिक आवास कार्यक्रम अन्तर्गत फुसको छानो हटाई जस्तापाता दिने भएपछि नागरिकले बैंकमा अनिवार्य खाता […]
दातृ संस्थाद्वारा प्रदेश सरकारलाई श्वास्थ्य सामग्री हस्तान्तरण

विराटनगर । कोरोना भाइरस कोभिड १९ को महामारी नियन्त्रण गर्नका लागि बिदेशी लगानीकर्ताहरु युएनडिपी र युएसएआडीको सुआहारा परियोजनाबाट ६२ लाख ५० हजारको स्वास्थ्य सामाग्री प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । युएनडिपीका तर्फबाट ६० वटा मध्ये १० लिटरको ३० वटा र ५ लिटरको ३० वटा कन्सनट्रेटर युएसएआडीको सुआहारा परियोजनाबाट पीपीई सेट १०० थान, सर्जिकल मास्क ८ […]
काठमाडौमा खोपलगाउनो सुरु

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि कोरोनाभाइरसविरुद्धको चिनियाँ खोप भेरोसेल लगाउने भएको छ । सूचना जारी गर्दै काठमाडौं महानगरले भेरोसेल खोप लगाइने बारे जानकारी दिएको छ । महानगरले भेरोसेल खोप आज र भोलि ६२ देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई लगाउने भएको हो । यसअघि जेठ २८ र २९ मा ६० देखि ६१ वर्ष उमेर […]
उपत्यकामा रोकिएको खोप आजबाट सुचारु, उपत्यकाबासीमा खुशीयाली

काठमाडौं । काठमाडौं महानगरपालिकामा कोभिड–१९ विरुद्धको खोप लगाउने कार्यक्रम फेरि सुरु हुने भएको छ। खोप अभावका कारण स्थगित भएको कार्यक्रम आजबाट पुन सुरु हुने भएको हो । जेठ २५ गतेबाट काठमाडौं उपत्यकासहित देशभर सुरु भएको खोप अभियान काठमाडौंमा स्थगित भएको थियो। दुई दिन खोप अभियान सञ्चालन भएपछि जेठ २७ गते काठमाडौं महानगरपालिकाले एक सूचना जारी […]
चीनको शान्नान नगरपालिकाले भक्तपुरको ख्वप अस्पताललाई स्वास्थ्य उपकरण दियो

भक्तपुर । चीनको एक नगरपालिकाले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताललाई स्वास्थ्य उपकरणहरू सहयोग गरेको छ । भक्तपुर नगरपालिकासँग भगिनी सम्बन्ध रहेको चीनको तिब्बतस्थित शान्नान नगरपालिकाले चिनियाँ युयान पाँच लाख ९९ हजार ४०० अर्थात् नेपाली रुपैयाँ एक करोड नौ लाख २१ हजार ६८ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको भक्तपुर नगरपालिकाले जनाएको छ । तातोपानी नाकामार्फत पठाइएको […]
एक हप्ता निषेधाज्ञा थपियो,के गर्न पाउने के गर्न नपाउने

उपत्यकामा एक साता निषेधाज्ञा थपिएको छ । जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई थप एक साता बढाउने निर्णय भएको हो । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको एक अधिकारीले बताए । यद्यपि, थपिएको निषेधाज्ञामा केही प्रावधान खुकुलो पारिएका छन् यी क्षेत्र खुल्नेछन् खाद्यान्न ११ बजेसम्म अनलाइन डेलिभरी दिने […]
कोरोना संक्रमण लक्ष्यण देखिएका नागरिक परीक्षणको दायरामा आउदैनन्

उमेश भुजेल,खोटाङ । वडा अध्यक्ष शिव फूयल खोटाङको खोटेहाङ्ग गाउँपालिका ७ खोटाङ बजारमा कोरोना भाइरससँग मिल्दो जुल्दो लक्षण देखिएकाहरू परीक्षणको दायरामा नआएको पाइएको हो । कोरोना संक्रमण वडा भित्र तिव्र गतिले फैलदै गर्दा कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएका वडाका नागरिकले अशिक्षा र समाजको डरले पिसीआर तथा एण्टीजेन परिक्षण गर्न नमानेको वडा अध्यक्ष तथा खोटेहाङ्ग गाउँपालिकाका […]
सबै नागरिकलाई निःशुल्क खोप उपलब्ध हुनेछ : शिक्षामन्त्री

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले विभिन्न देशबाट खोप आउने क्रम जारी रहेकाले सबै नागरिकलाई निःशुल्क खोप उपलब्ध गराइने बताएका छन् । काठमाडौंको क्षत्रपाटीस्थित निःशुल्क चिकित्सालयमा शुरु गरिएको कोभिड अस्पतालको आज निरीक्षण गर्दै मन्त्री श्रेष्ठले राष्ट्रपति विद्यादेवी भण्डारीले अन्य देशका समकक्षीसँग खोप पाउन अपिल गरेको र खोपका साथै स्वास्थ्य सामग्री आइरहेको जनाए । चिकित्सालयमा भेन्टिलेटरसहित […]
वृद्धवृद्धा भन्छन्,अब खोप लगाएपछि बाच्ने आशा जाग्यो

काठमाडौं – बुधबार दिउँसो जिल्ला अस्पताल ताप्लेजुङको परिसरमा कोरोना विरुद्धको खोप लगाएर निस्किएका वृद्धवृद्धाहरु हँसिलो अनुहारमा देखिए । मास्कले अनुहार ढाकिए पनि हँसिलो अनुहार परैबाट प्रष्ट देखिन्थ्यो । कोही बसेरै हाँसीखुसीका साथ एकआपसमा भलाकुसारी गरिरहेका थिए त कोही घर फर्किने तरखरमा देखिन्थे । “खोप लगाइसकेपछि कस्तो लागिरहेको छ रु” भनेर सोध्दा फुङलिङ नगरपालिका–२ का ८० […]
” एकतानै बल हाे” खोटाङ सेवा समाज यूकेले पठायो साँढे ११ लाखको स्वास्थ्य सामग्री

खोटाङ । खोटाङ सेवा समाज यूकेले खोटाङलाई कोभिड–१९ को रोकथाम तथा न्यूनीकरणका क्रममा उपयोग हुने ११ लाखभन्दा बढीको स्वास्थ्य सामग्री उपलव्ध गराएको छ । कोभिड–१९ को संक्रमणबाट बाँच्न र बचाउनका लागि खोटाङ सेवा समाज यूकेले जिल्लालाई अक्सिजन कन्सन्ट्रेटर, पल्स अक्सिमिटर, बिआइपिएपी, मास्क लगायतका ११ लाख ४६ हजार २०० रुपैयाँ बराबरको स्वास्थ्य सामग्री उपलव्ध गराएको हो […]
