सुनकाे भाउ ताेलाकाे एक लाख एक सय

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य सोमबार तोलामा दुई सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको एक लाख एक सय रुपैयाँ कायम भएको छ । आइतबार सुन तोलाको एक लाख तीन सय रुपैयाँमा कारोबार भएको थियो । आज तेजावी सुनको भाउ तोलाको ९९ हजार ६ सय रुपैयाँ […]

बाेलिकाे पक्का ओलिले पुरागरे हलेसिलाई चढाउँछु भनेकाे भेटि रकम पठाएर

खोटाङ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खोटाङको हलेसी मन्दिर र मारातिका गुम्बामा चढाएको चार लाख भेटी हस्तान्तरण गरिएको छ । चैत १९ मा दिक्तेलको माटिकोरेमा नेकपा एमालेले आयोजना गरेको जनसभालाई सम्बोधन गर्नुअघि हलेसी मन्दिर प्राङगणमा अध्यक्ष ओलीले भेटी चढाउने घोषणा गरे अनुसार हलेसी मन्दिरमा दुई लाख र मारातिका गुम्बामा दुई लाख भेटी हस्तान्तरण गरिएको […]

खाेटाङमै पहिलाे चिस्यान केन्द्र स्थापना,भट्टराईले गरे उद्घाटन

खाेटाङ। खाेटाङकाे दिक्तेल रुपाकाेट मझुवागढी नगरपालिका १४ स्थित बुइपामा ३० टन भारक्षेमताकाे चिस्यान केन्द्र संचालनमा ल्याइएको छ। सङ्घीय सांसद निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र दिक्तेल रुपाकाेट मझुवागढी नगरपालिकाकाे आर्थिक तथा प्राविधिक सहयाेगमा निर्मित उक्त चिस्यान केन्द्रकाे आज एक समाराेह बिच एमाले प्रमुख सचेतक तथा माननीय बिशाल भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न भएकाे छ। जिल्लामै पहिलाे […]

सहिद गेटको उद्घाटन प्रचण्डले गर्ने

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज सिरहा जाँदैछन् । प्रचण्डले त्यहाँ सहिद गेटको उद्घाटन गर्ने कार्यक्रम छ । तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको १० वर्षे सशस्त्र विद्रोहको क्रममा सहादत प्राप्त गरेका सहिदको स्मृतिमा गेट बनाइएको छ । २०७० को संविधानसभा निर्वाचनमा सिरहा प्रचण्डको निर्वाचन क्षेत्र भएको जिल्ला पनि थियो । क्षेत्र […]

खाना पकाउने ग्यासको मूल्य १,६०० प्रति सिलिन्डर

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य २५ रुपैयाँले वृद्धि गरेको छ । मंगलबार बसेको निगम सञ्चालक समितिको बैठकले २२ गत्ते  राति १२ बजेदेखि लागू हुनेगरी मूल्य वृद्धि गरेर १६ सय रुपैयाँ कायम गरेको हो । ‘प्रत्येक एलपी ग्यास उद्योगबाट ५० किलो मिटर परिधिभित्र अनिवार्य रुपमा लागू हुने गरी समान बिक्री मूल्य रु […]

भएन सुधार बैंकहरुको सीडी रेसियोमा

काठमाडौं। नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार वाणिज्य बैंकहरुले कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) मा सुधार गर्न सकेका छैनन् । बैंक वित्तिय संस्थाहरुले कर्जा–निक्षेप अनुपात २०७९ असार मसान्तसम्ममा निर्धारित ९० प्रतिशतको सीमाभित्र कायम गर्नुपर्ने गरी केन्द्रीय बैंकले निर्देशन जारी गरेको थियो । तोकिएको भन्दा बढी भएमा बैंक तथा वित्तिय संस्थाहरुले २०७९ असार मसान्त भित्र तोकिएको अनुपात कायम […]

मौरी पालनमा आकर्षण बढ्यो ,चरन क्षेत्र घट्यो

काठमाडौं । चितवनको रत्ननगर नगरपालिकाका पृथ्वीराज लामिछानेले १५ वर्षअघिसम्म मौरीको एउटै गोलाबाट वार्षिक ८५ किलोसम्म मह निकाल्थे । तर पछिल्ला वर्षहरुमा उनलाई प्रतिगोला २५ किलो मह उत्पादन गर्न पनि कठिन भएको छ ।  “विसं २०५३ देखि दुई  गोलाबाट मौरीपालन व्यवसाय गर्दै आएको हुँ । विसं २०६३ सम्म एउटा गोलाबाट ८० देखि ९० किलोसम्म मह काढ्थेँ”, […]

छाेरी जन्मनासाथ ” बालिका बचत” खातामार्फत ४ हजार दिँदै हलेसि नगरपालिका

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा ‘बालिका बचत’ कार्यक्रम अन्तरत १२९ छोरी समेटिएका छन् । छोरीलाई भन्दा छोरालाई प्राथमिकता दिने सामाजिक विभेद अन्त्याको प्रयास स्वरुप नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ बाट सुरु गरेको ‘बालिका बचत’ कार्यक्रममा १ साउन २०७७ देखि हालसम्म जन्मिएका छोरी समेटिएका हुन् । कार्यक्रम लागू भए यता जन्मिएका छोरीको नाममा खाता खोलेर र ३ […]

‘इनर्जी एक्सचेञ्ज मार्केट’मा लगातार बिजुलीको भाउमा वृद्धि

काठमाडौं । कोइला प्लान्टबाट बिजुली उत्पादन गर्ने भारतमा अत्यधिक मूल्यवृद्धि भएपछि त्यसको प्रत्यक्ष प्रभाव नेपालमा परेको छ । नेपाल विद्युत् प्राधिकरणले प्रतियुनिट ३८ रुपैयाँमा आयात गरेको बिजुली उपलब्ध गराइरहेको छ । ‘इनर्जी एक्सचेञ्ज मार्केट’मा लगातार बिजुलीको भाउमा वृद्धि भएपछि त्यसले पारेको प्रभाव कति समयसम्म जान्छ भन्ने कुनै अनुमान गर्न सकिँदैन । तर नेपालका लागि भने […]

फेरि बढ्याे पेट्राेल र डिजेलकाे मुल्य

काठमाडौ । भारतमा पेट्रोल र डिजेलको मूल्य फेरि बढेको छ। शुक्रबार भारतीय तेल मार्केटिङ कम्पनीहरूले फेरि मूल्य बढाएका छन्। दिल्लीमा पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर भारु ८० पैसाले बढेको छ। यसअघि मंगलबार पनि पेट्रोल र डिजेलको मूल्य उल्लेख्य रुपमा बढेको थियो। पछिल्लो चार दिनभित्र पेट्रोल र डिजेलको मूल्य २.४० भारुले बढेको छ। यो बढेको मूल्यसँगै […]