कुमारी बैंककाे क्रिसमस अफर

काठमाडौँ । कुमारी बैंक लिमिटेडले आउदै गरेको क्रिस्मस, यःमरि पुन्हि तथा तमु ल्होसारलाई लक्षित गरि नागरिक बचत खातामा आफ्ना ग्राहक महानुभावहरूको सेवा–सुविधालाई मध्यनजर गर्दै  चाड पर्वको अवसरमा आर्कषक छुट तथा  अफरहरु प्रदान गर्ने निर्णय गरेको छ । आउँदो पुस ८ गते देखी २० गते सम्म नयाँ खोलिने खातामा पहिलो एक वष सम्म डेबिट कार्ड, मोबाईल […]

नेपाल एयरलाइन्सको आम्दानी गत तीन वर्षमा दोब्बर

काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को आम्दानी गत तीन वर्षमा दोब्बरभन्दा बढीले वृद्धि भएको छ । महालेखापरीक्षकको लेखापरीक्षण प्रतिवेदनअनुसार निगमको कूल आम्दानी आव २०७७/७८ मा नौ अर्ब १० करोड ९७ लाख ३१ हजार आठ सय ४५ रहेको थियो । आव २०७८/७९ मा रु १६ अर्ब ४६ करोड ३२ लाख ६० हजार तीन सय ३३ रहेको निगमको […]

एनसेलको शेयर खरिद बिक्री सम्बन्धि सर्वाेच्चद्वारा लिखित जवाफ माग

काठमाडौँ । सर्वोच्च अदालतले एनसेलको शेयर खरिद बिक्रीविरुद्ध परेको रिट निवेदनमा सरकारसँग कारण देखाउ आदेश गरेको छ । न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले आज अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाएर सरकारसँग कारणसहित १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश गरेको हो । “दुवै पक्षलाई राखी छलफल गराउन उपयुक्त भएको देखिँदा सो प्रयोजनार्थ मिति २०८०र०९र१६ को […]

नेफ्स्कुन सञ्चालकमा किरण वर्तौलाको उमेद्वारी घोषणा

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन)को पौस ७ र ८ गते काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानमा हुन गइरहेको ३२ औं साधारण सभाले आगामी चार वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने भएको हुँदा नवमैत्री बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष किरण बर्तौलाले नेफ्स्कुन संचालक समिति सदस्य पदका लागि उमेद्वारी दिने घोषणा गरेका छन् […]

मासिक कराेडाैँ घाटापछि मेडिसिटि हस्पिटल बिक्रिकाे तयारिमा

ललितपुर। व्यवसायी उपेन्द्र महतो पूर्ण लगानि रहेकाे नेवालकै एक अन्तराष्ट्रिय स्तरकाे भनिएकाे मेडिसिटी अस्पताल बिक्रीको तयारीमा लागेका छन्। महतोले मेडिसिटी अस्पताल बिक्रीका लागि भारतीय उद्योगपतिहरूसँग गरिरहेको डिल अन्तिम चरणमा पुगेको श्राेतले बताएकाे छ। हाल अस्पतामा कार्यरत विभिन्न डिपार्टका मजदुरहरुलाई पारिश्रमिक समेत समयमा दिन नसक्ने अवस्थामा पुगेकाे मेडिसिटि अस्पतालमा उपचारका लागि आयको सेवाग्राहिलाइ आवस्यक मेडिसियन समेत […]

ऐसेलुखर्क :ठेल्दै ढल्छ स्वास्थ्य चाैकिकाे भित्ता

खोटाङ । खोटाङको ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेलस्थित स्वास्थ्यचौकी भवन निर्माणको काम अलपत्र परेको छ । दुई वर्षअघि नै निर्माणकार्य सम्पन्न स्वास्थ्यचौकी भवन निर्माणको काम गौरी पार्वती न्यु टेक्निकल जेभी, ललितपुरको चरम ढिलासुस्तीका कारण अलपत्र परेको बताइएकाे छ। भुइँतलाको पर्खालमा प्लास्टर गरिसकिएको भवनको माथिल्लो तलामा भने पर्खालहरु लगाउन बाँकी देखिन्छ । गौरी पार्वती न्यु टेक्निकल जेभीले २०७८ […]

एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुद्वारा एनसेल कार्यालय घेराउ

काठमाडौं । नेकपा (एमाले) को विद्यार्थी संगठन अनेरास्ववियुले आज एनसेल कार्यालय घेराउ गरेको छ । कार्यालय घेराउ गर्दै अगाडि विरोध प्रदर्शन गरेको हो । एनसेलको शेयर खरिदबिक्री चलखेलविरूद्ध लैनचौरस्थित एनसेल कार्यालयमा प्रदर्शन सुरु भएको अनेरास्ववियुका उपाध्यक्ष गोविन्द गिरीले बताए । प्रदर्शनमा सहभागीहरुले एनसेल बाइकट भन्दै सीमकार्ड समेत जलाएका छन् । माफिया पोस्ने गठबन्धन सरकार मुर्दावाद, […]

६ लाख ५० हजार बराबरको थाईराईड जाँच मेसिन सामाजिक व्यक्तित्व गणेश प्रधानद्वारा कमल नगर अस्पताललाई प्रदान

डिकेन्द्र बस्नेत, झापा । झापाको कमल गाँउ पालिका स्थित कमल नगर अस्पताल क्याम्पालाई सामाजिक व्यक्तित्व गणेश प्रधानले थाईराइड जाँच उपकरण प्रदान गरेका छन। कमल गाउँ पालिका अध्यक्ष तथा नगर अस्पतालका अध्यक्ष हुकुम सिह राईलाई शुक्रबार उनलेे हस्तान्तरण गरेका हुन । गणेश सर्जिकल दमकका प्रोपाइटर तथा कमल गाउँपालिका वडा नम्बर ५ निवासी प्रधानले गाउँ पालिकाबासीहरुको स्वास्थ्य […]

नेपाल प्रज्ञा–प्रतिष्ठान : ककटेलकाे लाेभमा हल भाडा फ्रि गर्दै प्राज्ञहरु

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानको केही आम्दानीको स्रोत मध्ये हल भाडा  मुख्य हाे  र त्याे स्रोतमा पनि नेपाल प्रज्ञा–प्रतिष्ठानका पदाधिकारीहरुले मनोमानी रुपमा छुट दिने र भोज भतेरमा सरिक हुने गरेको तथ्य लोकसंवादमा प्राप्त भएको छ । पैसा छैन भनेर हल निःशुल्क माग्ने भाषा विज्ञान समाज र हल निःशुल्क दिने प्रज्ञा–प्रतिष्ठानले कालोपुलस्थित शुभम् बेङ्क्वेटमा रात्रिकालीन कक्टेल डिनरमा  रक्सीको चुस्कीमा प्राज्ञहरूलाई […]

मिटरब्याज सम्बन्धी चार सय ३८ उजुरी फर्छ्यौट

पर्सा । जिल्ला प्रशासन कार्यालय पर्साले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी परेको उजुरीमध्ये हालसम्म चार सय ३८ उजुरी फर्छ्यौट गरेको छ। अनलाइनबाट दर्ता भएका एक हजार तीन सय २१ उजुरीमध्ये छलफल विधिबाट चार सय ३८ वटा उजुरी पीडितको पक्षमा फर्छ्यौट गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले जानकारी दिए। यस्तै सहमति नभएपछि दुई मुद्दा दर्ता […]