प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् बैठक बोलाए

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज अपराह्न ४ बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाइएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र नियमित एजेन्डाको विषयमा छलफल हुने बताइएको छ । साथै प्रधानमन्त्री प्रचण्डले आफ्नो आसन्न विदेश भ्रमणका विषयमा पनि बैठकमा जानकारी गराउनेछन् । प्रधानमन्त्री प्रचण्ड […]

तीन कराेडकाे हल्लामा रास्वपाभित्र हलचल

काठमाडौं । जनतासाभर वैकल्पिक राजनीतिक दलको रूपमा उदाउँदै गरेको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) मा आफ्नै सांसदलाई मन्त्रीबनाउन तीन करोड रुपियाँको लेनदेनको ‘डिल’ गरेको विषयलाई लिएर खैलाबैला मच्चिएको छ । पूर्व सांसद ठाकाकुमार श्रेष्ठले आफूलाई स्वास्थ्य मन्त्री बनाउन पार्टी सभापति रवि लामिछानेको कोर टिममा रहेका केन्द्रीय सदस्य मोहनजंग थापाले ३ करोड मागेको सञ्चार माध्यममा अन्तवार्ता दिएपछि खैलाबैला […]

सरकार टिकाउन नभएर भ्रष्टाचारविरुद्ध लागेको छु : प्रधानमन्त्री दाहाल

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू सरकार टिकाउन नभएर भ्रष्टाचारविरुद्ध लागेको बताएका छन् । सोमबार विराटनगरमा समाजवादी मोर्चा नेपालले आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै उनले आफूलाई सरकार कतिन्जेल टिक्छ भन्नेमा चिन्ता नभएको भन्दै भ्रष्टाचारविरुद्ध लागेको बताएका हुन्  । भुटानी शरणार्थी, ललिता निवास जग्गा प्रकरण, सुन प्रकरण लगायतका भ्रष्टाचार र भ्रष्टाचारीको विरुद्धमा सरकार लागेको […]

संसदका तीनवटा समितिको बैठक बस्दै

काठमाडौं । संसदका तीनवटा समितिको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार शुक्रवार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिसहित दिगो विकास तथा सुशासन समिति तथा विधायन व्यवस्थापन समितिको बैठक बस्नेछ । बिधायन समितिमा विद्युतीय व्यापार विधेयक, २०८० माथि दफावार छलफल हुनेछ भने दिगो ब्यवस्थापन समितिमा दिगो विकास लक्ष्य नंं ५ अन्तर्गत लैंगिक समानता तथा सामाजिक […]

कोसी प्रदेश सरकारविरुद्धको बहस आज पनि जारी रहने

काठमाडौँ । कोसी प्रदेश सरकारविरुद्ध नेकपा (एमाले)को रिटमा प्रतिवादीको बहस आज पनि जारी रहने भएको छ । निवेदक पक्षको बहस सकिएपछि प्रतिवादीको बहस सुरु भएको थियो । सर्वोच्च अदालतका न्यायाधीशत्रय सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा निरन्तर सुनुवाइ भएको थियो ।मंगलबारबाट प्रतिवादी कोसी प्रदेश सरकार पक्षको बहस भएको थियो । मुख्यमन्त्री […]

नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक आज दिउँसो १ बस्दै

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक बस्दैछ । बैठक आज दिउँसो १ बजे पार्टी कार्यालय आलोकनगरमा बस्ने छ । आगामी माघ १४ गतेदेखि सुरु हुने पार्टीको दसौँ महाधिवेशनको तयारी लगायतका विषयमा छलफल गर्न सचिवालय बैठक बोलाइएको हो । बैठकले रिक्त स्थानमा केही नेताहरूलाई जिम्मेवारी समेत तोक्ने तयारी गरेको छ । गत भदौ ७ गते […]

एमालेमा नेतृत्व फेर्ने कसरतमा,भण्डारीको इन्ट्री

काठमाडौं । निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किने चर्चा चलिरहेको छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)की पूर्वउपाध्यक्षसमेत रहेकी भण्डारी एमालेबाटै फेरि सक्रिय राजनीतिमा आउने चर्चाले अहिले बजार तातेको छ । एमालेको एक पक्ष भण्डारीलाई एमालेमा ल्याउन सक्रिय रूपमा लागेको छ भने अर्को पक्ष रोक्ने प्रयास गरिरहेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी […]

रास्वपा झापा क्षेत्र नं. ५ को सभापतिमा देवी प्रसाद पाठक

डिकेन्द्र बस्नेत,झापा। राष्ट्रिय स्वतन्त्र पार्टी झापा क्षेत्र नं. ५ को सभापतिमा देवी प्रसाद पाठक अत्यधिक भोट सहित निर्वाचित भएका छन । झापाको विर्तामोडमा शुक्रबार झापा जिल्ला व्यापी बसेको बैठकबाट क्षेत्रिय समितिले पूर्णता पाएको हो । समितिको उपसभापतिमा भेषराज भटट्राई र सचिवमा छत्रदेवी पौडेल निर्वाचित भएका छन । यस्तै सदस्यमा भरतबाबु कार्की र निर्मला शर्मा चयन […]

जसपाले मधेश प्रदेशका ८ जिल्लामा बृहत् विस्तारित बैठक गर्दै

मेवालाल यादव ,रौतहट। जनता समाजवादी पार्टी नेपाल जिल्ला समन्वय समिति रौतहटले बृहत् विस्तारित बैठक गर्ने भएको छ । रौतहट जिल्ला अध्यक्ष श्याम बिहारी यादवको अध्यक्षतामा शुक्रबार बसेको बैठकले आइतबार ८ वटै जिल्लामा बृहत् विस्तारित बैठक गर्ने निर्णय गरेको हो । बैठकमा पार्टीले रौतहट जिल्ला इन्चार्जको रुपमा रहेका राम बशिष्ट यादवलाई सर्लाही इन्चार्जको थप जिमेवारी पाएकोमा […]

एमाले मधेस प्रदेश समितिको असोज ५ र ६ गते हुने अधिवेशनको तयारी तीब्र

काठमाडौँ । नेकपा एमाले मधेस प्रदेश समितिको असोज ५ र ६ गते हुने अधिवेशनको तयारी तीब्र पारिएको छ । एमालेले मधेस प्रदेश अन्तर्गत रहेका विभिन्न कमिटीहरुको अधिवेशन धमाधम सम्पन्न गरिरहेको छ । साथै, मधेस प्रदेश कमिटीको अधिवेशनका प्रतिनिधि चयनको कामलाई पनि अगाडि बढाएको छ । एमाले मधेस प्रदेशका अध्यक्ष रामअवतार यादवका अनुसार प्रदेशको अधिवेशनका लागि […]