प्रतिपक्षदलकाे अवराेधबिच पनि प्रतिनिधिसभाबाट बजेट पास

काठमाडौँ – प्रमुख विपक्षी नेकपा एमालेका सांसदको अवरोध र नाराबाजीबै बीच प्रतिनिधिसभाले २०७८/०७९ को बजेट पारित गरेको छ । सोमबारको बैठक सुरुभए लगत्तै एमाले सांसदहरुले नाराबाजी गरेका हुन् । तर नाराबाजी जारी रहँदा नै विनियोजना विधेयकमाथि छलफल भइरहेको हो । प्रतिनिधिसभाबाट बजेट पारित गर्ने तयारीमा सरकार रहेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री […]

आजदेखि बैंक तथा वित्तीय संस्थामा नयाँ नोट साट्न पाइने

काठमाडौं। नेपालीको महत्वपूर्ण चाडको रूपमा रहेको दशैँलाई मध्यनजर गरेर बैंक तथा वित्तीय संस्थाले सोमबारदेखि नयाँ नोट उपलब्ध गराउने भएको छ ।   दशैंमा नयाँ नोटको विशेष महत्व रहने भएकाले नोट वितरणको व्यवस्था मिलाइएको नेपाल राष्ट्र बैंकले जनाएको छ । केन्द्रीय बैंकको नोट व्यवस्थापन विभागका अनुसार काठमाडौँ उपत्यकाभित्र यही असोज ४ गते सोमबारदेखि इजाजतप्राप्त वाणिज्य बैंकका […]

अमेरिकी र चिनियाँ मुद्रा नेपालमा झन् कमजोर

आर्थिक महाशक्ति राष्ट्रहरू अमेरिका र चीनको मुद्रा नेपालमा थप कमजोर भएको छ । गत शुक्रबार नेपालमा एक अमेरिकी डलरको ११७ रुपैयाँ ३३ पैसा र बिक्री दर ११७ रुपैयाँ ९३ पैसा थियो । आज यो सो मुद्राको खरिददर ११७ रुपैयाँ २७ पैसा र बिक्री दर ११७ रुपैयाँ ८७ पैसा कायम भएको छ । नेपाल राष्ट्र बैंकले […]

अवैध सम्पत्तिलाई वैध बनाउन चलखेल

काठमाडौं। राजस्व छुटमा विवादास्पद निर्णय गरेको सरकारले लगानीमा आयस्रोतको खोजी नगर्नेगरी आयकर ऐन संशोधन गर्ने अर्को विवादास्पद निर्णय गरेको छ। गैरकानुनी रूपमा उच्च राजनीतिक नेतृत्व, व्यापारी, भ्रष्ट कर्मचारीले कमाएको पैसा वैधानिक बनाउने ध्येयले ‘लगानीको आयस्रोत खोजिने छैन’ भन्ने व्यवस्था राखेर ‘आयकर ऐन संशोधन’ गर्न लागिएको हो। अर्थमन्त्री जनार्दन शर्माले संसद्मा पेस गरेको आर्थिक अध्यादेशमा ‘आयकर […]

निक्षेपको ब्याजदर नै दोहोरो अंकमा,२७ ओटै वाणिज्य बैंकहरूले बिहीवार छुट्टाछुट्टै सूचना जारी गर्दै नयाँ ब्याजदर

काठमाडौं। ऋणको ब्याजदर एकल अंकमा झार्नुपर्छ भनेर बहस भइरहेका बेला मुद्दती निक्षेप (फिक्स डिपोजिट) को ब्याजदर नै दोहोरो अंकमा पुगेको छ । २७ ओटै वाणिज्य बैंकहरूले बिहीवार छुट्टाछुट्टै सूचना जारी गर्दै नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । त्यसमा केही बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर १० प्रतिशतभन्दा माथि पुर्‍याएका छन् । अधिकांश बैंकको मुद्दती निक्षेपको ब्याजदर ९ […]

आजदेखि देशभरका ४३ स्थानमा सुपथ मूल्य पसल सञ्चालन

  काठमाडौं। सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि ४३ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । सुपथ मूल्य पसल ३९ जिल्लामा ४३ स्थानमा सञ्चालन हुँनेछ । सरकारले चाडपर्वको अवसरमा हरेक वर्ष दशैँ, तिहार र छठ पर्वका बेला सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ । कम्पनीले यस वर्ष चामल, […]

इतिहासमै पहिलो पटक बजेट ‘होलिडे’: दोषी को?

    मधुजंग पाण्डे,काठमाडौं। नेपालमा बजेट प्रणाली सुरु भएदेखि हालसम्मको ७० वर्षको इतिहासमा पहिलोपटक बहुमतप्राप्त सरकार आफ्नै ढुकुटीमा भएको खर्चसमेत गर्न नपाउने संवैधानिक बन्देजको अवस्थामा पुगेको छ । यस्तो ‘बजेट होलिडे’ सर्वप्रथम नेपालमा २००८ सालबाट बजेट प्रणाली सुरु भएदेखिको इतिहासमा पहिलोपटक भएको हो । त्यसयता हरेक सरकारले विविध समस्या बाबजुद पनि बजेट संसद्बाट पारित गराएर […]

अहिलेको अवस्थाले हामी तदर्थवादमा चलिरहेको देखाउँछ -अर्थविद् डा. चन्द्रमणि अधिकारी

  काठमाडौं । अर्थविद् डा. चन्द्रमणि अधिकारीले अहिले दलहरुले समाधान खोजेर मुलुकलाई निकास दिनुपर्ने बताए । उनले भने,‘अहिलेको अवस्थाले हामी तदर्थवादमा चलिरहेको देखाउँछ । समयमै बजेट प्रस्तुत गर्ने, समयमै प्रि–बजेट गराउने कुरा संविधानमै व्यवस्था गरिएको छ, तर हामीकहाँ छलफल नै हुँदैन् । हाम्रो राजनीतिक नेतृत्व र सरकार गम्भीर रहनेछ भन्ने मनोविज्ञान देखिन्छ ।’ आज (बुधबार) […]

आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ५९ पैसा र बिक्रीदर ११८ रुपैयाँ १९ पैसा रहेको छ ।   यसैगरी युरो एकको खरिददर १३८ रुपैयाँ ८१ पैसा र बिक्रीदर १३९ रुपैयाँ ५२ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६३ […]

चिनीको मूल्य बढाउन चलखेल

काठमाडौं । चिनी उद्योगी र व्यापारीसँग मिलेमतो गरी सरकार नै चिनीको अभाव गराउन लागिपरेको छ । चिनी उद्योगीहरूसँगको मिलेमतोमा अर्थ मन्त्रालयले नै बजारमा चिनीको अभाव हुने वातावरण तयार गरेको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चिनी आयात अनुमति माग्दै पटक–पटक पत्र पठाइसकेको छ । तर, अर्थ मन्त्रालयका जिम्मेवारी अधिकारीहरू सो पत्र रोक्दै चिनीको अभाव […]