‘मनको लड्डु घ्यूसँग खानु’जस्तै ओलीको चाहना

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) जसरी भए पनि यो सरकार ढाल्ने षड्यन्त्रमा लागेको छ । त्यसो त नेपाली कांग्रेससँगको सहकार्य तोड्न एमाले अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई तेस्रोपटक प्रधानमन्त्री नबनाएको होइन । तर, एमालेका अध्यक्ष ओलीको नियत ठिक नदेखेपछि प्रचण्ड पुनः ‘घुमिफिरी रुम्जाटार’ भनेझैं कांग्रेससँगको गठबन्धनमा फर्कन बाध्य भए । प्रचण्डलाई […]

एमालेले प्रचार विभागमा ११जना मनाेनित गर्याे

काठमाडौं ।नेकपा (एमाले)ले पार्टीको प्रचार तथा प्रकाशन विभाग विस्तार गरेको छ । विभागका सचिव गगन विष्टले थप ११ जनालाई विभागको सदस्यमा मनोनीत गरिएको जानकारी दिए । उनका अनुसार काठमाडौंका महेन्द्र विष्ट, बाँकेका अछरी पोखरेल, सुर्खेतका सूर्यमणि गौतम, कैलालीका हेमन्त पौडेल, सुनसरीका लीलाराज भट्टराई, पर्साका लालबाबु शेख, लमजुङका गणेश पाण्डे, रुपन्देहीका दीपक ज्ञवाली र शेरबहादुर केसी, […]

रास्वपा खाेटाङले वडा समिति गठनमा दियाे तिब्रता

खाेटाङ। राष्ट्रिय स्वतन्त्र पार्टी खोटाङले दिक्तेल रुपाकोट मझुवगढी नगरपालिका -३ बाम्राङमा दोश्रो वडा समिति गठन गरेको छ । भेलाले भानुभक्त खत्री (रोशन) को संयोजकत्वमा ११ सदस्य समिति गठन गरेको हो । समितिको सह-संयोजकमा आस्विन राई (किरण), सचिवमा मीना आचार्य पाण्डे, सह-सचिवमा कुमार थापा, कोषाध्यक्षमा दुर्गा रम्तेल, सदस्यहरुमा कल्पना बस्नेत, शिव दाहाल, सन्दीप दाहाल, नबिन थापा, […]

वडाध्यक्ष चौहानद्वारा नगरपालिको २०८०/८१ नीति तथा कार्यक्रम बजेट बहिष्कार

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढीका ८ नम्बर वालुङका वडाध्यक्ष लिला कुमार चौहानले २०८०/८१ नीति तथा कार्यक्रम बजेट दोस्रो बैठकको सुन्य समयमा बोलेर बहिष्कार गरेका छन् । सोमबार होटल ईन्द्रेणीमा पत्रकार सम्मलेन गर्दै  नीति तथा कार्यक्रम बहिष्कार गरेका हुन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नवौ नगर सभा नीति कार्यक्रम पास भए नगरबासीको हितमा नरहेको जनतालाई […]

काँग्रेस शिर्ष नेताहरुकाे बैठक बिहान नाै बजे

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरुको बैठक बोलाएका छन् । आज केनद्रीय समिति बैठक बस्नुअघि बिहान ९ बजे धुमबाराहिस्थित निवासमा शीर्ष नेताहरुको बैठक बोलाएका हुन् । शीर्ष नेताहरुको बैठकमा केन्द्रीय समिति बैठकका एजेण्डाबारे छलफल हुने छ । कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले शीर्ष नेताहरुको बैठकले केन्द्रीय समितिको बैठकका एजेण्डा तय गरेर […]

रास्वपा सांसद ताेसिमाले मागिन् स्वास्थ्य मन्त्री बस्नेतकाे राजिनामा

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा : तोसिमा कार्कीले स्वास्थ्य तथा जनसंख्या मन्त्री माृहन बहादुर बस्नेतकाे  राजीनामा मागेकी छन् । सांसद कार्कीले मंगलबार राति सामाजिक सञ्जालमार्फत मन्त्री बस्नेतको राजीनामा मागेकी हुन् । स्वास्थ्य मन्त्री बस्नेतले सरुवा गरेको ठाउँमा जान्न भन्दै आत्महत्या गर्ने धम्की दिने कर्मचारीलाई डोरी दिन्छु, मेरै गेटमा झुन्डिन आउनु भन्ने विवादास्पद अभिव्यक्ति […]

२०८४ सालमा बहुमत ल्याएर सरकार बनाउँछौँ, अहिले सरकारमा जाँदैनौँ : अध्यक्ष ओली

काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०८४ सालमा बहुमत ल्याएर एमालेले सरकार बनाउने बताएका छन् । मंगलबार बागमती प्रदेश कमिटी बैठकलाई सम्बोधन गर्दै उनले अहिले सरकारमा नजाने भन्दै २०८४ मा ५१ प्रतिशत जित निकालेर आफ्नै एकल सरकार बनाउने मिसनमाम आफूहरु लाागेको बताएका हुन् । अहिले हामी अब मिसन ०८४ र मिसन […]

मन्त्रिपरिषद् बैठक सुरू

काठमाडौं। मन्त्रिपरिषद् बैठक सुरू भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरू भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठकमा सरकारका नियमित कामकारबाहीमाथि छलफल हुने बताइएको छ।

एमाले बागमती प्रदेश कमिटीको प्रथम अधिवेशन आगामी माघ ८ र ९ गते काठमाडौँमा

काठमाडौँ । नेकपा (एमाले) को बागमती प्रदेश कमिटीको प्रथम अधिवेशन आगामी माघ ८ र ९ गते काठमाडौँमा हुने भएको छ । सो कमिटीका अध्यक्ष केशव पाण्डेको अध्यक्षतामा भएको आयोजक कमिटीका पदाधिकारीको तेस्रो बैठकले अधिवेशन सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरेको छ । अधिवेशनका लागि आगामी माघ २ गतेभित्र प्रतिनिधि छनोट गरिसक्नुपर्ने तय गरिएको उपसचिव गुरुङले […]

प्रमुख प्रतिपक्षले राजीनामा माग्दैमा दिनुपर्ने हो ? : प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षले राजीनामा माग्दैमा दिनुपर्ने हो भन्दै प्रश्न गरेका छन् । संसदमा स्पष्टीकरण दिँदै प्रचण्डले तीन दिनसम्म किन संसद् अवरुद्ध गरियो भन्दै प्रश्न गरेका हुन् । ‘म सुरुदेखि स्पष्ट पार्न बसेको थिए । मलाई थाहा छैन किन संसद् अवरुद्ध गरियो ? राजीनामा नआएसम्म संसद् चल्न दिँदैन किन भनियो बुझ्न सकेको […]