काँग्रेस शिर्ष नेताहरुकाे बैठक बिहान नाै बजे

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरुको बैठक बोलाएका छन् । आज केनद्रीय समिति बैठक बस्नुअघि बिहान ९ बजे धुमबाराहिस्थित निवासमा शीर्ष नेताहरुको बैठक बोलाएका हुन् । शीर्ष नेताहरुको बैठकमा केन्द्रीय समिति बैठकका एजेण्डाबारे छलफल हुने छ । कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले शीर्ष नेताहरुको बैठकले केन्द्रीय समितिको बैठकका एजेण्डा तय गरेर […]
रास्वपा सांसद ताेसिमाले मागिन् स्वास्थ्य मन्त्री बस्नेतकाे राजिनामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा : तोसिमा कार्कीले स्वास्थ्य तथा जनसंख्या मन्त्री माृहन बहादुर बस्नेतकाे राजीनामा मागेकी छन् । सांसद कार्कीले मंगलबार राति सामाजिक सञ्जालमार्फत मन्त्री बस्नेतको राजीनामा मागेकी हुन् । स्वास्थ्य मन्त्री बस्नेतले सरुवा गरेको ठाउँमा जान्न भन्दै आत्महत्या गर्ने धम्की दिने कर्मचारीलाई डोरी दिन्छु, मेरै गेटमा झुन्डिन आउनु भन्ने विवादास्पद अभिव्यक्ति […]
२०८४ सालमा बहुमत ल्याएर सरकार बनाउँछौँ, अहिले सरकारमा जाँदैनौँ : अध्यक्ष ओली

काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०८४ सालमा बहुमत ल्याएर एमालेले सरकार बनाउने बताएका छन् । मंगलबार बागमती प्रदेश कमिटी बैठकलाई सम्बोधन गर्दै उनले अहिले सरकारमा नजाने भन्दै २०८४ मा ५१ प्रतिशत जित निकालेर आफ्नै एकल सरकार बनाउने मिसनमाम आफूहरु लाागेको बताएका हुन् । अहिले हामी अब मिसन ०८४ र मिसन […]
मन्त्रिपरिषद् बैठक सुरू

काठमाडौं। मन्त्रिपरिषद् बैठक सुरू भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरू भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठकमा सरकारका नियमित कामकारबाहीमाथि छलफल हुने बताइएको छ।
एमाले बागमती प्रदेश कमिटीको प्रथम अधिवेशन आगामी माघ ८ र ९ गते काठमाडौँमा

काठमाडौँ । नेकपा (एमाले) को बागमती प्रदेश कमिटीको प्रथम अधिवेशन आगामी माघ ८ र ९ गते काठमाडौँमा हुने भएको छ । सो कमिटीका अध्यक्ष केशव पाण्डेको अध्यक्षतामा भएको आयोजक कमिटीका पदाधिकारीको तेस्रो बैठकले अधिवेशन सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरेको छ । अधिवेशनका लागि आगामी माघ २ गतेभित्र प्रतिनिधि छनोट गरिसक्नुपर्ने तय गरिएको उपसचिव गुरुङले […]
प्रमुख प्रतिपक्षले राजीनामा माग्दैमा दिनुपर्ने हो ? : प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षले राजीनामा माग्दैमा दिनुपर्ने हो भन्दै प्रश्न गरेका छन् । संसदमा स्पष्टीकरण दिँदै प्रचण्डले तीन दिनसम्म किन संसद् अवरुद्ध गरियो भन्दै प्रश्न गरेका हुन् । ‘म सुरुदेखि स्पष्ट पार्न बसेको थिए । मलाई थाहा छैन किन संसद् अवरुद्ध गरियो ? राजीनामा नआएसम्म संसद् चल्न दिँदैन किन भनियो बुझ्न सकेको […]
पार्टीका मुद्दामा संसद् रोकिने कुरामा रास्वपा स्वीकार्दैैन : सभापति रवि लामिछाने

काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेले संसद्लाई तीन दलले बन्धक बनाउन मिल्छ भनेर प्रश्न गरेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै लामिछानेले संसद्ले धेरै काम गर्नुपर्ने अवस्थामा तीन दलको मुड नचल्दैमा सदन अवरुद्ध हुन नहुने बताए । ‘पार्टीका मुद्दामा संसद् रोकिने कुरामा रास्वपा स्वीकार्दैैन’, लामिछानेको भनाइ छ । उनले प्रधानमन्त्रीको अभिव्यक्तिबारे अझ स्पष्ट पार्नुपर्ने भन्दै […]
संघीय संसदको प्रतिनिधि सभा बैठक आज दिउँसो १ बजे बस्ने

काठमाडौं । संघीय संसदको प्रतिनिधि सभा बैठक आज बस्दैछ ।बैठक दिउँसो १ बजेका लागि बोलाइएको संसद सचिवालयले जनाएको छ । आजको बैठकमा नेपाल विश्वविद्यालय विधेयक २०८० राष्ट्रिय सभाको सन्देशसहित टेबुल गर्ने कार्यतालिका छ । यस्तै, कानून न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८० पेस गर्ने छन् । […]
रास्वपाले जनताका मुद्दालाई पहिलो प्राथमिकतामा राखेको छ : सभापति लामिछाने

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टीले जनताका मुद्दालाई पहिलो प्राथमिकतामा राखेको बताएका छन् । लामिछानेले रास्वपा सरकारमा जाँदा पनि जनताका मुद्दालाई पहिलो प्राथमिकतामा राखेर गएको समेत दाबी गरे । रास्वपा लुम्बिनी प्रदेश कमिटीको आयोजनामा आजदेखि भैरहवामा आयोजित प्रदेशस्तरीय दुईदिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले जन्मसिद्ध नागरिकका सन्तानले नागरिकता पाउनु […]
समाजवादी मोर्चा, नेपालले सबै प्रदेशको राजधानीमा कार्यक्रम गर्ने

काठमाडौँ । समाजवादी मोर्चा, नेपालले सबै प्रदेशको राजधानीमा कार्यक्रम गर्ने भएको छ । शनिबार काठमाडौंको आलोकनगरस्थित नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालयमा बसेको मोर्चाको पहिलो बैठकले आफ्नो सन्देश दिने गरी सबै प्रदेशको राजधानी सहरमा केही दिनभित्रै औपचारिक कार्यक्रम गर्ने निर्णय गरेको हो । मोर्चाको सन्देश देशभर पुरयाउने गरी सबै प्रदेशको राजधानी सहरहरुमा केही दिनभित्र औपचारिक कार्यक्रम […]
