कम्युनिष्टहरु किर्ना हुन : कोइराला

इटहरी । नेपाली काँग्रेस केन्द्रीय सदस्य राजीव कोइरालाले कम्युनिस्ट सँग गठबन्धन गरेर काँग्रेसले गल्ती गरेको बताएका छन् । कम्युनिस्ट र किर्नाको चरित्र मिल्ने भएकाले काँग्रेसलाई चुस्ने सँग गठबन्धन गर्न नहुने बताए । नेपाली काँग्रेस इटहरी उपमहानगर समितिको नगर सम्मेलनमा सम्बोधन गर्दै कोइरालाले काँग्रेस आफैमा सक्षम र सबल भएको धारणा राखे । विचार, सिद्धान्त र सङ्गठनका […]

उपमहानगर सम्मेलनमा नेताहरूले गुटबन्दी अन्त्य गर्ने

इटहरी । नेपाली काँग्रेस इटहरी उपमहानगर सम्मेलनमा नेताहरूले गुटबन्दीको अन्त्य गर्ने र मिलेर जाने धारणा राखे । तर कार्यक्रमको सुरुमै प्रदेश सदस्य सूर्य राई र महाधिवेशन प्रतिनिधि विकाश केसी बिच विवाद भयो । राईले बोल्न पाउनुपर्ने अडान राखेपछि आफूहरूले मिलाएर दिने उपमहानगर सचिव मन्दीप भट्टराईले जवाफ दिए । जसरी पनि बोल्न पाउनुपर्ने राईको अडान पछि […]

रेशम चौधरीको पार्टीले सरकारलाई दियो तीन दिनको अल्टिमेटम , माग पुरा नभए समर्थन फिर्ता

रेशम चौधरीको पार्टीले सरकारलाई दियो तीन दिनको अल्टिमेटम , माग पुरा नभए समर्थन फिर्ता काठमाडौं । नागरिक उन्मुक्ति  पार्टीले सर्वोच्च अदालतको फैसलाविरुद्ध नेपाल बन्दको घोषणा गरेको छ। बुधबार एक विज्ञप्ति जारी गर्दै जेठ ६ देखि १० गतेसम्म नेपाल बन्दको घोषणा गरेको हो। टीकापुर घटनामा रेशम चौधरीलाई सर्वोच्च अदालतले जिल्ला र उच्च अदालतको फैसला सदर गर्दै […]

मधेश प्रदेशसभाको बैठक आज बस्ने

धनुषा । मधेश प्रदेशसभाको बैठक आज बस्न लागेको छ । आज दिउँसो २ बजे प्रदेशसभा बैठक बस्न लागेको प्रदेशसभा सचिवालले जनाएको छ । महालेखापरीक्षकको कार्यालयबाट प्रदेश प्रमुख हरिशङ्कर मिश्रसमक्ष पेस गरिएको वार्षिक प्रतिवेदन २०७९, अर्थमन्त्री सञ्जयकुमार यादवले आजको बैठकमा प्रस्तुत गर्ने र त्यसअघि विशेष समयमा सांसदहरुले समसामयिक विषयमा आफ्नो धारणा राख्ने सम्भावित कार्यसूची रहेको प्रदेशसभा […]

नेकपा एसले आज ३० औँ मदनआश्रित स्मृति दिवस मनाउदै

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी ( एकीकृत समाजवादी) ले आज  बुधबार ३० औँ मदनआश्रित स्मृति दिवस मनाउदै छ । पार्टी केन्द्रीय कार्यालय अलोकनगरमा दिवसका सन्दर्भमा आज जेठ ३ गते पार्टीका अध्यक्ष माधवकुमार नेपालसहित नेताको उपस्थितिमा श्रद्धाञ्जलीसभालगायत कार्यक्रम गर्न लागेको हो । मदनआश्रितको योगदानबारे पार्टी निकट सङ्गठनले सबै जिल्लामा श्रद्धाञ्जलीसभा, खेलकुद प्रतियोगिता गर्ने उपमहासचिव एवं प्रचार […]

रास्वपा खाेटाङद्वारा खाेटाङ काठमाडौं सम्पर्क बिभाग गठन

काठमाडौं ।केही दिन अघि खाेटाङमा जिल्ला सम्पर्क कार्यलय खाेलेकाे राष्ट्रिय स्वतन्त्र पार्टि ( रास्वपा )ले खाेटाङ काठमाडौं सम्पर्क विभाग गठन गरेकाे छ। काठमाडौ निर्वाचन क्षेत्र नम्मर ७ बाट संविधान सभा सदस्य निर्वाचित माननीय गणेश पराजुलि  सहितकाेे उपस्थितिमा काठमाडाैकाे सुकेधारा स्थित पार्टिप्यालेसमा आज एक कार्यक्रमगरी खाेटाङकाे दसवटै स्थानिय तहबाट प्रतिनिधित्व हुनेगरी रुद्र जाेशीकाे संयाेजकत्वमा सम्पर्क विभाग […]

राँकेजुलुस हस्तक्षेप गर्न खोज्दा १० प्रहरी र १२ पहिचान पक्षधर घाइते

दमक।पहिचान पक्षधर र प्रहरीबीच झडप हुँदा दुवै तर्फका गरेर एक दर्जन घाइते भएका छन् । कोसी प्रदेश नाम खारेजीको माग राख्दै मंगलबार पहिचान पक्षधरले निकालेको राँकेजुलुस प्रहरीले निभाउन खोज्दा झडप भएको हो । झडपका क्रममा प्रहरीतर्फ दशजना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । उनका अनुसार इलाका प्रहरी […]

नागरिक उन्मुक्ति पार्टी र लोकतान्त्रिक समाजबादी पार्टीको १.न. प्रदेश पदाधिकारी,जनबर्गिय संगठनहरु एकता गरेको घोषणा

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी र लोकतान्त्रिक समाजबादी पार्टीको १.न. प्रदेश पदाधिकारी,जनबर्गिय संगठनहरु एकता गरेको घोषणा गरेका छन। नागरिक उन्मुक्ति पार्टीसंग एकता गर्दै लोसपाको १.न. प्रदेश युवा अध्यक्ष रोशन लिम्बुले आफुहरुले अहिले बैकल्पिक शक्ति निर्माणमा लागि परेको बताएका छन। उनले थप्दै भने किरात लिम्बुवान हाम्रो मुख्य एजेन्डा हो र हामी यस प्रति प्रतिबद्ध छौं।अहिले चोइटिएर […]

नवनियुक्त तीन मन्त्रीको शपथ ग्रहण भोलि ३ बजे

काठमाडौँ । नवनियुक्त तीन मन्त्रीको शपथ ग्रहण बिहीबार मात्र हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलका परराष्ट्र सल्लाहकार सुरेश चालिसेले नवनियुक्त मन्त्रीको शपथ भोलि दिउँसो ३ बजे हुने रातोपाटीलाई जानकारी दिए । राष्ट्रपति पौडेलले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिशमा कांग्रेस उपसभापति धनराज गुरुङलाई कानुन, केन्द्रीय सदस्य मोहन बस्नेतलाई स्वास्थ्य र कांग्रेस मोरङ जिल्ला सभापति […]

देशको राजनीति र अर्थतन्त्र सङ्कटबाट क्रमशः सुधारको बाटोमा छ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको राजनीति र अर्थतन्त्र सङ्कटबाट क्रमशः सुधारको बाटोमा गएको भन्दै आफ्नो कार्यकालको अन्तिमसम्म उत्साहजनक नतिजा देखिने बताएका छन् । आज साँझ काठमाडौँमा पूर्वप्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवद्वारा लिखित ‘गोठालादेखि प्रमुख निर्वाचन आयुक्तसम्म आत्मवृत्तान्त’ पुस्तकको लोकार्पण गर्दै प्रधानमन्त्री दाहालले तेस्रो कार्यकालको अन्तिमसम्म दोस्रो कार्यकालकोभन्दा राम्रो नतिजा देखिने बताए । […]