आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस

काठमाडौं । विसं १९९० माघ २ गते दिउँसो २ः२४ बजे भूकम्प गएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी २४औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ । ‘भूकम्पीय सचेतना, सुरक्षित संरचना’ नाराका साथ दिवस मनाउन लागिएको हो । भूकम्पले नभई कमजोर संरचनाले मानवीयलगायत क्षति गर्ने भएकाले भूकम्प प्रतिरोधी संरचना बनाउन नागरिकलाई चेतना जगाउने उद्देश्यले यो नारा […]
तारेभीरमा स्काई साइक्लिङ व्यावसायिक रूपमा शुरू

पर्वत। कालीगण्डकी नदीमाथिको तारेभीरमा डोरीको सहायतामा साइकल चलाउने खेल (स्काई साइक्लिङ) व्यावसायिक रूपमा शुरू भएको छ । पर्वतको बन्जीजम्पको पारिपट्टि बागलुङको बलेवामा द क्लिफ प्रालिले स्काई साइक्लिङ शुरू गरेको हो । भीरैभीर साइकल चलाउने यो खेल साहसिक पर्यटनका लागि सञ्चालन गरिएको कम्पनीका अध्यक्ष राजु कार्कीले जानकारी दिए । चार वर्ष पहिलेदेखि नै सञ्चालनमा रहेको साइक्लिङ […]
खोप लिए पनि कोरोना संक्रमण हुन्छ?

काठमाडौं । खोप लिए पनि कोरोना संक्रमण हुन्छ। तर उनीहरूमा कोरोनाको लक्षण कम देखिने र कम सताउने गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। विश्व स्वास्थ्य संगठनले पहिला नै निर्देशन गरेको यो विषय नेपालमा अहिलेका संक्रमितहरूमा समेत प्रमाणित भएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले बताए। ‘कोरोना पुष्टि भए पनि खोप लिएकाहरूमा जटिल समस्या देखिएको छैन’, उनले भने। […]
हुमन राइट्स भन्छ, नेपाल नागरिकको सुरक्षा गर्न ‘असफल’

काठमाडौं । कोभिड–१९ लाई सही हिसाबले सम्बोधन गर्न नसक्दा सन् २०२१ मा नेपालमा स्वास्थ्य सेवाको अपर्याप्तता तथा असमानताको स्थिति झन् बिग्रेको मानवअधिकारसम्बन्धी एक अन्तर्राष्ट्रिय प्रतिवेदनले देखाएको छ। मानवअधिकारको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था हुमन राइट्स वाचले सन् २०२२ को प्रतिवेदनमा महामारीलाई सरकारले यथोचित रूपमा सम्बोधन गर्न नसक्दा रोक्न सकिने मृत्युलाई पनि रोक्न नसकिएको, दण्डहीनताको संस्कृति […]
कोभिड नियन्त्रणमा केन्द्रित भयो सरकार

काठमाडौं । नेपालमा पछिल्ला केही दिनमा कोरोना भाइरसको सङ्क्रमण दर वृद्धि भएपछि सरकारले रोकथाम र न्यूनीकरण कार्यलाई पनि तीव्र रूपमा अघि बढाएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाका अनुसार मन्त्रालयले सबै संरचना परिचालन गरेर कोभिड सङ्क्रमण नियन्त्रण र रोकथामको काम सुरु गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा सङ्गीता मिश्राका अनुसार कोभिड–१९ […]
चालू आर्थिक वर्षमा उपत्यकामा ४८ वटा पार्क निर्माण गर्ने

काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणले चालू आर्थिक वर्षमा उपत्यकामा ४८ वटा पार्क निर्माण गर्ने भएको छ । एक करोड रुपियाँको लागतमा १५ वटा र एक करोड रुपियाँभन्दा कमको लागतमा ३३ वटा पार्क निर्माण गर्न लागिएको हो । प्राधिकरणको योजना महाशाखा प्रमुख सौरभ ढकालले काठमाडौं जिल्लामा एक करोड रुपियाँको लागतमा सातवटा, ललितपुर र भक्तपुर जिल्लामा […]
उत्तर कोरियाको भन्दा नेपालको पासपोर्ट ‘खराब’ सूचीमा

काठमाडौं। उत्तर कोरिया यस्तो कम्युनिस्ट राष्ट्र हो जहाँ भोकमरी र क्रुरता चर्चामा आइरहन्छ । उत्तर कोरियामा प्रवेश सजिलो छैन । उसका नागरिकलाई त्यहाँबाट निस्कन पनि सहज छैन । उत्तर कोरियाको पासपोर्ट विश्वको खराबमध्येको सूचीमा पर्छ । तर, उत्तर कोरियाको भन्दा नेपालको पासपोर्ट खराब सूचीमा पर्छ भन्दा आश्चर्य लाग्ला । तर, सत्य यही हो । हेनले […]
देह ब्यापारकालागि सुईदिएर बालबालिकालाई बनाउछन् वयस्क

काठमाडौं । नेपालमा हराएका बालिकालाई भारत पु-याएर देहव्यापारमा लगाउने गरेको खुलेको छ । बेचबिखनमा पर्ने साना बालिकाको यौनाङ्ग र अन्य अङ्ग विकास गराई वयस्क देखाउन सुई लगाउने गरेको अनुसन्धानबाट खुलेको छ । विभिन्न प्रलोभनमा पारेर तथा झुक्याएर बेहोस बनाई भारतका कोठीमा बेचिएका अधिकांश बालिकालाई सुईमार्फत अङ्गहरूको विकाअधिकांश बालिका पछि दीर्घ रोगी भई मृत्यु हुने गरेको छ । कोठीबाट […]
काँग्रेसमा देउवालाई दबाब थप्दै इतर समुह

काठमाडौं। नेपाली कांग्रेसको १४औं महाधिवेशनपछि कांग्रेसभित्रको संस्थापनइतर समूह बनेको नेता डा शेखर कोइराला समूहले सभापति शेरबहादुर देउवाले पार्टीलाई एकलौटी ढंगबाट चलाएको बताएको छ ।इतर समूहको बुधबार राजधानीमा बसेको बैठकले पार्टीको १४औं महाधिवेशनबाट सभापति बनेका देउवाले निर्वाचित भएपछि सबैलाई समेटेर जानुको साटो एकलौटी ढंगले आफ्नो गुटलाई मात्रै केन्द्रमा राखेको निष्कर्ष निकालेको हो । सो समूहबाट १४औं […]
नाकामा भारतीय मजदुरको आवतजावत तिब्र, कोरोना जाँच न्युन

नेपालगञ्ज । नेपालगञ्ज नाकाबाट दैनिक सयौं भारतीय नागरिक विभिन्न कामको सिलसिलामा नेपाल आउँछन् । पहाडी जिल्लाका नेपाली भारतमा मौसमी काम गर्न गएको जसरी सयौं भारतीय नागरिक दैनिक नेपालगञ्ज नाकाबाट मजदुरी गर्न नेपाल प्रवेश गर्छन् । बिहान ८ देखि १० बजेको बीचमा भारतबाट मजदुरी गर्न नेपालगञ्ज आउने भारतीय मजदुरको लाइन नै देखिन्छ । भारतीय मजदुर साइकलमा […]
