संसद्मा एमसिसी पेस नगर्न दबाब

काठमाडौं । नेपाल सरकारले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) पारित गर्न संसद्मा पेस गर्ने संकेत पाएपछि चीनले तत्काल यससम्बन्धी थप प्रक्रिया अघि नबढाउन सबै राजनीतिक दललाई दबाब दिएको छ। चिनियाँ पक्षले सत्ता गठबन्धनमा सहभागी नेपाली कांग्रेस,माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी तथा प्रमुख प्रतिपक्षी दल एमालेलाई यस्तो दबाब दिएको हो। चीन सरकारका अधिकारीहरूले नेपालका ठूला […]

पूर्व–पश्चिम रेलमार्ग निर्माण सुस्त

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माणले अझै गति लिन सकेको छैन । ९ प्याकेजमा निर्माणअघि बढाउने योजना बनाइएको थियो । त्यसैअनुरूप केही प्याकेजको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयारी अघि बढाइएको छ भने केहीको अध्ययन सकिए पनि निर्माण अघि बढेको छैन । वर्षेनि कम बजेट छुट्याइएकाले निर्माणले गति लिन नसकेको रेल […]

एमाले भित्र देशव्यापी असन्तुष्टि

काठमाडौं। नेकपा (एमाले)भित्र वरीयताक्रम, कार्यविभाजन र केन्द्रीय सदस्य मनोनयनको विषयलाई लिएर देशव्यापी रुपमा असन्तुष्टि बढेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारीहरूसँग छलफल नगरी कार्यविभाजन,मनोनयन र वरीयताक्रम निर्धारण गरेपछि असन्तुष्टि देखिएको हो। नवौं महाधिवेशनमा माधव नेपालसँग जोडिएका र पार्टीमा फरक विचार राखिरहेका नेताहरूप्रति ओलीले पूर्वाग्रह राखेर कार्यविभाजन गरेको आरोप नेताहरूले लगाएका छन्। दोलखाका एमाले अध्यक्ष […]

चर्चित नेताहरूले फरक–फरक प्यानल बनाई उम्मेदवारी दर्ता

काठमाडौं। पार्टीभित्र प्रभावशाली एवं चर्चित नेताहरूले फरक–फरक प्यानल बनाई उम्मेदवारी दर्ता गरेपछि नेपाली कांग्रेस महाधिवेशन रोचक मोडमा पुगेको छ । प्रमुख सत्ताधारी दलसमेत रहेको यो पार्टीको शुक्रबारदेखि शुरु भएको १४औं महाधिवेशन राजधानीमा जारी छ । शनिबार उम्मेदवारी दर्ताको कार्यातालिकाअनुसार सभापतिमा शेरबहादुर देउवा, प्रकाशमान सिंह, डा। शेखर कोइराला, विमलेन्द्र निधि, कल्याण गुरुङ र युवराज न्यौपाने गरी […]

कांग्रेस महाअधिवेशनः १३४ पदमा ५४८ जनाको उम्मेदवारी, सभापतिमा ६ उम्मेद्वार

काठमाडौं। नेपाली कांग्रेसको नयाँ नेतृत्व चयन गर्न काठमाडौंमा जारी १४औं महाधिवेशनमा विभिन्न १ सय ३४ पदमा ५ सय ४८ जनाको उम्मेदवारी परेको छ । कांग्रेसको जारी महाधिवेशनमा एक सभापति पदका लागि ६ जनाको उम्मेदवारी दर्ता भएको हो । यसैगरी उपसभापति पदमा ७ जना तथा महामन्त्रीमा ६ जनाको उम्मेदवारी दर्ता भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ […]

आगामी एक हप्ताभित्र १७ वटा विद्युतीय बस काठमाडौं आइपुग्ने

काठमाडौं । आगामी एक हप्ताभित्र १७ वटा विद्युतीय बस काठमाडौं आइपुग्ने भएका छन् । विद्युुतीय बस सञ्चालन गरिरहेको सुन्दर यातायात प्रालिले चीनमा खरिद गरेका १७ वटा बस अहिले सुनौली भन्सार ल्याइपु(याइएको छ । कोरोना महामारीका कारण यी बस बन्दरगाहमा रोकिएका थिए । सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापाले भने, “१७ वटा बस सुनौaली भन्सारमा ल्याएका […]

क्वारेन्टिन खर्चले कोरिया जान थप महँगो

काठमाडौं। स्वदेश वा विदेशमा रोजगारीको क्रममा लाग्ने सम्पूर्ण खर्च रोजगारदाताले बेहोर्नुपर्ने आवाज उठ्दै आए पनि व्यवहारमा लागु गर्न झन् कठिन हुन थालेको छ। जिटुजी (नेपाल–कोरिया सरकारमार्फत जाने) सम्झौता रहेको कोरिया रोजगारीमा जाने कामदारले पछिल्लो समय होटल क्वारेन्टिन खर्चसमेत बेहोर्नु पर्ने भएको छ। रोजगारीका लागि कामदारले नै सम्पूर्ण होटल क्वारेन्टिन खर्च बेहोर्नु पर्ने भएपछि बिहीबार नेपाल […]

कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत १३४ पदमा उम्मेदवारी दर्ता आज

काठमाडौं। नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनको प्रक्रिया शनिबार सुरु हुँदैछ । केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेका अनुसार १६७ सदस्यीय केन्द्रीय कार्यसमितिमध्ये १३ पदाधिकारी र १२१ जना केन्द्रीय सदस्यको निर्वाचन हुनेछ । उनका अनुसार निर्वाचनको प्रक्रिया शनिबार बिहान सुरु हुनेछ । उनले भने “कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत शुक्रबार उद्घाटनसत्र र बन्दसत्र सम्पन्न भएको छ । शनिबार […]

विद्यालयमा नै मोडर्ना खोपको केन्द्र

काठमाडौं। बिहीबार आएको कोरोनाविरुद्धको मोडर्ना खोप दिनका लागि विद्यालयमा केन्द्र कायम गरिने भएको छ । कोरोनाविरुद्धको अमेरिकी खोप मोडर्ना १४ लाख ९८ हजारमात्रा आएको थियो । राष्ट्रिय खोप सल्लाहकार समितिको बैठकले मोडर्ना खोप १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई दिने निर्णय गरिसकेको छ । मोडर्ना खोप बालबालिकालाई दिने निर्णय भएकोले खोप केन्द्र पनि विद्यालयमै तोकिएको छ […]

रोकियो १५ नर्सिङ कलेजको भर्ना

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले शैक्षिक सत्र २०७८/०७९ मा प्रमाणपत्र तह नर्सिङ कार्यक्रमको भर्ना रोक्न १५ कलेजलाई निर्देशन दिएको छ । चिकित्सा शिक्षा आयोगको ऐनविपरीत भर्ना खोलेको भन्दै आयोगले तत्काल भर्ना नलिन परिषद्लाई पत्राचार गरेको थियो । सोही पत्रको आधारमा हिजो बुधबार सीटीईभीटीले सार्वजनिक सूचना जारी गरी विद्यार्थी भर्ना प्रक्रिया रोक्न निर्देशन […]