रास्वपाकाे सचिवालय गठन काे काे छन् त ? ( सूचिसहित )

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले १२ जना रहेको सचिवालय गठन गरेको छ । रास्वपाको जलेश्वरमा बसेको संसदीय दलको बैठकले १२ सदस्यीय पदाधिकारी गठन गरेको हो । रास्वपाले स्वर्णिम वाग्लेलाई उपसभापति, सुमना श्रेष्ठ र विपिन आचार्यलाई सहमहामन्त्री बनाएको छ । कोषाध्यक्षमा लिमा अधिकारी र सहकोषध्यक्षमा दीपक बोहोरालाई थप गरिएको छ । सचिवालयमा संसदीय दलका उपनेता विराजभक्त […]
बल्खुमा युवा संघ र दुर्गा प्रसाई समर्थकबीच झडप

काठमाडौँ । बल्खुमा युवा संघ र दुर्गा प्रसाई समर्थकबीच झडप भएको छ । कालिमाटीबाट युवा संघका कार्यकर्ता बल्खुमा आएपछि बल्खुमा रहेका दुर्गा प्रसाईं समर्थक र युवासंघका कार्यकर्ताबीच झडप भएको हो । झडपपछि प्रहरीले माइकिङ गरेर आआफ्ना कार्यक्रम स्थलमा जान भनेको छ । ‘तपाईहरुको कार्यक्रम बल्खुमा हो भने जानुहोला, तीनकुने हो भने तीन कुनेमा जानुहोला चोकमा […]
भ्रमपूर्ण हर्कदप्रति युवा संघकाे आपत्ति

काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले हिजाे मंगलवार राती युवा संघको नाममा गरिएको अराजक हर्कतप्रति कडा आपत्ति जनाएको छ । युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवेले भर्खरै एक बिज्ञप्ति जारी गर्दै संगठनलाई बदनाम गर्न संगठनको नाम जोडेर सामाजिक सञ्जालमा भ्रामक र मिथ्या भिडियो फैलाइएको पाइयको भन्दै कडा आपत्ति जनाएका छन् । अध्यक्ष थेवेले बिज्ञप्तिमा भनेका […]
रास्वपा भक्तपुरकाे दिपावली शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
भक्तपुर। राष्ट्रिय स्वतन्त्र पार्टि ( रास्वपा ) भक्तपुरद्धारा तिहार,नेपाल सम्बत एबं छठ र उद्यौलीको अबसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । रास्वपा जिल्ला समिति एबं सुर्यविनायक,चाँगुनारायण,मध्यपुर थिमी र भक्तपुर नगर समितीको संयुक्त आयोजनामा शनिबार शंखधर चौक स्थीत यँचु पार्टी भेन्युमा आयोजित कार्यक्रममा रास्वपाका केन्द्रिय महामन्त्री मुकुल ढकाल, संसदीय दलका प्रमुख सचेतक सन्तोष परियार,संघीय […]
मुख्यमन्त्री कार्कीलाई नेकपा माओवादी केन्द्रले पनि विश्वासको मत दिने
विराटनगर । नेकपा एमालेका ३९ र नेपाली कांग्रेसका ८ सांसदको समर्थनमा कोशी प्रदेशको मुख्यमन्त्री बनेका केदार कार्कीलाई नेकपा माओवादी केन्द्रले पनि विश्वासको मत दिने भएका छ । माओवादी केन्द्र कोशी प्रदेशको सोमबार बसेको कार्यालय बैठकमा यस विषयमा छलफल भएको थियो । उक्त छलफलले विश्वासको मत दिनुपर्ने निष्कर्ष निकालेको स्रोतले जनाएको छ । माओवादी केन्द्र कोशी […]
काेशी प्रदेशकाे मुख्यमन्त्रीमा केदार कार्की
हिमाशु राय, मोरङ ।कोशीको मुख्यमन्त्रीमा दाबी गरेका नेपाली काँग्रेसका सांसद केदार कार्कीको पक्षमा ४७ जना प्रदेश सांसदको हस्ताक्षर सनाखत गराएको छ । एमालेको समर्थनमा मुख्यमन्त्रीमा दाबी गरेका कांग्रेसका केदार कार्कीले आफूलाई समर्थन गरेका ४७ प्रदेश सांसदसहित सनाखतका लागि बिहान प्रदेश प्रमुखको कार्यालयमा उपस्थित भएका थिए । मुख्यमन्त्रीका लागि प्रदेश प्रमुखले शुक्रबार अपराह्न ५ बजेभित्र आफ्नो दाबी […]
कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादीका आङ्बोले गरे दाबी पेस
विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले दाबी पेस गरेका छन् ।कोशी प्रदेशसभामा रहेका सत्तारुढ गठबन्धन दलका ४७ प्रदेशसभा सदस्यहरुको समर्थनमा उनले प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका हुन् । आङबोले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको संसदीय दलको हस्ताक्षरबाट मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् […]
एमाले सुदूरपश्चिम प्रदेश कमिटी पाँचवटै पदाधिकारी पदमा सर्वसम्मत

काठमाडौँ । अन्ततः नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्ष लगायत पाँचवटै पदाधिकारी पदमा सर्वसम्मत भएको छ । प्रमुख निर्वाचन अधिकृत पदम पालकाअनुसार अध्यक्षमा अछामका कृष्णप्रसाद जैशी, उपाध्यक्षमा बाजुराका कालीबहादुर शाही, सचिवमा कैलालीका रणबहादुर चन्द तथा उपसचिवमा कञ्चनपुरका नरबहादुर विक र कैलालीकी भागरथी विष्ट सर्वसम्मत भएका हुन् । उपसचिवमा भरत साउद पक्षका विक र विष्टको पक्षमा […]
कोशी प्रदेशमा सरकार गठनका लागि प्रधानमन्त्री प्रचण्डले लिङ्देनसँग मागे सहयोग
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसँग कोशी प्रदेशमा सरकार गठनका लागि सहयोग मागेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार दुई नेताबीच भएको भेटमा प्रधानमन्त्री दाहालले सो प्रस्ताव राखेका हुन् । प्रधानमन्त्रीसँगको भेटपछि रातोपाटीसँग कुरा गर्दै लिङ्देनले भने, ‘म आफ्नै काम लिएर गएको थिएँ । तर, त्यहाँ पुगेपछि कोशी […]
आज दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बस्ने , एमालेले विराेध जनाउने

काठमाडौं। सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानबिन आयोग बनाउन सरकारले आनाकानी गरेपछि नेकपा एमालेले संसदमा विरोध जनाउने भएको छ। आज दिउँसो १ बजे बोलाइएको प्रतिनिधिसभा बैठकको लागि सम्भावित चार वटा कार्यसूची तय गरिएको छ। जसमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको […]
