आजको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३० रूपैयाँ ९६ पैसा र बिक्री दर १३१ रूपैयाँ ५६ पैसा रहेको छ। युरो एकको खरिद […]
नि:शूल्क कम्पनी दर्ता र नवीकरण गर्ने व्यवस्थाबारे सरकारको घोषणा गफमै सीमित

काठमाडौं । नि:शूल्क कम्पनी दर्ता र नवीकरण गर्ने व्यवस्थाबारे सरकारको घोषणा गफमै सीमित भएको छ । गत जेठ १५ गते सरकारले ल्याएको बजेटमा यही साउन महिनादेखि लागू हुने भनी उक्त घोषणा गरिएको थियो । यद्यपि सरकारले राजपत्र सच्याउन नसक्दा उक्त सरकारी घोषणा कार्यान्वयन प्रभावित भएको हो । कम्पनी रजिष्ट्रार कार्यालयले एक सार्वजनिक सूचनामार्फत साउन १ […]
तस्करीको सुन बिक्रीमा संलग्न पाँच जनालाई थुनामा

काठमाडौं । काठमाडौँ जिल्ला अदालतले ‘भेप’को प्याकेटमा तस्करी गरी ल्याइएको सुन चोरी गरी बिक्री वितरणमा संलग्न रहेकामध्ये पाँच जनालाई थुनामा पठाउने आदेश दिएको छ । न्यायाधीश दीपक ढकालको इजलासले उक्त प्रकरणमा पक्राउ परी हाल हिरासतमा रहेका सुन चोरी र बिक्री वितरणमा संलग्न नायब सुब्बा रेवन्त खड्का, सेक्युरिटी गार्ड निर्मलकुमार विक, भन्सार एजेन्ट दिनेश बस्नेत, व्यापारी […]
छोटी भन्सार कार्यालय जीवजन्तुको वासस्थान र दुर्व्यसनीको आश्रयस्थल

कञ्चनपुर । बन्द रहेको कञ्चनपुरको बेलौरीस्थित छोटी भन्सार कार्यालयको उचित रेखदेख पुग्नसक्दा झाडीमा परिणत भई जीवजन्तुको वासस्थान र दुर्व्यसनीको आश्रयस्थल बन्न थालेको छ । कञ्चनपुर जिल्लाको पुरानो सदरमुकाम बेलौरी बजारको यो छोटी भन्सार कार्यालयको सञ्चालनको काम बन्द गरिएसँगै उचित रेखदेखको अभावमा जीवजन्तु र दुर्व्यसनीको आश्रयस्थल बन्न थालेको स्थानीयवासी केशवराज जोशीले बताए । सो कार्यालयले गर्ने […]
कुख्यात मिटरब्याजी रमानन्दको घर विप्लवकाे कब्जामा

काठमाडौं । सिद्धार्थनगर नगरपालिका वडा ५ मिलनचोक निवासी कुख्यात मिटरब्याजी रमानन्द बानियाँको घर कब्जा गरिएको छ । मिटरब्याजी पिडीतहरुको आग्रहमा जनता सहितको उपस्थितिमा नेकपाले उक्त घर नियन्त्रणमा लिएको हो । मिटरब्याजी बानियाँले रुपन्देहीका झण्डै डेढ सय भन्दा बढी किसानहरुलाई न्युनतम ७५ हजार देखि १० लाखसम्म ऋण दिएर कपालीतमसुक,दृष्टीबन्दक जस्ता क्रियाकलाप गरेर किसानका करोडौं रकम ब्याजका […]
मिटरब्याज पीडितले जनकपुरमा खुसीले र्याली निकाले

जनकपुरधाम । मिटरब्याजलाई अनुचित लेनदेन मान्ने विधेयक प्रतिनिधिसभाबाट पारित भएको खुसीमा मिटरब्याज पीडितले जनकपुरमा र्याली गरेका छन् । मिटरब्याज पीडित संघर्ष समितको आयोजनामा धनुषा, महोत्तरी र सिरहाका पीडितहरूले र्याली निकालेका हुन् । सरकारले बनाएको कानुन कार्यान्वयन गर्न उनीहरुले माग पनि गरेका छन् । जनकपुरको बाह्रविघा मैदानबाट सयौं पीडितको संख्यामा निस्कको र्याली रामानन्दचौक, पीडारीचौक, थापाचौक, मधेश […]
लुम्बिनी प्रदेश सरकारका पूर्वकृषि मन्त्री यादव बैंकिङ कसुर मुद्दामा पक्राउ

बुटवल । लुम्बिनी प्रदेश सरकारका पूर्वकृषि मन्त्री एवं एमाले नेता विजय यादव पक्राउ परेका छन् । बैंकिङ कसुर मुद्दामा पूर्वकृषिमन्त्री यादव बाँकेबाट पक्राउ परेका हुन् । आइतबार जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले यादवलाई डुडुवा गाउँपालिका १ होलियाबाट पक्राउ गरेको हो। रुपन्देही जिल्ला अदालतले बैंकिङ कसुर मुद्दामा यादवको नाममा पक्राउ पुर्जी जारी भएअनुसार जिल्ला प्रहरी […]
आयल निगमले लागू गर्याे स्वचालित मूल्य प्रणालि, घट्याे पेट्राेलकाे भाउ

काठमाडौं । नेपाल आयल निगमले आजै रातिबाट लागु हुने गरी स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याउने भएको छ । पत्रकार सम्मेलन गर्दै डिजेलमा २ प्रतिशत र २.५ प्रतिशत नाफा लिने गरी अब स्वचालित मूल्यमा जाने निर्णय गरिएको जानकारी दिइएको छ । नेपाल आयल निगमको यो निर्णयले एलपी ग्यासको मूल्यमा १० रुपैयाँ कम हुनेछ भने पेट्रोलमा ६, […]
भोलिदेखि इन्धनमा स्वचालित मूल्य लागु गरिँदै

नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य (अटोप्राइस) मूल्य प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने भएको छ ।प्रभावकारी रूपमा कार्यान्वयनमा आउन नसकेको स्वचालित मूल्य पूर्ण रूपमा कार्यान्वयन गर्न लागिएको हो । सरकारको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा समेत स्वचालित मूल्य प्रणाली लागु गर्ने उल्लेख गरे पनि कार्यान्वयनमा आउन सकेको थिएन । निगमले २०७१ सालदेखि […]
सरकारले साउनदेखि श्रमिकको न्यूनतम ज्याला बढाउने

काठमाडौं । सरकारले साउनदेखि श्रमिकको न्यूनतम ज्याला बढाउने तयारी थालेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले साउनदेखि श्रमिकको न्यूनतम ज्याला बढाउने तयारी गरेको हो । मन्त्रालयका सहसचिव एवं प्रवक्ता डण्डुराज घिमिरेको नेतृत्वमा रहेको पारिश्रमिक निर्धारणका लागि गठित सुझाव समितिले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई श्रमिकको ज्याला बढ्नेगरी सिफारिस गरेको छ । सरकारले […]
